विराटचोकः नेकपा एमालेले सुन्दरहरैंचा नगरपालिकाका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । त्यस्तै, ५ बुँदे सङ्कल्प पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।प्रतिबद्धतापत्रमा नगरवासीले भोग्नुपरेको सेवामा ढिलासुस्ती, पक्षपात र अनियमितता तुरुन्तै रोकिने तथा हरेक कार्यालय सिसीटिभीबाट निगरानी गरिने उल्लेख छ । नगरको रिङ रोड निर्माण एवम् सुत्केरी महिलालाई ५ हजार रुपैयाँ र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई १ हजार रुपैयाँ पोषण सुविधा उपलब्ध गराइने उल्लेख छ ।गरिबीको रेखामुनि रहेका नगरवासीलाई निःशुल्क सीप, सहकारीमार्फत् सहुलियतपूर्ण कर्जा र बीमा उपलब्ध गराई स्वरोजगार बनाउने र आम्दानी बढाउने कार्यक्रम शु
इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू अहिले घरदैलो अभियानमा छन् ।यसैबीच बैशाख २४ गते इटहरीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।एमाले इटहरीको चुनावी सभालाई सम्बोधन गर्न उनी बैशाख २४ गते बिहान साढे १० बजे इटहरी आउने कार्यक्रम रहेको बताइएको छ ।सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको उपस्थिति रहने जनाइएको छ ।
लमजुङ / हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् ।सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन् ।स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए । निर्वाचनका गतिविधिका कारण व
विराटनगर । मोरङको उर्लबारी नगरपालिकाकी उप-मेयर लक्ष्मीदेवी भण्डारीले निर्वाचन आचारसहिताको धज्जी उडाउदै नेकपा एमालेको चुनावी सभामा सामेल भएकी छिन् ।नेकपा एमाले उर्लाबारीले आसन्न् बैशाख-३० को स्थानियतहको निर्वाचनलाई लक्षित गरी यतिवेला वडावडामा कोणसभा र घरदैलो कार्यलाई तिव्र पारेको छ एमालेले उर्लाबारीको मेयरमा गंगा खरेल र उप-मेयरमा मिनादेवी पौडेललाई उम्मेदवार बनाएको छ । सोही उम्मेदवारहरुलाई टोलटोलमा भोटमाग्दै बर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी पनि सामेल हुने गरेको पाइएको छ ।स्थानियतह निर्वाचन आचारसहिता २०७८ ले बहालवाला स्थानियतहका जनप्रतिनिधि र कर्मचारीले कुनै पनि उम्मेदवारलाई प्रतक्ष्य
पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन्।बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो । माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न. ६ गजुलका स्थायी वासिन्दा हुन् । वडाध्यक्
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो।आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ। पहिलो चरणमै न्यून परीक्षार
संघीयतापछि बनेको संविधानले राज्यसंरचनाका अधिक अधिकार गाउँगाउँ सम्म पुर्यायो । त्यसपछिको पहिलो स्थानीय तहको निर्वाचनमा अधिकांश युवा आकांक्षी थिए । त्यहि भिडमा थिए धनकुटाको महालक्षमी नगरपालिका ३ का भरत थापा । तत्कालिन माओवादी केन्द्रबाट वडाअध्यक्षको उमेद्वार बनेका उनि गाउँमा लोकप्रिय थिए । पढाइमा सँधै अब्बल उनि साहित्यमासमेत रुचि राख्ने हुँदा राम्रो कविता लेख्नेमा दर्ज भएका थिए । गाउँको विकासमा सेवा गर्ने भावले कम्मर कसेका लागेका थापालाई जनताले नचुन्ने कुरै भएन ।धेरैले मलाई सानो उमेर छ अर्कोपटकका लागि प्रयास गर्नु भने ।उनले भने, तर उमेर सानो ठुलो हुँदैन । मलाई भित्रैदेखि जनताको सेवा गर्न सक्छुभन
इटहरी / इटहरीमा विकासको अर्को युग सुरु गर्न नेपाली काँग्रेसबाट इटहरी उपमहानगरपालिका वडा न १ मा वडा अध्यक्षको उम्मेदवारी दिएको कैलाश कार्कीले बताउनुभएको छ । उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने वडा अध्यक्षले गरेको कामको अर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरी वडा न १ को दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो । उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै
नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाएका छन्।अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उनको छ।‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजना सम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्? छैन,’ रावलको प्रश्न छ।उनले अनुमोदनबारे पठाइएको पत्र सार्वजनिक गर्न पनि माग गरेका छन्।यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ। अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं। अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ रावलले आज ट्वीट गर्दै भनेका छन्।
मोरङ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता समक्ष राजनैतिक दल तथा स्वतन्त्रण उमेदवारहरुले समेत आफुहरु विजयी भए नगरविकासका लागि गर्ने कार्यहरुलाई समेटेर घोषणापत्र सार्वजनिक गर्ने क्रम पनि बढेको छ ।यही क्रममा मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली काँग्रेसले भौतिक विकास तथा मानवीय विकासका ९ वटा शिर्षक समावेश गरे सङकल्प पत्र सार्वजनिक गरेको छ । शिक्षा खेलकुद र बालबालिका, स्वास्थ्य, कृषि उद्यम र रोजगारी, पर्यटन प्रवद्र्धन, वातवारण, सरसफाइ तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, प्रविधि, भौतिक पूर्वाधार, कला, साहित्य, पत्रकारिता र मानव संश
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.