All Posts By कोशी प्रेस

    Showing १३,१७१-१३,१८० of १३,७४९ items.
  • उर्लाबारीको थुनुवा कक्षमा लाइब्रेरी

    उर्लाबारी, मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा लाइब्रेरी स्थापना गरिएको छ । थुनुवा कक्षमा रहेकाहरुले कानुन तथा ज्ञानगुनका कुराको जानकारी हासिल गरुन् भन्ने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । उक्त लाइब्रेरीमा धार्मिक, कानुन, सामान्यज्ञान लगायतका १ सयभन्दा बढी किताब राखिएको उनले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीको नयाँ भवन निर्माण सम्पन्न भएपछि थुनुवाहरुलाई सहजताका लागि टेलिभिजन, तातो पानी खाने व्यवस्था लगायत सुविधा उपलब्ध गराइएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • १३९ पटक पढिएको
  • सुन्दरहरैचामा नाबालिका बलात्कारको डरलाग्दो श्रीङखला , बलात्कारीलाई फासी दिन माग

    मोरङ, मोरङको सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी १८ महिने बालिकाको मृत्यु भएको घटनाले देशमै त्रसित बनेको छ  । बालिका माथि बलात्कार भएको आशङ्का गरिएपछि उसलाई उपचारका लागी नजिकैको एक मेडिकलमा लगिएको थियो तर उनको उपचार त्यहाँ सम्भव नभएको भन्दै स्थानीय मेडिकलले विराटनगरको नोबेल अस्पताल पठाएपछि उपचारका क्रममा ति बालिकाको सोही रात ज्यान गएको थियो । प्रहरीका अनुसार गत शुक्रबार साँझ घरबाट हराएकी १८ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेको बताउँदै उनले अवस्था हेर्दा बलात्कार भएजस्तो देखिने बताए

    • प्रकाशित मितिः चैत २, २०७८
    • १७० पटक पढिएको
  • नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

    इटहरी । नमूना कलेज इटहरीले आफ्ना प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ । सोमबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । यसका साथै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरिएको छ । कलेजको  स्मारीकामा  विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् ।               यसका साथै विद्यार्थीक

    • प्रकाशित मितिः चैत २, २०७८
    • १६३ पटक पढिएको
  • बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्धारा अनुगमन

    सुन्दरहरैँचा। अधिकारकर्मीको टोलीले सामुहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका-७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ ।गत फागुन २७ गते अपहरण गरी सामुहिक बलात्कार पश्चात् हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो । घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई इन्सेक, माइती नेपाल र आफन्त नेपालले १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाल लगायतका सामाजिक

    • प्रकाशित मितिः चैत २, २०७८
    • १३२ पटक पढिएको
  • हिसान प्रदेश नम्बर १ खड्काको अध्यक्षतामा नयाँ समिति गठन

    इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल प्रदेश नम्बर १ को प्रथम भेलाले मोरङका ज्ञानबहादुर खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।  सुनसरीको इटहरीमा भएको  भेलाले बरिष्ठ उपाध्यक्षमा सुनसरीका गणेशकुमार दुलाल सचिवमा मोरङका दिपेश बास्तोला सहसचिवमा मोरङका उद्धव भट्टराई  र कोषाध्यक्षमा सुनसरीका भुपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।  प्रेमप्रसाद भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिल्वालको प्रमुख आतिथ्यमा भएको भेलाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको सदस्यमा झापाका राधेश्याम ढकाल , युवराज दाहाल ,दुर्गा

    • प्रकाशित मितिः चैत २, २०७८
    • १७९ पटक पढिएको
  • झापा सुपर लिग वैशाखमा हुने

    काँकडभिट्टा — झापा मेचीनगरमा आगामी वैशाखमा झापा सुपर लिग क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ देखि ७ सम्म काँकडभिट्टा ‘झापा सुपर लिग’ क्रिकेट टुर्नामेन्ट हुने भएको हो ।आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रदेश १ मै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । स्थानीय काँकरभिट्टा माविको मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाका चार वटा टिमले भाग लिने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।अक्सनमार्फत लिइएका खेलाडीहरुलाई विभिन्न चार टिममा समावेश गरिने छ । जसअन्तर्गत धुलावारी टाइगर्स, बोष्ट

