स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मतगणना जारी छ । शुक्रबार सम्पन्न मतदानको मतगणना भइरहेको हो ।गोकर्णश्वर-१ मा २१ सय मत गन्दा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धव विष्टले ९८५ र उपप्रमुखमा सान्नानी लामाले १०५१ मत पाएका छन् ।यस्तै, प्रमुखमा नेपाली काँग्रेसका दीपक रिसालले ९१५ र उपप्रमुखमा शान्ति नेपाल ८१८ मत पाएका छन्।
स्थानीय निर्वाचन, २०७९ अन्तर्गत कैलालीका सबै पालिकामा मतगणना जारी छ ।कैलालीको गोदावरी नगरपालिकाको प्रारम्भिक मतगणनामा प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन् ।मतगणनास्थलमा रहेका काङ्ग्रेसका प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायतका अनुसार बिहान ९ बजेसम्म ३०० मतको गणनामा प्रमुख पदमा गठबन्धनका उम्मेदवार काङ्ग्रेसका वीरेन्द्र भट्टले २०४ मत प्राप्त गरेका छन् ।उनलाई एमालेका गोकर्ण भट्टले १२६ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुख पदमा भने एमालेका उम्मेदवार अगाडि छन् । ३०० मतगणनामा ११५ मत बदर भएपछि गठबन्धनका साझा उम्मेदवार पछाडि परेका छन् । गोदावरीमा ६७ प्रतिशत मतदान भएक
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए अनुसार सर्वदलीय बैठकको निर्णय भए संगै मतगणना सुरु भएको । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो । एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।
विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरको मतगणना आदर्श विद्यालयमा सुरु भएको हो । एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर–१, २, १६, १७, १८ र १९ नम्बर वडाको मत सुरुमा गनिने छ । विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी थियो । तर दलका प्रतिनिधि आइनपुगेको र वर्ष पनि भएका कारण मतगणना सुरु गर्न समय लागेको हो । विराटनगरमा १९ वटा वडा छन् । सिसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ ।
धरान : धरान उपमहानगरपालिकामा मतगणना बिहान ८ बजे देखि गर्ने भनिए पनि निर्धारित समय भन्दा ढिलो गरी सुरु हुन लागेको छ । राति समयमै धरानका विभिन्न वडा र मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेको भए पनि आज बिहान ८ बजे देखि मतगणना गर्ने सर्वपक्षीय सर्वदलीय बैठकले निर्णय गरेको थियो ।तर निर्धारित समयमा मतगणना सुरु नभई साढे नौ बजे बाट मतगणना सुरु हुनलागेको धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार मतगणनाको सुरुवात धरान १,२ र ३ नम्बर वडाबाट सुरु गर्ने तयारी भइरहेको छ ।
धरान : प्रदेश १ मा हिजो मतदान सम्पन्न भए पछि राति देखि केही पालिकाहरूमा मतगणना सुरु पनि सुरु भएको छ । मतगणना सुरु भएका पालिकाहरूबाट अहिले सम्म प्रारम्भिक नतिजाहरू पनि सार्वजनिक हुन थालेका छन् ।सुनसरीमा गएरातिबाट १२ पालिका मध्ये ४ पालिकामा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको दुहबी नगरपालिका, कोशी, बर्जू र भोक्राहानरसिंह गाउँपालिकामा गए राति देखि मतगणना सुरु भएको छ । दुहबी नगरपालिकामा प्रारम्भिक मतगणना अनुसार मेयरका उम्मेदवार वेदनारायण गच्छदारले २२०, नेकपा एमालेका विनय पोखरेल १५९ प्राप्त गरेका छन् । यसैगरी उपमेयर काँग्रेस मेन
धरान : धरानमा मतगणना सुरु भएको छ । सर्वदलीय सर्वपक्षीय बैठक बसेर बिहीबार आज बिहान ८ बजे बाट मतगणना हुने निर्णय भए पनि साढे १० बजेबाट मात्रै मतगणना सुरु भएको छ । मतगणना धरानको वडानं. १ बाट सुरु भएको छ ।
इटहरी । मोरङकाे बेलबारी नगरपालिकामा ५ सय मत गन्दा एमालेले सुरुवाती अग्रता लिएको छ ।एमालेका दिलप्रसाद राईले ३०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले १५७ मत पाएका छन् ।
विराटचोकः सुन्दरहरैंचामा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन सकेको छैन । हिजो बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभएपछि सर्वदलीय बैठक बस्न नसकेको बताइएको छ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ ।निर्वाचन अधिकृतको कार्यालयले कति मत खस्यो भन्ने बारेमा पनि आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।वडा नम्बर ७ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार भुवनसिंह मगरका अनुसार कांग्रेस र माओवादी बाहेकका दल तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिबीच आज बिहान ४ बजेसम्म बैठक बसेको थियो । त्यसपछि बैठकमा सहभागी सबै जना घर फर्किएका थिए ।
मनाङः मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।३२० मत ल्याएर उनी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका थिए । २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर घले नै गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । अध्यक्ष पदमा विजयी घलेभन्दा उनी ५ मत बढी ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी आशाकुमारी गुरूङले २७४ मत ल्याएकी छिन् ।चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.