दुहबी | नजिकिँदै गरेको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा सुनसरीको दुहबी नगरपालिका -९ स्थित १ सय बढी घर मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण गरिएको छ। माई क्येर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था तथा दुहबी नगरपालिका वडा नम्बर -९ को संयोजनमा आयोजित कार्यक्रममा गरिब तथा विपन्न मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई खाद्य सामग्री प्रदान गरिएको हो।उक्त राहत वितरण कार्यक्रम हेस्रा नेपाल संस्था, दुहबी-९ का अध्यक्ष गुलाम रसुल मियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राहत वितरण संयोजक थानेश्वर ओझा, दुहबी वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष सतिश कुमार चौधरी , कार्यक्रम संयोजक
इटहरी । उच्च मनोबल सहित घरेलु मैदानमा प्रवेश गरेको आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल भएको छ । प्रस्तावित खदम रंगशालामा हजारौं दर्शकको साथ पाएको आयोजक केराबारी एफसी र झापा ११ विच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई हराउँदै केराबारीले इतिहास रच्दै उपाधि चुमेको हो । उपाधि संगै आयोजक केराबारी एफसीले नगद ४ लाख सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको झापा ११ ले नगद २ लाख प्राप्त गरेको छ । विजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । मध्यान्तर अघि दुवै टिमले गोल गर्न नसकेपनि
इटहरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल नारा लगाएर मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ द्वारा बिहीबार धरानमा आयोजित प्रतिबद्धता घोषणा सभा लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उपसभापति शर्माले विगत ७५ वर्षदेखि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको पूर्ण कार्यकाल चलाउन नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नै विकासको बाधक भएको टिप्पणी गर्नुभयो ।गत भदौको युवा आन्दोलन ९जेनजी० का क्रममा ज्यान गुमाएका युवाको प्रसङ्ग स्मरण गर्दै उपसभापति शर्माले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने चेतावन
इटहरी। आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न नमुना मतदानमा ८० जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका थिए ।नमुना मतदानमा अपाङता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने रु मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको थियो । मतदान पछि आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नमुना मतदानमा मतदाता, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि व्य
इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ । मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडेका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुझाउनुभएको छ । भोट दिने कार्य छोरी दि
इटहरी | लायन्स / लियो क्लब इटहरी पाथिभरा, लायन्स क्लव अफ इटहरी प्रोफेसनल र लायन्स क्लव अफ इटहरी पचरूखीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ।२०२५–२६ कार्यकालका लागि लायन्स क्लब अफ इटहरी पाथिभराका अध्यक्ष कमल प्रसाद तिम्सिना , लायन्स क्लव अफ इटहरी प्रोफेसनलका अध्यक्ष देबेन्द्र शाह लायन्स क्लव अफ इटहरी पचरूखीका अध्यक्ष चन्द्र गुरागाई ,लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुश डुङ्गेल , उपाध्यक्ष सन्जिप तिम्सिना सहित अन्य सदस्यहरूलाई पदस्थापन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सि का गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स
इटहरी । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ । गरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, पत
इटहरी । खोटाङ जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यक
इ्रटहरी । झापाको बाह्रदशी गाउँपालिका–१, बोक्राझारीमा बिहीबार बिहान जङ्गली हात्तीको आक्रमणबाट परेर एक महिला गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ५ः३० बजेतिरको समयमा स्थानीय लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीलाई घरमा नै हात्तीले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बनाउँदै गरेको पक्की घरमा बिहान उठेर पानी हाल्ने क्रममा एक्कासि हात्तीले आक्रमणमा गरेको प्रारम्भिक रूपमा जानकारी प्राप्त भएको छ । उहाँका अनुसार नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट उक्त हात्ती आएको हो । हात
इटहरी । भोजपुरमा निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परी घाइते भएका सबै सेनाका जवानहरू खतरामुक्त भएका भएका छन्।दुर्घटनामा परेकामध्ये १७ जनालाई उपचारका लागि काठमाडौं लगिएकोमा उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं लगिएकोहरूमा १५ जना नेपाली सेनाका जवान तथा बसका चालक र सहचालक गरी दुई जना सर्वसाधारण रहेका छन्। यसअघि गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं र अन्यलाई इटहरीस्थित सैनिक अस्पताल पठाइएको भनिए पनि पछिल्लो अपडेट अनुसार गम्भीर र मध्यम घाइते गरी १७ जनालाई नै काठमाडौंमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.