इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दुहबी–८ का ५० जना भन्दा बढी जेनजी युवा नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ सुनसरी– ३ का निरज चौधरीको नेतृत्वमा सन्तोष तामाङ, रोशन कटुवाल लगायतका युवाहरूले पार्टी परित्याग गरी एमाले रोजेका हुन्। उनीहरूलाई नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै निरज चौधरीले युवाको आकांक्षा र विकासको दृष्टिकोण मिल्ने भएकाले एमाले प्रवेश गरेको बताउँदै आगामी निर्वाचनमा भगवती चौधरील
इटहरी । धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाका अनुसार प्रत्यक्षतर्फ एक लाख २७ हजार थान र समानुपातिकतर्फ एक लाख ३२ हजार थान मतपत्र शुक्रबार दिउँसो आइपुगेको हो । नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिनेछ । यस निर्वाचनमा धनकुटामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । धनकुटामा १४ राजनीतिक दलका र चार स्वतन्त्र गरी कुल १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लाका ११९
इटहरी । सुनसरी ब्याडमिन्टन एकेडेमीको आयोजनामा इटहरीमा आज देखि तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा कुल २ सय २ जना खेलाडी सहभागी रहेका छन्। विभिन्न उमेर समूह र प्रतिस्पर्धात्मक तहलाई समेट्दै १३ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । समग्रमा २ सय ५३ वटा खेल सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल आगामी फागुन ९ गते आयोजना गरिनेछ । विजेता तथा उपविजेताहरूलाई विधागत रूपमा गरी कुल साढे ६ लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ । स
इटहरी | इटहरी चोकमा जेनजी (Gen Z) युवाहरूको पहलमा राष्ट्रिय झण्डा परिवर्तन गरिएक भएको छ। स्थानीय युवा सबिन थापाका अनुसार, युवाहरूको सक्रियतामा चोकमा राखिएको राष्ट्रिय झण्डा फेरिएको हो।यसैबीच, गत भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा इटहरी चोकमा स्थापित विभिन्न जातीय समुदायका मूर्तिहरूमा तोडफोड भएको थियो । स्थानीय स्रोतहरूका अनुसार, थारू समुदायसहित नेपाली विभिन्न जातीय पहिचान झल्काउने मूर्तिहरू क्षतिग्रस्त बनाइएको बताइएको छ जेनजी युवाहरू सबिन थापा, मौसम राया, प्रिन्स दहाल, दिनुप बन र सुमन बस्नेत लगायत युवाहरूको सहभागितामा झण्डा परिवर्तन गरिएको हो ।स्थानीय बासिन्दाहरूले सार्वजनिक सम्पत्तिको
इटहरी । मोरङ निर्वाचन क्षेत्र नं ३ को लागि नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार पथरीमा आयोजित एक पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार डाक्टर देउमान सम्वाहाम्फे सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा डाक्टर देउमान सम्वाहाम्फेले आफ्नो निर्वाचन क्षेत्रका लागि तयार पारेको प्रतिबद्धता पत्र पढेर राज्यद्वारा शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउन पहल गर्ने, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्यालाई समाधान गर्न अधिकार सम्पन्न विशेष आयो
इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् । मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा झापामा नै मत मागिरहेका नेताहरूसँग खुला बहस गर्न तयार रहेको उहाँले बताउनुभयो । आफूहरु जनताका प्रश्नबाट नभाग्ने र जनताका गुनासाहरु सुन्ने शर्माले उल्लेख गर्नुभयो । यो निर्वाचन मूलक बदल्ने निर्वाचन भएको शर्माको भनाइ थियो । देशमा पछिल्लो समय विकासका काम अघि बढेको उल्लेख गर्दै शर्माले केही पनि नभए
इटहरी । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो । विषम परिस्थितिबाट उब्जिएको राजनीतिक कारण देश चुनाबमा होमिएको बताउँदै निर्वाचनले मात्र देशको संविधानलाई मुलबाटो ल्याउने उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा निर्वाचित सरकार नभएको बताउँदै संविधानले दिएका अधिकारहरू रक्षाका लागि यो निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । मन्त्री पराजुलीले प्रदेससभामा आमसञ्चार विधेयक विचाराधीन अवस्थ
इटहरी । विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ। सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।मोरङ, झापा र सुनसरी तथा भारतका किसनगन्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबिच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा स
इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।
इटहरी । खड्कपुरिया लेखी थारू संस्था इटहरीको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित संयुक्त भूपू सैनिक सामुदायिक भवनमा आयोजना गरिएको हो । थारू समुदायबीच आपसी एकता, सद्भाव र सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सरोज चौधरी (लेखी)ले समुदायबीच नियमित भेटघाटले सामाजिक एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले पहिचान, परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्नेछ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य इनर लाल चौधरीले थारू समुदायको साम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.