इटहरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७
इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं। ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले दमकका विभिन्न स्थानमा पुगेर मतदाताको गुनासो सुन्ने र आफ्ना योजना राख्नमा व्यस्त हुनुभएको हो । सोमबार पूर्वप्रधानमन्त्री ओली दमकका मुख्य बजार तथा भित्री चोकमा पुगेर मतदाताका गुनासा सुन्दै आफ्ना भावी योजना बताउँदै हिँड्नुभएको उहाँको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार समितिका संयोजक
इटहरी। कार्यसम्पादन मूल्याङ्कनमा देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये इटहरी सबैभन्दा अन्तिम भएको छ । मुलुकका उपमहानगरपालिकाहरुमध्ये बुटवल उपमहानगरपालिका पहिलो नम्बरमा आउँदा इटहरी सबैभन्दा कमजोर देखिएको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीको इटहरी ११ औँ नम्बरमा अर्थात् अन्तिममा परेको छ । अघिल्लो वर्ष छैटौँ नम्बरमा रहेको इटहरीको कार्यसम्पादन यस पटक झनै खस्किएको देखिएको छ । कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार बुटवल उपमहानगरपालिकाले ६४ दशमलव ४४ अङ्क प्राप्त गरेर अ
इटहरी । डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् । भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अन
इटहरी । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार वडा नं। ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा नाबालकलाई परिवारका सदस्यले देखेका थिए ।तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पातलका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे अ
इटहरी । झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।मङ्गलबार बिहान करिव ३ बजेको समयमा कनकाई माई पुलको बिच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाइएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिँडेको गस्ती टोलीले देखेपछि बिहान ३ बजेदेखि ६ः३० बजेसम्म उक्त सडक अवरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ ।उक्त शङ्कास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाए
वराहक्षेत्र । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नर्सिङ्गमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीमा आबद्ब तथा स्वतन्त्र महिला र युवा सहित १ सय ८५ भन्दा बढिको संङख्यामा पार्टी प्रवेश गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताए ।सोमवार साझ भोक्राह नर्सिङ्ग गाउँपालिका स्थित वडा नं १ मिलन चौक मा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रबेसीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की , समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिद लगायत नेपाली कांग्रेसका न
इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ । प्रतियोगितामा इटहरी सुनसरी टिम प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको
इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ। डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा ९७५।५५ प्रतिशत० दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्। ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन ९मापसे० तथा
इटहरी । काठमाडौँमा आयोजना हुने “नेपाल राइडर्स मिट २०२६” मा सहभागी हुन भुटानबाट आएका आठ जना राइडर्सलाइ इटहरीस्थित बिवाइडी सोरुममा भव्य स्वागत तथा सम्मान गरिएको छ। कोशी प्रदेशको केन्द्रबिन्दु इटहरीमा कार्यक्रम उत्साह, मित्रता र अन्तर्राष्ट्रिय सद्भावले भरिपूर्ण बनेको थियो।कार्यक्रममा बिवाइडी सोरुम इटहरीका सञ्चालक रोशन कपुरीले भुटान र नेपालको सडक अवस्था, यात्राको अनुभव तथा विद्युतीय सवारी साधन बिवाइडी गाडी बजारीकरण, उपभोक्ताको सुझाव सम्बन्धी धारणा आदान–प्रदान गर्नुभयो। उहाँले नेपाल र भुटानबीच पर्यटन, यातायात र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता राइ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.