All Posts By कोशी प्रेस

    Showing १३,२३१-१३,२४० of १३,७४९ items.
  • नेवा: देय दबूँ अध्यक्षमा पुनः मनोहर

    धरान : नेवार समुदायको जातीय सङ्गठन नेवा : देय दबूँको धरान उपमहानगर अध्यक्षमा पुनः मनोहर शाक्य निर्वाचित भएका छन् । धुलिखेल समाजको भवनमा शुक्रवार भएको तेस्रो नगर अधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनमा प्रमुख अतिथि धरानका मेयर तिलक राईले बहुजातिय सहर धरानको विकासमा आदिवासी जनजातिहरूबाट संस्थागत रूपमा महत्त्वपूर्ण योगदान पुग्दै आएको बताउँदै भने ‘यसमा नेवा देय दबूँको योगदान उल्लेखनीय  भएको बताए । दबूँले भाषा, संस्कृतिको संरक्षणमा देखाउँदै आएको सक्रियताले धरानलाई विविध संस्कृतिको सहरको रूपमा परिचय गराउन योगदान पुगेको उनले बताए । धरानको पहिच

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ५९ पटक पढिएको
  • सुत्नुअघि के खाने, के नखाने ?

    राम्रो स्वास्थ्यको लागि निद्रा अनिवार्य छ। निद्रासँग नजिकको सम्बन्ध छ स्वास्थ्यको। निद्राको कमीले हामीलाई धेरै गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ। हाम्रो खानपानले हाम्रो निद्रामा पनि असर गर्छ। हामी दिनहुँ यस्ता धेरै खानेकुरा खान्छौं, जसले हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ। यसले हाम्रो निद्राको चक्रलाई लामो समयसम्म बाधा पुर्‍याउन सक्छ। सुत्नुअघि के खाने? के नखाने? निद्राको लागि यी खानेकुराबाट बच्नु जरुरी छकफी- कफीलेले तपाईंको निद्रालाई गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ। यो तत्व कफी, चिया र डार्क चकलेटमा पाइन्छ।टमाटर- टमाटरले एसिडिटी हुन सक्छ। त्यसैले सुत्नुअघि टमाटर

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २३२ पटक पढिएको
  • सुदूरपश्चिम प्रादेशिक महोत्सवको कलाकार लिष्टबाट दुर्गेश थापा आउट !

    धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ ।कैलालीको अत्तरियामा आजबाट सुरु भएको महोत्सवमा कलाकारको लिष्टबाट गायक तथा मोडल थापाको नाम हटाइएको हो ।दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको आयोजकले जनाएको छ ।थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको बताइएको छ । 

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १८८ पटक पढिएको
  • कटारी नगरपालिका फुटाउन र अन्य पाँच पालिकाको वडा टुक्राउन सिफारिस

    इटहरी । प्रदेश १ सरकारले ६ वटा स्थानीय तहका सिमाना परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । कटारी नगरपालिका फुटाएर अर्को गाउँपालिका बनाउन र अन्य ५ वटा पालिकाका वडा टुक्र्याउन सिफारिस गरेको हो । त्यसअनुसार प्रदेश १ सरकारले कटारी नगरपालिकाका ९, १०, ११, १३ र १४ वडा समेटेर अर्कै पालिका बनाउन सिफारिस गरेको छ । २०७३ सालमा ७ वटा गाविस र एउटा नगरपालिका मिलाएर कटारी नगरपालिका बनाइएको थियो । कटारीमा कूल १४ वडा छन् ।त्यतिबेला नै पनि स्थानीयले सिखानी, सोरुङगछविसे, मयंखु, लिम्पाटार र हर्देनीको केही भाग मिलाएर छुट्टै पालिका बनाउनुपर्ने माग गरेका थिए । तर माग सम्बोधन भएको थिएन ।यस्तै इलामको सूर्यो

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५१ पटक पढिएको
  • सुन्दरहरैँचा ५ मा नेपाली कांग्रेस टोल समिती गठन

    सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५मा बिभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। सुन्दरहरैँचा ५मा हसिना गुरुङ टोल समिती गठन तथा पार्टी प्रवेशमा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीय सभापति तामाङले नव प्रवेशीहरु तथा नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ।कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर स्थानीय कमल लिम्बू, उदयमान राई, तारा चापागाँई, चक्रबहादुर कट्वाललगायत नेपाली कांग्रेसमा आवद्द भएको राम प्रसाद रिजालले बता

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १२७ पटक पढिएको
  • चुनावी वाचा पूरा गर्दै इटहरीका जनप्रतिनिधि

    इटहरी,इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुईदिनमै छ वटा आधारभूत अस्पताल उदघाटन गरिएको छ । चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरिएको थियो । सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । धमाधम उदघाटन गरेर सेवा सूचारु गर्ने क्रममा आज वडा नम्वर १०,११ र १३मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरील नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गर्नुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक,महिला,वालवालिका लगायतले शहर जानु पर्ने अवस्थाको अन्त्य भएको वत

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १७५ पटक पढिएको
  • क्षेत्रीय सभापति तामाङ्ग सुन्दरहरैँचा ३ लालबस्ती जनता संग

    सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ३को लालबस्तीमा ब्यक्तिगत खर्चमा खानेपानीका लागि बोरिङ गाडिदिने बताउनुभएको छ। लालबस्तीको टोल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो प्रतिबद्दता जनाउनुभएको हो।लालबस्तिबासीका समस्याहरुलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीय सभापति तामाङ्ग समक्ष स्थानीयले सो ठाउँको प्रमुख समस्या खानेपानीको अभाव रहेको भन्दै गुनासो गरेपछि समस्याको समाधानका लागि आफ्नो व्यक्तिगत तर्फबाट बोरिङ गाडिदिने प्रतिबद्दता जनाउनुभएको छ। उहाँले स्थानीयको समस्या समाधानका लागि आँफु सदैव सहयोग

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १३५ पटक पढिएको
  • लेटाङ बालिका बलात्कार प्रयास पछि हत्या गर्ने लेटाङका ६३ बर्षीय गिरी पक्राउ

    सुन्दरहरैंचा / उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् ।  लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीकार गरेको प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । उनले भने, ‘अनुसन्धानको क्रममा उनको संलग्नता देखिएको छ, वयानमा पनि उनले स्वीकारेको छ ।’ प्रहरीका अनुसार अनुसन्धानको क्रममा ४ जना पक्राउ परेका थिए । ती मध्ये अहिलेसम्म गिरीको मात्र घटनामा संलग्नता भएको देखिएको छ । अरुको संलग्नता नदेखिएपछि छ

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ८३ पटक पढिएको
  • प्रदेश १ मन्त्रीपरिषद् बैठकबाट ४ वटा निर्णय पारित

    विराटनगर / प्रदेश नंं.१ को शुक्रवार सम्पन्न मन्त्रीपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ ।स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले प्रदेश मन्त्रालय र यस अन्तर्गतका निकायहरूको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेर सम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको स्वास्थ्य मन्त्री जयराम यादवले

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५० पटक पढिएको
  • इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रतियोगीता हुने

    इटहरी । स्नोकर खेल दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रतियोगीता हुने भएको छ । ब्रदर्श स्नोकर हाउसको आयोजनामा यही फागुन २१ गते देखि २८ गते सम्म खेल सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।   ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा स्नोकर एसोसिएसन प्रदेश नम्बर १का अध्यक्ष नारायण श्रेष्ठको प्रमुख अतिथ्यमा भएको पत्रकार सम्मेलनमा ६४जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने जानकारी गराइयो । प्रतियोगितामा प्रमथ हुने खेलाडीले ३० हजार पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]