इटहरी । इटहरीस्थित अटो सिटी (बजाज शोरुम)ले नेपाल प्रहरीलाई बिद्युतिय टेम्पो हस्तान्तरण गरेको छ। शुक्रबार अटो सिटीले एक कार्यक्रमका बिच प्रहरीलाई टेम्पो हस्तान्तरण गरेको हो।शुक्रबार आयोजित कार्यक्रममा अटो सिटि इटहरीका प्रबन्धक प्रदिप सन्थलियाले प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) अरुण कुमार बिसीलाई टेम्पो हस्तान्तरण गरेका हुन् टेम्पो पाएपछि कार्यक्रममा बोल्दै डिआईजी बिसीले अटोसिटिका प्रबन्धक सन्थलियालाई धन्यबाद दिँदै यसले प्रहरीले समाजमा पुर्याउने शान्ति सुब्यवस्थामा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।उनले प्रहरीले समाजमा शान्ति सुब्यवस्था कायम गर्न समयमै पुग्न अटो
इटहरी । १२ औं स्थापना दिवसको को अवसर पारेर सुनसरीको प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३जनाले रक्तदान गरे । पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रीकुमार वुढाथोकीको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन । रक्तदान क
इटहरी । आँखासंग प्रत्यक्ष छोडिने क्यामरा , कम्प्युटर ,मोवायल जस्ता प्रविधिहरुसंग नजिक भएर काम गर्ने सञ्चारकर्मीहरुको आँखाको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन सुनसरीले नि:शुल्क आँखा उपचार शिविर आयोजना गरेको छ ।सुनसरीका पत्रकारहरुको हकहितका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको नेपाल प्रेस युनियनले सञ्चारकर्मीहरुको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरेको हो । सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारका सदस्यहरुका लागि सञ्चालन गरिएको आँखा उपचार शिविरमा जिल्लाका धरान , इटहरी ,इनरुवा , रामधुनी , बरा
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकामा भुमी आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।केन्द्रिय भुमिआयोगका अध्यक्ष केशब प्रसाद निरौला, नगरप्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामांग, प्रमुख प्रसासकिय अधिकृत बिनोद भट्टराई, सेखर ढकाल, वडा नं १०अध्यक्ष राजेन्द्र बहादुर थापा स्थानीय भूमिहीन, सुकुम्बासी, सर्वसाधारणको उपस्थितिमा बुधबार सुन्दरहरैचा नगरपालिकाको वडा नं १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्यको शुभारम्भ गरेको हो ।जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला
गौखुरी युवा क्लव मेन्छ्यायेम गाउँपालिका वडा नम्वर ५ मोरहाङ्गले आयोजना गरेको फुटवल खेलमा खेलको विकास र युवाको हौसला बढाउने उदेस्यले युवा समाजसेवी बाबुराम थापाले १ लाख भन्दा बढी पुरस्कारको दिने हुनुभएको छ । तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्वर ५ ईसिवु निवासी थापा सानै उमेर देखि खेलकुद क्षेत्रमा रुची राख्दै आउनुभएको छ । थापाले आफ्नो हजुर बुबा स्व.पदमबहादुर थापाको सम्झनामा नगद १ लाख ११ हजार १ सय ११ रुपैया कप तथा मेडल प्रायोजन गर
इटहरी/ डा.ऋतुराज सुवेदीको सेवा इटहरी स्थित बेदान्त हस्पिटलमा उपलब्ध हुने भएको छ। सुवेदीले अव दैनिक रुपमा भिडियो एक्सरे सम्बन्धि सम्पुर्ण सेवा प्रदान गर्नुहुने भएको हो।लामो समय देखी बिभिन्न अस्पतालहरुमा आबद्ध रहेर रेडियो इमेजिङ्ग डिपार्टमा भिडियो एक्सरे गर्दै आउनुभएका दक्ष,अनुभवी, एवं तलिम प्राप्त डा सुबेदीले अव इटहरीको बेदान्त हस्पिटलमा दैनिक रुपमा भिडियो एक्सरे सम्बन्धि सम्पुर्ण सेवा प्रदान गर्ने हस्पिटल निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो।हस्पिटल निर्देशक श्रेष्ठले Abdominal and pelvis scan , Gynecology and obsterical scan, Anomaly scan, Pediatric sca
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३ औँ संस्करण आगामी चैत २६ गतेबाट हुने भएको छ ।धरान फुटबल क्लबले आज (बुधवार) पत्रकार सम्मेलन गर्दे प्रतियोगिता चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान १६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको २ क्लबसहित ८ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।प्रतियोगितामा सम्भावित सहभागी टिमहरूमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम रहेको पनि आयोजकले जनाएको छ । यस्तै, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाई छ ।प्रतियोगिताको विजेताले
इटहरी । श्रमिक महिला तथा किशोरीहरुलाई लैगिक हिंसा विरुद्धको जनचेतना कार्यक्रम तथा क्षमता विकास तालिम इटहरीमा सम्पन्न भएको छ । महिला सहयोगी समुह इटहरीको आयोजना र इटहरी उपमहानगरपालीकाको सहकार्यमा भएको सो तालिममा लक्षित वर्गका महिला तथा किशोरीहरुको क्षमता अभिबृद्धिका लागी तालिमको आयोजना गरेको हो । तालिममा सहजकर्ता मौसमी राईले सहजीकरण गरेको सो तालिममा इटहरी,खनार,झुम्काका लगायतका २५ जना महिलाहरुको सहभागीता रहेको थियो । सो तालिममा लैगिक हिंसा भनेको के हो कस्तोे हिंसाको कस्तो सजाय हुन्छ,क्षमता अभिबृद्धि गर्न के गर्ने कुन कुन निकायमा सेवाहरु छन आफुलाई हिंसा भयो भने काहाँ जान
इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्तर्गत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको बताए । इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको बताए ।&nbs
काठमाडौ । अबदेखि अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर पूजा गराउन सकिने प्रणाली सञ्चालन गर्न लागेको छ ।अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.