All Posts By कोशी प्रेस

    Showing १,२८१-१,२९० of १३,५८३ items.
  • इटहरी ४ मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

    इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूच

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ७६८ पटक पढिएको
  • तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

    इटहरी। तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबारबाट औपचारिक रुपमा सुरु गरिएको हो ।  आगामी २०८५ साल असोज २५ गतेसम्ममा आयोजनाको सम्पूर्ण कार्य पूरा गरी व्यवसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित सुरुङ खन्ने कार्य औपचारिक रुपमा सुरु गरिएको स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लम्बाइको सुरुङ हाल प्रवेशद्वारबाट खन्ने कार्य सुरु गरिएको छ ।२०५६ सालदेखि अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि २०८१ स

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १९८ पटक पढिएको
  • सडकसँगै बग्दै करोडौँ लगानी

    इटहरी। बर्सौंदेखि जमिन बगेर यातायात अवरुद्ध हुने गरेको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला–राजदुवाली सडकमा राज्यको करोडौँ रुपियाँ खर्च भइरहेको छ ।   पछिल्लो समय यो खण्डमा यातायात बन्द भएको करिब एक महिना भएको छ । यो अवधिमा इलामसहित पाँचथर र ताप्लेजुुङसम्मका सर्वसाधारणले दैनिक उपभोग्य वस्तुु अभाव मात्र होइन, बिरामीले जीवन बचाउनका लागि पनि उत्तिकै सकस खेप्नुु परेको छ । निरन्तर वर्षाले इलाम सदरमुकामतर्फ जाने सबै सडक अवरुद्ध हुँदा उपचारका लागि झापा जानुुपर्ने बिरामीलाई राजदुवालीको पहिरोमा बोकेर पार गराउनुु परेको छ ।  वैकल्पिक सडक सिमल गोलाई–तिल्केनी र केचना कञ्चनजङ्घा दुवै सडक बिचम

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १२५ पटक पढिएको
  • थाइल्याण्डमा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङद्वारा तीन वटा कांस्य हासिल

    इटहरी: थाइल्याण्डको पट्टायामा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङले तीन वटा कांस्य  हासिल गरेको छ।३० भन्दा बढी देशका चार हजारभन्दा बढी खेलाडी सहभागी भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका हुन्।कांस्य पदक विजेतामा बिनिशा राई (अन्डर–३८ केजी), ओजस्वी बरुवाल (अन्डर–३१ केजी) र सर्वज्ञ श्रेष्ठ (६५ केजीमाथि) रहेका छन्।डोजाङका अनुसार विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्नु खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास, प्रशिक्षकको समर्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ६९९ पटक पढिएको
  • ग्रीन पिस लिंकन कलेजमा ई–स्पोट्र्स प्रतियोगिता सम्पन्न

    इटहरी । इटहरीस्थित ग्रीन पिस लिंकन कलेज (म्यानेज्ड बाइ आई एस एमटी) मा ‘ई–स्पोट्र्स’ अन्तर्गत फ्रि फायर तथा ई–फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कलेजको बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरूको व्यवस्थापनमा आयोजित कार्यक्रम सुमित श्रेष्ठको अध्यक्षता एवम् प्राचार्य मुक्तिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा कलेजका संयोजक प्रमोद बन्सल विशेष अतिथि तथा मुख्य प्रायोजक ’यात्रा रेन्टल्स’का प्रबन्ध निर्देशक सुमित श्रेष्ठको सहभागिता थियो भने फेदीखोला हाइड्रोपावरको सह–प्रायोजन रहेको प्रतियोगिताको मिडिया पार्टनर विराट टेलिभिजन रहेको थियो  । सम्पन्न फ्रि फायरतर्फ राकेश खत्री, क्ष

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २३४ पटक पढिएको
  • स्मृतिलाई सेवामा रूपान्तरण : निःसहाय आश्रमको भवन निर्माणमा लायन्सको आर्थिक साथ

    इटहरी । दिवंगत आफन्तहरूको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन सिक्सटिनले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा भवन निर्माण सहयोग तथा भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा आश्रमका बालबालिकाको दैनिकी सहज बनाउन आर्थिक सहयोगसँगै मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमका क्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा कार्की परिवारले आश्रम भवन निर्माणका लागि  ५० हजार १ रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारले ५० हजार १ रुपैँया बराबर

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २०९ पटक पढिएको
  • सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

    इटहरी : सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनाका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्तिम पोखरेलले जानकारी दिए।एक साताअघि सुनसरी र केही दिनअघि सिरहामा दुई समूहबीच भएको झडपका क्रममा चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतासहित सिरहाका गणेश यादवको ज्यान गएको थियो। सरकारले मृतकका परि

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २२० पटक पढिएको
  • पहिरोको जोखिममा इलामको हरिसे गाउँ, २० घरपरिवार विस्थापनको त्रासमा

    इलाम। इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको हरिसे गाउँका २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्।  साउन १० गतेको वर्षापछि गाउँको करिब २० रोपनी जमिन चिरा परेर धस्सिएसँगै बस्ती थप जोखिममा परेको हो।सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीका अनुसार जमिन चिरा परेपछि १२ घरपरिवार, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको हेड ट्याङ्क, कार्यालय तथा कर्मचारी क्वार्टरसमेत जोखिममा परेका छन्।  तीमध्ये सोम राई र कल्पना राईलगायत १२ परिवारका घर अत्यधिक जोखिममा रहेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो।  गत वर्ष असोज १८ गतेको वर्षापछि गएको पहिरोले पनि यही

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १५४ पटक पढिएको
  • सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

    सोलुखुम्बु : सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–१ लुदुका २३ वर्षीय निरबहादुर विश्वकर्मा रहेका छन्। उनीमाथि आफ्नै ५० वर्षीय हजुरबुबा कृष्णगोपाल विश्वकर्मालाई कुटपिट गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार साउन १८ गते कृष्णगोपाल नाति निरबहादुरको घरमा न्वारन पूजामा सहभागी हुन गएका थिए।  सोही क्रममा उनीहरूबीच विवाद हुँदा निरबहादुरले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कृष्णगोपाललाई तत्काल नुनथला स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २२० पटक पढिएको
  • सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

    इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न सार्वजनिक स्थान, सडकखण्ड तथा सरकारी जग्गामा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल जारी गरेको छ।  प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थानमा राखिएका यस्ता झण्डा तथा ध्वजापताका सम्बन्धित पक्षले तोकिएको तीन दिनभित्र हटाउन आग्रह गरिएको छ।  प्रशासनले हटाइएका झण्डा तथा ध्वजापताका पुनः सार्वजनिक स्थानमा नराख्न समेत अनुरोध गरेको छ। यसका लागि सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय तथा

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]