इटहरी। धनुकुटाको हिलेमा मङ्गलबारबाट सुरु हुने १८औँ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । खेलमैदान ब्यबस्थापन, खेलाडी, रेफ्री ब्यबस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजक हिले भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा पूर्वका बिभिन्न नौ पालिकाले सहभागिता जनाउने भएका छन् । धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, राम प्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिम रहेका क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।प्रतियोगितामा विजेता टोलीले २ लाख २ हजार २२
इटहरी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ । नवनिर्वाचित सांसद अर्थात प्रतिनिधिसभा सदस्य थेबेले गाउँ–गाउँमा पुगेर मतदातासँग भेट गरिरहनुभएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि थेबेले यतिबेला जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका केही र सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा पुगेर सांसद थेबेले मतदातासँग भेट गरी रहनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा मतदातालाई धन्यवाद दिन र स्
इटहरी । भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही इश्वरपुर –४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा ११ स्थित बसपार्कमा डेरागरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लाष्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लाष्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागूऔष
इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा ‘स्ववियु कप २०८२’ अन्तर्गत सप्ताहव्यापी खेलकुद समारोह सोमबारदेखि सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसको खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक, हलगडा हुँदै पुनः क्याम्पससम्म करिब तीन किलोमिटरको ‘जे.एम.सी रन’ पनि आयोजना गरिएको थियो । उद्घाटन खेलमा क्याम्पसका
इटहरी। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ९हलेसी०मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुनारहिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिइन् ।हलेसीमा २०८० सालमै बनिस
इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालयको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।वराहक्षेत्र नगरपालिका र जेएफपीआरको सहयोगमा निर्माण गरिएको उक्त शौचालयमा महिला, पुरुष र अपाङ्गमैत्रीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले शौचालयको समुद्घाटन गर्नुहुँदै यसले स्थानीयवासीलाई सहज, सुरक्षित र स्वच्छ सुविधा उपलब्ध गराउने बताउनुभयो । त्यस्तै कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कृष्ण कुमार महतोले यस शौचालयले मधुवन बजार क्षेत्रको स्वच्छताको रूपमा काम गर्ने विश्वास
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी कृषकहरूको वास्तविक अवस्था बुझ्न प्रत्यक्ष रूपमा कृषकका फार्ममै पुगेर निरीक्षण तथा छलफलमा जुट्नुभएको छ ।मन्त्री मन्सुरीले प्रदेश सरकारका योजना प्रभावकारी बनाउन, कृषकको समस्या बुझ्न र व्यावसायिक बनाउन तथा कृषि उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक कृषक र कृषि उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुभएको हो । फार्ममै पुगेर समस्या बुझ्दा नीति निर्माण, अनुदान व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन थप प्रभावकारी बन्ने मन्त्री मन्सुरीले बताउनुभयो । आईतबार वराहक्षेत्र नगरपालिका पुग्नुभएका मन्त्री मन्सुरीले पाङ
इटहरी । पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका सूचना अधिकारी इन्द्र राईका अनुसार तरकारी खेतीका लागि बनाइएका ३९ वटा संरचना तथा प्लास्टिक टनेलमा क्षति पुगेको हो । टनेललगायतका संरचना भत्किनु तथा हावाले उडाउँदा मात्रै करिब २४ लाख ४० हजार रुपियाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।त्यस्तै, ०।६१ मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब ४८ हजार रुपियाँ बराबरको क्षति भएको छ । हावाहुरीका कारण टनेल उड्दा भित्र लगाइएका गोलभेँडा, काउली, बन्दा र खुर्सानी लगायतका बालीमा असर परेको केन्द्रले जनाएक
इटहरी । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ। हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको छ। नियन्त्रणका लागि सरकारी निकायहरू सक्रिय रूपमा जुटेका छन्। पछिल्लो पटक विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार परीक्षणबाट आइतबार उक्त फार्ममा संक्रमण देखिएको हो। यससँगै मोरङमा संक्रमित फार्मको संख्या पाँच पुगेको ज
इटहरी । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ ।अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् ।विशेषगरी प्रसूति र शल्यक्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.