इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ । झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।
इटहरी । अस्थायी मतदाता नामावलीमा नाम नभेटिएपछि पाँचथरका मुख्य निर्वाचन अधिकृतले नै मतदान गर्न पाउनुभएन।समानुपातिकतर्फ भोट हाल्न पाँचथर कारागारस्थित अस्थायी मतदान केन्द्र पुग्नुभएका उहाँको नाम नामावलीमा समावेश नभएपछि उहाँले मतदान नगरी बाहिरिनुभएको हो।प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी नायब उपरीक्षकसहितका कर्मचारीले भने यही केन्द्रबाट समानुपातिक तर्फ मतदान गर्नुभएको छ।यसैबिच, पाँचथरका १८० वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही केन्द्रमा निर्धारित समयभन्दा १० मिनेट ढिला भई मतदान सुरु भएको थियो। राजनैतिक दलका प्रतिनिधि समयमा नआइपुग्दा मतदान ढिला सुरु भएको
इटहरी। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा बिहान ११स्३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो।मतदान अधिकृत परबासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहेका छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएको जनाइएको छ।स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार भए पनि निर्माणक
इटहरी। सुनसरी–१ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ। धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ।अध्यक्ष राईले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्नुभएको हो। उहाँले मतदान बिहान ७ बजेदेखि सुरु भएको र केही समयपछि आफूले मतदान गरेको जानकारी दिनुभयो।त्यसैगरी, सुनसरी–१ बाट नेकपा ९एमाले० का उम्मेदवार टिकाराम लिम्बूले धरान–१० स्थित पञ्चायत माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यप्रसाद भट्टराई ९मनोज
इटहरी । भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गर्नुभएको छ । जिल्लाबाट आज ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रबाट मतदान गर्दैछन ।त्यस्तै जिल्लामा एउटा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा दलले सहभागीता जनाएका छन् ।
इटहरी। ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।ताप्लेजुङको सदरमुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लमा एक हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । जसमा एक हजार दुई सय १९ पुरुष र चार सय ६४ महिला मतदाता रहेका छन् ।अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचन शान्त वातावरणमा भइरहेको बताउनुभएको छ ।जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गर्नुभएको हो । मतदान पछि उहाँले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गर्नुभयो । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं। १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो । मतदान पछि खनालले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिँदै यो निर्वाचन विशेष निर्वाचन भएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनले बहुमत कुनै दलले पनि नल्याउने भएकाले सत्ता समीकरणकै सम्भावना रहने बताउनुभयो । जेनजी आन्दोलपछि पुस्तान्तरणका लागि आफुले उम्मेदवारी नदिएको खनालले प्रतिक्रिया दिनुभयो ।
इटहरी । दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०।३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले उमेरको उत्तरार्धमा पनि मतदानमा सहभागी भई अन्य मतदातालाई मतदान गर्न प्रोत्साहित गर्नुभयो।जिल्लाभर बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्। कतिपय केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको छ भने महिला मतदाताको सहभागिता पनि उल्लेख्य रहेको छ।निर्वाचनलाई श
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.