All Posts By कोशी प्रेस

    Showing ११,७५१-११,७६० of १३,७४६ items.
  • झापाकाे भित्री गाउमा मतदाता शिक्षा नपुगेको आदिवासी महिलाको गुनासो

    झापा । मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि ग्रामीण क्षेत्र अझ आदिवासी समुदायमा मतदाता शिक्षा पुग्न नसकेको सम्बन्धित क्षेत्रका नागरिकले गुनासो गरेका छन् ।आदिवासी समुदायलाई हरेक हिसाबले पछाडि पारिएको भन्दै समुदायका अगुवा महिलाहरुले मतदाता शिक्षाबाट समेत उनीहरु बञ्चित बन्नु परेको बताए । सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी आदिवासी समुदायका महिलाहरुले आफ्नो समुदायमा मतदाता शिक्षाको अवस्था न्यून रहेकाले प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गर्न सरकार, राजनीतिक दल र अन्य सरोकारवालालाई अग्रह गरेका छन् ।चुनावताका राजनीतिक दल र उम्मेदवारहरुले आदिवासी समुदायका समस्या

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • १०८ पटक पढिएको
  • जनताको घरघर पुगेर समस्या बुझ्दै रोहित कार्की

    इटहरी । सुनसरी क्षेत्र नं. ३ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका रोहित कार्की यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय रोहित कार्की जनताले रुचाएका व्यक्तिमा पर्छन् ।  उनी खनार गाउँ पञ्चायतको पूर्व प्रधानपञ्च पनि हुन् । खनारमा रहेका हरेक भौतिक पूर्वाधार निर्माणमा कार्कीको निकै सहयोग छ । उनी खनारबासीले आफूलाई माया गर्नेमा विस्वस्त छन् । उनले यसअघि संसदिय निर्वाचन र स्थानिय निर्वाचन समेत लडेका थिए । तर उनी त्यस निर्वाचनमा पराजित हुन पुगेका थिए । २०४२ सालदेखि अहिलेस

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १२४ पटक पढिएको
  • सुनसरीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक (सूचनासहित)

    इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।           निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभ

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ५७ पटक पढिएको
  • इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

    इटहरी : इटहरीमा सरकारी कर्मचारीलाई कार्यालय पोसाकमा कडाई गरिएको छ ।इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कडाई गर्न थालिएको हो ।सोमबार  कार्यालय प्रवेश गर्ने समयमा उपमहानगरपाल्किाका नगर प्रहरीले गेटबाटै सरकारले तोकेको पोसाक नलगाउँनेलाई कडाई गरेको हो ।कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कार्यालय आउन लामो समयदेखि बारम्बार अनुरोध गरेपनि अटेर गरेको र कार्यालय समयमा समेत कर्मचारी उपस्थित नहुने इटहरी उपमहानगरपालिका नगर प्रहरी शाखा प्रमुख जेबी राईले जानकारी दिए ।कार्यालयको समय अवधि नसकिदै कर्मचारी ब्यक्तिगत काममा बाहिरिने र फेरि कार्यालय उपस्थित नहुने भएकाले पोसाकमा

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ७१ पटक पढिएको
  • को हुन् रोहित कार्की ?

    इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) का प्रदेशसभा उम्मेदवार रोहित कार्कीको जन्म २००८ सालमा धनकुटामा भएको हो । उनी ३० वर्षको उमेरबाट राजनितिमा सक्रिय छन् । २०४२ सालमा समाजिक काम गर्ने उद्देश्यले उनी खनारको प्रधानपञ्च बने । कार्की २०५२ सालमा खनार गाविसको अध्यक्ष समेत बने । उनले २०६९ सालको संघिय सांसद पदका लागि चुनाव लडे । तर सफल भएनन् । उनलाई विजयकुमार गच्छदारले हराए । उनले २०७४ सालमा इटहरी उपमहानगरपालिकाको मेयरका लागि पनि उम्मेदवारी दिए । तर एमाले र काँग्रेसपछि तेस्रो लोकप्रिय मत ल्याएर पराजित भए ।कार्कीले आफू प्रधानपञ्च र गाविस अध्यक्ष बनेको समयमा खनारमा महत्वपूर्ण आधारभूत सं

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १५२ पटक पढिएको
  • मास्टर प्लान बनाएर इटहरीको ढल निकास व्यवस्थित गर्नुपर्छ : रोहित कार्की

