All Posts By कोशी प्रेस

    Showing १,९४१-१,९५० of १३,६०४ items.
  • भेडेटारमा एआई प्रयोग र साइबर अपराधसम्बन्धी पत्रकार प्रशिक्षण

    इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा साइबर अपराधसम्बन्धी एकदिने पत्रकार प्रशिक्षण कार्यक्रम आइतबार भेडेटारमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित प्रशिक्षणमा प्रमुख प्रशिक्षक प्रवेश सुवेदीले कृत्रिम बौद्धिकताको विकासक्रम, पत्रकारितामा यसको प्रयोग, अवसर तथा चुनौतीका विषयमा सहजीकरण गर्नुृभएको थियो । प्रशिक्षणका क्रममा उहाँले प्रविधिको विकाससँगै समाचार उत्पादन र सूचना व्यवस्थापनका कार्य सहज बन्दै गएको उल्लेख गर्दै एआईको प्रयोग गर्दा तथ्य परीक्षण, सन्दर्भको शुद्धता र पत्रकारिताको नैतिक पक्षमा विशेष ध

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ३७० पटक पढिएको
  • बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

    इटहरी ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ सराई दर्तालाई थप व्यवस्थित बनाउन आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार अब सिरिजङ्घा गाउँपालिकामा बसाइँ सरी आउने व्यक्‍तिमध्ये कम्तीमा एक जनाको नाममा सम्बन्धित वडा भित्र ६ महिनाअघि नै जग्गा खरिद गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, उक्त व्यक्तिको घरजग्गा कायम रहेको विषय सम्बन्धित वडाध्यक्षले प्रमाणित गरेको कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। गाउँपालिकाले

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • १७० पटक पढिएको
  • इनरुवामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    इटहरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् ।  टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रह

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २०५ पटक पढिएको
  • विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ

    इटहरी । विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपियाँभन्दा बढी नगद बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित महेश अग्रवालको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्रकुमार मिश्रले उक्त जानकारी दिनुभयो। पक्राउ पर्नेहरूमा विराटनगर–६ का ४० वर्षीय दिलीप साह, विराटनगर–९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी, विराटनग

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • १५८ पटक पढिएको
  • यातायात क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री पराजुली

    इटहरी/ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशले इटहरीमा यातायात व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुनसरी, मोरङ र झापाका यातायात व्यवसायी, मजदुर संघ–संगठनका प्रतिनिधि, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई तथा यातायात कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रका वर्तमान समस्या, सडक सुरक्षा, ट

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • १६० पटक पढिएको
  • रास्वपा पाँचथरको नेतृत्वमा प्रकाश गुरुङ चयन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवे

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३०४ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको सभापतिमा थापा

    इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार सम्पन्न अधिबेसनबाट नवगठित समितिको सभापतिमा भुवन थापा चयन हुनुभएको छ ।समितिको उप–सभापतिमा नारद बहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सह–सचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन हुनुभएको छ ।यस्तै, सदस्यहरूमा फडिन्द्र थापा, प्रेम बहादुर कार्की, बिमला गहतराज, मनोज खड्का तथा पुजन गिरी चयन हुनुभएको छ । पार्टीको जिल्ला संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने सभापति थापाले बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २२५ पटक पढिएको
  • दुर्गम किमाथाङ्कामा इन्टरनेट बन्द हुँदा बैंकिङ र सरकारी कामकाज प्रभावित, प्राविधिक टोली पठाउन माग

    इटहरी । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका(१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट ९फोरजी० सेवा अवरुद्ध भएको छ ।भोटखोला(१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन् । ‘इन्टरनेट’मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्का

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २१९ पटक पढिएको
  • सुन्दरहरैंचामा माता सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । ज्येष्ठ नागरिक सेवा समाज नेपाल, मोरङ सुन्दरहरैंचा–३ को आयोजना तथा वडा कार्यालयको सहयोगमा लक्ष्मीनारायण मन्दिरको सभाहलमा “माता सम्मान कार्यक्रम–२०८३”सम्पन्न भएको छ। “ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–३ का वडाध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगाना र अध्यक्ष कार्कीले आमाको योगदान अतुलनीय रहेको चर्चा गर्दै ज्येष्ठ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २६८ पटक पढिएको
  • लेटाङको दुर्गम हैकले गाउँ सडक सञ्जालसँग जोडियो

    इटहरी । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।तर,नगरपालिकाको वडा नं। १ अन्तर्गत पर्ने दुर्गम हैकले गाउँबासीका लागि जेठ २३ गते विशेष दिन रह्यो । पहिलो पटक गाउँसम्म मोटरबाटो पुगेपछि स्थानीयवासीले खुसियाली मनाउँदै लेटाङ नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार लावती, वडा नं। १ का वडाध्यक्ष विष्णुकुमार मगर तथा नगरको टोलीलाई फूलमाला लगाएर भव्य स्वागत गर्नुभयो ।वडा नं। १ को पहल र नगरपालिकाको सबै गाउँमा मोटरबाटो पु¥याउने लक्ष्यमा स्थानीयले जनश्रमदान समेत गरेपछि हैकलेसम्म मोटरबाटो पु¥याउन सम्भव भएको हो । वडाध्यक्ष विष्णुकुमार मगर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]