    • प्रकाशित मितिः चैत १, २०७८
    • १३० पटक पढिएको
  • नमुना कलेजले आज १६ औं विश्व सामाजिक कार्य दिवसको कार्यक्रममा ६० पिन्ट रगत संकलन

    इटहरी । इटहरी नमुना कलेजले आज १६ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको समाज कार्य विभागले सुनसरी रेडक्रस सोसाइटीसँगको समन्वयनमा उक्त कार्यक्रम आयोजना गरेको हो । आज कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षक र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताबाट ६० पिन्ट रगत संकलन गरिए ६० पिन्ट रगत संकलन गरिएको समाज कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिनुभयो । साथै उहाँले मार्च महिना सामाजिक कार्यकर्ताहरुका लागि विशेष रहेको र विगतदेखि नै कलेजले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनु भयो । कार्यक्रमले विद्यार्थीबीच आपसी सहकार्

    • प्रकाशित मितिः चैत १, २०७८
    • १८८ पटक पढिएको
  • इटहरी वडा ५ को कार्यालय भवन उद्घाटन

    इटहरी उपमहानगरपालिकाको वडा नम्वर ५ को कार्यालय भवन उद्घाटन भएको छ ।  एक समारोहबीच मेयर द्धारिकलाल चौधरीले सोमबार इटहरी वडा ५ को कार्यालय भवन उद्घाटन  गर्नु भएको हो  । कार्यक्रममा मेयर चौधरीले  बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिनुभएको छ । केही योजना निर्माण भइसकेको छन् भने केहि अवको केहि समय भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको मेयर चौधरीले बताउनु भएको छ । चौधरीले इटहरीले पूर्वाधार निर्माणमा फडको मारेको दावीदाबि समेत गर्नु भएको छ ।  कार्यालय भवन भएपछि जनतालाई वडावाट सेवा लिन सहज भएको वताए । इटहरीकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर

    • प्रकाशित मितिः चैत १, २०७८
    • १०० पटक पढिएको
  • टिकटक प्रयोगकर्ताका कारण क्यामोमाइल खेतीमा ३० लाखको क्षति

    जडिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधी मानिएको क्यामोमाइलको फुलमा टिकटक बनाउनेहरुले खेतीनै ध्वस्त बनाइदिएका छन् । जसले गर्दा जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडलाई ३० लाखको क्षति पुगेको छ । लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुको कारण मोरङको बेलबारीमा लगाइएको क्यामोमाइल खेतीमा क्षति पुगेको छ । भिडियो बनाउने र फोटो खिच्नेहरुको भिडले जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड तरहराले लगाएको क्यामोमाइल खेतीमा लगाएको फूलहरू माडिदा करिब ३० लाख बराबरको क्षति भएको छ ।  बेलबारीको वडा नम्बर ४ मा लगाइएको बहुमूल्य जडिबुटी क्यामोमाइलको महत्व नबुझेर फुल जथाभावी टिप्ने र माडिने

    • प्रकाशित मितिः चैत १, २०७८
    • ७३ पटक पढिएको
  • इटहरी उपमहानगर ४ नम्बर वडामा ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले), इटहरी चार नम्बर वडा कमिटीले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । पार्टीले चार नम्बर वडा कमिटी अन्तर्गतका तीन वटा टोलमा यो कार्यक्रम आयोजना गरिसकेको छ।हालसम्म इटहरी उपमहानगर ४ नम्बर वडामा रहेका हलगडा टोल, मनकामना टोल र आइतबारे टोल कमिटीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ज्येष्ठ कम्युनिस्ट मञ्च टोल कमिटी गठन र निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरिएको चार नम्बर वडाका अध्यक्ष सुनिल कार्कीले ज।नकारी दिनुभएको छ ।अध्यक्ष कार्कीका अनुसार सम्मान कार्यक्रम अन्तर्गत २१५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरीसकिएको छ भने ५००

    • प्रकाशित मितिः चैत १, २०७८
    • १८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]