इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवमा हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीको सभापतित्वमा तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।विद्यार्थीहरूले नृत्य, गायन, नाटक , गजल अन्य प्रतिभा प्रस्तुत गरेका थिए । स्कुलका विद्यार्थीहरूलाई अध्यनरत विभिन्न विधामा सम्मान साथै कार्यक्रममा विद्यालयले यस अघि आयोजना गरेको विभिन्न खेलकुद विधाका
सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक माहोल तीव्र बन्दै गएको छ। तीन सयभन्दा बढी जेनजी युवाहरू खुलेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्दै उम्मेदवार भगवती चौधरी को जित सुनिश्चित गर्ने अभियानमा जुटेका छन्। इटहरी मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम युवाको उत्साह र राजनीतिक प्रतिबद्धताले भरिएको देखिन्थ्यो।कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले स्पष्ट शब्दमा भनिन्— “देश बनाउने शक्ति युवा हुन्, र युवाको भविष्य सुरक्षित गर्न सक्ने पार्टी एमाले मात्रै हो।” उनले विकास, रोजगारी र स्थायित्वका मुद्दामा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै विपक्षीहरूलाई कामको आधारमा प्रतिस्पर्धा गर्न चुनौतीसमेत दिइन्।
इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, नाटक र प्रतिभा प्रदर्शन मार्फत उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए । विशेष आकर्षणका रूपमा आयोजित डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल
इटहरी । सुनसरीको भोक्राहा नरसिह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो। सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्य
इटहरी । इटहरीका एक सयभन्दा बढी महिला तथा पुरुषहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शनिबार इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित प्रवेश कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन), सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल विक्रम थापा, रास्वपा इटहरी उपमहानगर नगर समितिका सभापति महेश थापा लगायतको उपस्थिति रहेको थियो। नेकपा (एस)का युवानेता तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १ सय भन्दा बढी कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा बोल्दै तिम्सिनाले देशलाई सही दिशामा अगाडि बढाउन युवाशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै रास्वपा देश विक
सुनसरी । उज्यालो नेपाल पार्टी क्षेत्र नम्बर २, सुनसरीले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल तामाङको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय” लाई मूल नाराका रूपमा अघि सार्दै तामाङले राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्रका व्यापक सुधारका एजेण्डा सार्वजनिक गरेका हुन्।प्रतिबद्धता–पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था, प्रधानमन्त्रीले राम्रो काम नगरे फिर्ता बोलाउन मिल्ने प्रावधान, सांसद तथा मन्त्रीको शैक्षिक योग्यताको स्पष्ट मापदण्ड तय गर्ने जस्ता संवैधानिक सुधारका विषय समेटिएका छन्। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने,
इटहरी । जनता समाजवादी पार्टी नेपाल (जसपा) धनकुटाका उम्मेदवार आइतराज लिम्बुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ। धनकुटामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजनाहरू समावेश गरिएको घोषणा पत्र प्रस्तुत गर्नुभयो। उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै बाँदर, बँदेल लगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न कानुनी नियन्त्रणको व्यवस्था गरिने उल्लेख गरिएको छ। खेलकुद र पर्यटन प्रवर्धनका लागि जिल्लामा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ
इटहरी । झापा क्षेत्र नं। १ मा चुनावी रौनक दिनदिनै बढ्दै गइरहेको छ । यो नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको क्षेत्र हो । उहाँले यस पटक आफू चुनाव नलडेर आफ्नो ठाउँमा झापा कांग्रेसका उपसभापति केशवराज पाण्डेलाई उठाउनुभएको छ । त्यसले गर्दा सो क्षेत्रमा झन् चुनावी रौनक बढेको छ । नेपाली कांग्रेससहित यहाँका प्रमुख राजनीतिक दल यतिबेला भुइँ तहसम्म सङ्गठन चलायमान बनाउन मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । भारतसँग सीमा जोडिएको यस निर्वाचन क्षेत्रमा यस पटक १३ राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकप
इटहरी । हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा यस विषयमा राजनीतिक दल र उम्मेदवारहरूलाई मतदातालाई जवाफ दिन सकस हुने गरेको छ । पर्याप्त बजेट विनियोजन हुँदाहुँदै पनि सडक निर्माण सम्पन्न हुन नसकेको जनाइएको छ । झापा, इलाम र पाँचथरका उम्मेदवारहरूले प्रत्येक निर्वाचनमा यो सडकलाई प्राथमिकतामा राख्दै आएका छन् । दमकदेखि माङसेबुङ गाउँपालिका हुँदै चिसापानी पञ्चमी जोड्
सुनसरी | प्रतिनिधिसभा सदस्य पदका लागि यमुना केसी ले सुनसरी जिल्ला क्षेत्र नं. ४ मा चुनावी अभियानलाई तीव्र बनाएकी छन्। चुनाव मिति नजिकिँदै जाँदा उनी बिहानैदेखि साँझ अबेरसम्म गाउँ–टोल, घर–घर र हाटबजार पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत माग्न व्यस्त देखिएकी छन्।घरेलु आँगनदेखि बजारका गल्लीसम्म पुग्ने उनको अभियानले चुनावी माहोललाई थप तातो बनाएको स्थानीयहरू बताउँछन्। विशेषगरी बजारमा सब्जी बेच्ने व्यापारी, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, महिला समूह र युवाहरूसँग उनले आफ्नो एजेन्डा विस्तारमा राख्दै समर्थन मागिरहेकी छन्।“राजनीति सेवा हो, सुविधा होइन,” भन्ने नारासहित अघि बढेकी केसीले भ्रष्टाचार न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.