All Posts By कोशी प्रेस

    Showing २,३४१-२,३५० of १२,८१४ items.
  • इलाम जिल्लामा मतगणनाको तयारी तीव्र: सूर्योदय नगरपालिका भवनमा कडा सुरक्षा घेरा, तारजाली र सीसी क्यामेरा जडान

    इटहरी। इलाममा निर्वाचन सम्पन्न भएर मतगणना गर्नका लागि स्थान तोकिएसँगै गणना स्थललाई सुरक्षित राख्नका लागि गणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाउन थालिएको छ । इलाम क्षेत्र नं। १ को मतगणना स्थल सूर्योदय नगरपालिकाको भवन तोकिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजालीसँगै सीसी क्यामेरा जडान गरेको हो ।  क्षेत्र नं। १ का निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले गणना स्थललाई सुरक्षित राख्नका लागि तारजाली लगाउने काम थालिएको र भोली दिनभरमा तारजाली लगाई सकिने जानकारी दिनुभयो । उहाँले गणना स्थललाई सुरक्षित र पारदर्शी बनाउनका लागि गणना स्थलमा सीसी क्यामेरा जडान गरीएको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १५५ पटक पढिएको
  • ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी

    काठमाडौँ ।  ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगलागीको सूचना प्राप्त हुनेबितिकै ललितपुर महानगर, काठमाडौं महानगर र नेपाली सेनाको बारुणयन्त्र लगाएत सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । दाउरा थकालीका मेनेजर भूवन आचार्यले विद्युत सर्ट भएर आगलागी भएको र आगलागीका कारण छतमा बनाइएको संरचना जलेर नष्ट भएको बताउनुभयो । आगलागीको यकिन कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १४७ पटक पढिएको
  • रेडस्टारको ३० औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    इटहरी । रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार विद्यालयको दुई दिवसीय कार्यक्रम विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सहित सम्पन्न भएको हो।  विद्यालयका प्रवन्ध निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित हुँदै रेडस्टार माविले नगरकै शान, मान र ईज्वत उच्च राख्दै शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । उहाँले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सावित विद्यालयले विभि

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १९६ पटक पढिएको
  • विराटनगर महानगरपालिका, ७ डाँफे चोकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेना द्धारा निष्कृय, कोशी प्रदेशभर निर्वाचन सुरक्षा कडा

    इटहरी। मोरङ जिल्ला विराटनगर महानगरपालिका, ७ डाँफे चोकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्कृय गरेको छ ।२०८२ फागुन बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेना को विराटनगर एयरपोर्टमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो । संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै आज बिहान निष्कृय गरिएको जनाइएको छ।निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ ।पूर्वी पृतना हेडक्वार्टर इटहरीकी जनसम्पर्क तथा सूचना अधिकृत सह सेनानी सुस

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १७३ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन लक्षित, मोरङका सीमानाका ७२ घण्टाका लागि बन्द

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसंग सीमा जोडिएका नाकाहरु बन्द गरिएको छ । निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो । मोरङको करिब ६३ किलोमिटर भारतसंगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुबै तर्फका सुरक्षा निकायहरुले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १८६ पटक पढिएको
  • तराई–मधेसमा उल्लासमय होली, विराटनगरमा चन्द्रग्रहणका कारण बुधबार मनाइने

    इटहरी । रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार मंगलबार त्यस क्षेत्रमा होली मनाइएको हो । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने होली पर्वको आफ्नै गरिमा छ । होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १८९ पटक पढिएको
  • मोरङमा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ८ सय ९० मतदान केन्द्र तयार

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, घेराबारा लगायत सामग्रीहरु सम्बन्धित मतदान केन्द्रमा पठाइएको छ भने मतदान स्थल निर्माण गर्ने कार्य पनि शुरु भएको छ । फागुन २० गते सम्म सबै मतदान स्थलहरुमा मतदान केन्द्र बनाई सक्ने तयारी रहेको छ । मतदान अघि नै राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा मतदान स्थलको मुचुल्का, मौन अवधि र अन्य सुरक्षाका विषयमा सहमति गरी सूचना निकाल्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १७१ पटक पढिएको
  • ताप्लेजुङमा निर्वाचन अवधिभर १९ एम्बुलेन्स तयारी अवस्थामा, सबै गाउँपालिकामा तत्काल उद्धार सेवा उपलब्ध हुने

    इटहरी। ताप्लेजुङमा निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राखिने भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राख्ने निर्णय गरेको हो ।पालिकामा रहेका एम्बुलेन्सहरुलाई कुनै समस्याका बेला उद्धार गर्न सकिने गरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङसहित जिल्लाभरमा १९ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छन् ।आवश्यकता परेको खण्डमा एम्बुलेन्स रहेको स्थानबाट नजिकमा क्षेत्रमा परिच

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १८० पटक पढिएको
  • झापा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा तयारी पूरा, ९५ मतदान स्थल अति संवेदनशील घोषणा

    इटहरी । आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सबै प्रबन्ध मिलाएको जनाइएको छ । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका अधिकांश मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापसहितका ६० भन्दा बढी प्रकारका सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । झापाको क्षेत्र नं। ५ अन्तर्गत दमकबाहेक अन्यत्र सबै ठाउँका मतदान अधिकृतले आवश्यक सामग्री बु

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १८६ पटक पढिएको
  • धनकुटामा १६६ मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो, ९८९ सुरक्षाकर्मी परिचालन

    इटहरी । धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो। अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।मङ्गलबारदेखि मतदान केन्द्र निर्माणलगायतका थ

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]