All Posts By कोशी प्रेस

    Showing २,१६१-२,१७० of १२,८१४ items.
  • कुकुरलाई कुटपिट गरी तड्पाएर मारेको आरोपमा एक पुरुष पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका वडा नं। ३ मा सामुदायिक कुकुरलाई कुटपिट गरी तड्पाएर मारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ३५ वर्षीय सन्तोष दासले आफ्नो मकैबारीमा आएको भन्दै एउटा सामुदायिक कुकुरलाई लठ्ठीले क्रूर रूपमा कुटपिट गरी मारेको आरोप लागेको छ । घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई घरबाट पक्राउ गरेको हो। पक्राउ परेका दासलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पशुपंक्षी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १६१ पटक पढिएको
  • धरान १३ फुस्रेबाट ३० केजी गाँजासहित एक युवक पक्राउ

    इटहरी । धरान उप–महानगरपालिका वडा नं। १३ फुस्रेबाट प्रहरीले ३० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले फुस्रे क्षेत्रमा चेकजाँच गर्ने क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं।–४ बस्ने २० वर्षीय सन्दीप राई रहेका छन्। प्रहरीका अनुसार उनले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लागूऔषध गाँजा करिब ३० केजी फेला परेको थियो। प्रहरीले गाँजासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गरिरहेको जनाएको

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १४१ पटक पढिएको
  • इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु

    इटहरी । इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु भएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ लाई उच्च गुणस्तरको चियाका रूपमा लिइने गरिएको छ । फागुन र चैतमा उत्पादन भएको पहिलो टिपाइको चिया उद्योगी र किसानका लागि बर्सैभरको आम्दानीको स्रोत जस्तै बन्ने गरेको छ । उहाँले इलामको दक्षिणी क्षेत्र सोयाक, चिलिमकोटलगायतका क्षेत्रमा चिया टिपाइ सुरु भएको जनाउनुभयो । सुब्बाले यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै कायम गरिएको जानकारी दिनुभयो । इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चाल रहनुभएका सुब्बाले यस वर्ष पनि गत वर्षकै प्रतिकिलो ६५ देखि प्रतिकिलो एक हजार पाँच सय रुपियाँ दिने तय गरिएको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १२५ पटक पढिएको
  • पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले किसान, कर्मचारी र पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले बुधबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट किसान, कर्मचारी, शिक्षक र पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट किसानतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका कुलराज न्यौपाने, वडा २ थेचम्बुका तुलाराम भट्टराई रहनुभएको छ । यस्तै, वडा ३ तिरिङ्गेका किसान सम्झा लिम्बू र वडा ६ थुम्बेदिनका किसान रामकुमार भण्डारी नगदसहित सम्मानित हुनुभएको छ । स

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १४९ पटक पढिएको
  • कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

    इटहरी । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गाउँपालिका वडा नं। ४ को कोशी कटानमा पूर्व–पश्चिम राजमार्गमा इनरुवाबाट भाण्टाबारी तर्फ आउँदै गरेको स १ च ९२१ नम्बरको स्कार्पिओले विपरीत दिशाबाट आउँदै गरेको मदेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको ३५० सिसिको रोयल बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करमा मोटरसाइकल चालक, सप्तरीको विष्णुपुर नगरपालिका वडा नं। २ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ। उनलाई तत्काल जिल्ला अस्पताल इनरुवामा ल्याइयो, तर चिकित्सकले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १५१ पटक पढिएको
  • सुनसरीमा दुई सय केजी गाँजा बरामद

    इटहरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले  जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १७३ पटक पढिएको
  • जनसहयोग युवा क्लबलाई बस सहयोग, सामाजिक कार्यलाई अझ गति

    मोरङ | मोरङको सुन्दरहरैचा–७ बेलगाछीमा क्रियाशील जनसहयोग युवा क्लबलाई समाजसेवी प्रमोद सिटौलाले आफ्ना स्वर्गीय बुबा हरिप्रसाद सिटौलाको सम्झनामा बस प्रदान गर्नुभएको छ। समुदायमा सामाजिक सेवा तथा आपतकालीन कार्यमा सहजता होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको दाता सिटौलाले बताउनुभयो।बस प्राप्त भएपछि क्लबले आफ्ना सदस्यहरूलाई विशेष छुट तथा गाउँ–समाजमा हुने मलामी कार्यका लागि निःशुल्क सेवा दिने निर्णय गरेको जनाएको छ। यस निर्णयले स्थानीय समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।जनसहयोग युवा क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले फुटबल, भल

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • ७९४ पटक पढिएको
  • इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

    इटहरी । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी ९माटो० ले १६ हजार ५ सय ५० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९घण्टी० ले १३ हजार ६ सय ९६, नेपाली कांग्रेस ९रुख० ले १० हजार ८ सय १६, नेकपा एमाले ९सूर्य० ले १० हजार ३ सय ८२ र नेपाली कम्युनिष्ट पार्टी ९तारा० ले ४ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् ।इलाम क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फ श्रम संस्कृति पार्टी ९माटो० नै अग्रस्थानमा देखिएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीले १७ हजार ८ सय ४२ मत प्राप्त गरेक

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १७९ पटक पढिएको
  • इलाममा १८ जना उम्मेदवारको जमानत जफत

    इटहरी। २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये  १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो ।इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं। १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं। २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी देबीचरण फूयालले जानकारी दिनुभयो । इलाम क्षेत्र नं। १ मा ६३ हजार

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १४२ पटक पढिएको
  • धरानमा श्रमसंस्कृति पार्टीको धन्यवाद तथा सुझाव र्‍याली

    इटहरी  । सुनसरी निर्वाचन क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०को नेतृत्वमा धरानमा धन्यवाद तथा सुझाव र्‍याली निकालिएको छ ।बुधबार आयोजित र्‍यालीका क्रममा अध्यक्ष राईले लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी सबै उम्मेदवार तथा मतदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।लोकतन्त्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो हुने व्यवस्था भए पनि सबैको जित भएकोले उम्मेद्वार सबैको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।जनताबाट प्राप्त सुझावलाई आगामी कार्यदिशामा समेट्ने उद्देश्यले धन्यवाद तथा सुझा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]