    इटहरी । इटहरीको बाढी समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि पुराना नाला तथा खोलाहरुको खोजी गर्नुपर्नेमा एमाले नेता रोहित कार्कीले जोड दिएका छन् ।        उनले पुराना ढल, नाला तथा खोलाहरु अतिक्रमणमा परेकोले इटहरीलाई बाढीले सताउने गरेको बताउँदै उनले त्यस्ता संरचनाहरु खोजेर मर्मत गर्नुपर्ने बताएका हुन् ।          सुनसरी क्षेत्र नं. ३(क) बाट प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका कार्कीले मास्टर प्लान बनाएर इटहरीको ढल निकासको समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘अहिलेसम्म बनाएका नालाहरु, ढलहरुबाट पानी पास हुँदैन,’ न्युजलयसँग कुरा गर्दै

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १२६ पटक पढिएको
  • सुनसरी ३ भगबतीमय भन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

    सुनसरी । मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनाबी माहौल गर्मिलो हुँदै गएको छ । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगबती चौधरीको पक्षमा उत्रिएको जनलहरले योपटक सुनसरी ३ लाल किल्लामय बन्ने निश्चित देखिएको हो ।         विगत ४० वर्षदेखि एकै खाले राजनीतिक नेतृत्व भएकाले विकासको गती सुस्त हुँदा सामाजिक, आर्थिक रुपमा पछि परेको क्षेत्र हो सुनसरी ३ । आर्थिक सवलीकरणका एजेण्डासहित चुनाबी मैदानमा उत्रिएकी एमाले केन्द्रीय सदस्य तथा लघुवित्त अभियानकर्मी भगबती चौधरीलाई मत दिन जनता आतुर रहेको पाइएको छ । इटहरीका विभिन्न वडाहरुको घरदैलोमा नेतृ चौधरी

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १२५ पटक पढिएको
  • भोट माग्न जसपा नेता परशुराम बस्नेत घरदैलो अभियानमा

    सुनसरी । नेकपा एमाले तथा जसपा नेपालको संयुक्त उम्मेदवार परशुराम बस्नेतको चुनावी घरदैलो अभियानले तीव्रता पाएको छ । सुनसरी क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्य उम्मेदवार बस्नेतले सोमबार रामधुनी नगरपालिकाको वडा नं ४ को लालपुर, रामपुर र इक्राईका विभिन्न टोलमा चुनावी भेला तथा घरदैलो अभियान गरेका छन् ।          प्रतिनिधि सभा सदस्य जगदिश कुसियैतसहितको संयुक्त टोलीले मतदाताहरूसँग आफना चुनावी एजेन्डा प्रस्तुत गदै भोट मागेका थिए । बस्नेतले आफ्नो प्रमुख एजेन्डा भ्रष्टाचार र कुसंस्कारको अन्त्य गदै विकास र समृद्धि रहेको प्रस्ट पारे । पहिलो  पटक निर्वाचनमा सहभागी हुन पाउँदा आफू

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १,०२५ पटक पढिएको
  • सुनसरीलाइ बिकाशकाे राजधानी बनाउने भगबतीकाे प्रतिवद्धता , इटहरीवासिले गरे भब्य स्वागत

    इटहरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरीलाइ बिकाशको राजधानी बनाउनेमा कुनै कसरत बाकि नराख्ने बताउनुभएको छ ।सुनसरीको इटहरी उपमहानगर वडा नं ६ का मतदाताहरूमाझ भोट माग्न पुग्नुभएकि नेतृ चौधरीले अब इटहरी वासिको समस्या पनि आफ्नै भएको बताउदै इटहरीवासिले वर्षौदेखि भोग्दै आएको डुबानको समस्या आफु निर्वाचन जितेर गए लगत्तै प्रदेश र संघिय सरकारको समन्वयमा सामधान गर्ने तर्फ तल्लीन रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नेतृ चौधरीले भन्नुभयो–‘मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र स

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ३७६ पटक पढिएको
  • रामधुनीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका १ स्थित शिव चोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४५४२ नम्बरको बसले बिपरीत दिशातर्फ जाँदै गरेको प्र–१–०२–०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इनरुवा ९ बस्ने २७ वर्षीय रोहित शर्माको घटनास्थलमै मृत्यु भएको हो ।घटनास्थलमै मृत्यु भएपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीले बस चालक सिराहा धनगढी माई नगरपालिका ९ बस्ने ३३ को विजयकुमार योन्जन र दुवै सवारी साधन इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]