All Posts By कोशी प्रेस

    Showing २,६३१-२,६४० of १२,८१४ items.
  • निर्वाचनअघि उद्योगीको आर्थिक एजेन्डा दबाब

    इटहरी । समयअगावैको निर्वाचनसँग खास खुसी नरहेका विराटनगरका उद्योगी व्यवसायीले दलहरूलाई घोषणापत्रमा आर्थिक सुधारका एजेन्डा प्रस्तुत गर्न माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भोग्नु परेको परिस्थितिसँग झस्केको निजी क्षेत्रले दिएका १५ बुँदे आर्थिक सुधारका सुझावमा औद्योगिक क्षेत्रमा कडा र दण्डनीय सुरक्षा नीतिको माग गरेको छ । मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार सशस्त्र विद्रोहका नाममा भोग्नु परेको समस्याबाट उम्किन नपाई जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि निजी क्षेत्र हतोत्साही छ । हरेक दशकमा हुने राजनीतिक व्यवस्थाको परिवर्तनबाट निजी क्षेत्र थप कष्टतर्फ बढ्नु परेको छ । यहीबेला

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २८७ पटक पढिएको
  • झापामा बढ्दो सवारी दुर्घटना, २५ दिनमा १८ ले गुमाए ज्यान

    इटहरी ।  झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले क

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १९३ पटक पढिएको
  • मोरङ–६ मा चुनावी सरगर्मी चुलिँदै, कोइराला विरासत जोगाउने दबाबमा कांग्रेस

    इटहरी ।  प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला र एमालेका नेता विनोदप्रसाद ढकालबिच मुख्य प्रतिपस्र्धा हुने देखिन्छ । मोरङको विराटनगरमा कांग्रेसको प्रभुत्व रहँदै आएको छ । स्वर्गीय बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको मोरङमा डाक्टर शेखर कोइरालालाई कांग्रेसको मात्र होइन, कोइराला परिवारको राजनीतिक व

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २४१ पटक पढिएको
  • इटहरीमा बजाज ग्रान्ड एक्सचेन्ज मेला आजदेखि २५ देखि फागुन १ सम्म हुने

    इटहरी | बजाज मोटरसाइकलप्रेमीहरूका लागि बजाज ग्रान्ड Exchange मेला इटहरीमा माघ २५ देखि फाल्गुन १ गतेसम्म सञ्चालन हुने भएको छ। इटहरी मिलनचोक बुढीखोला छेउमा हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।यस विशेष अवसरमा बजाजका लोकप्रिय तथा नयाँ मोडेलहरू Pulsar N150, Pulsar N160 र Pulsar 220F FI ग्राहकहरूका लागि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका छन्।ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल सहज रूपमा खरिद गर्न सक्नेछन्। एक्सचेन्जमा बजारभन्दा उच्च Guaranteed Valuation प्रदान गरिनेछ भने त्यसमा थप रु. ८ हजार सम्मको ए

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ३२१ पटक पढिएको
  • तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

    सुनसरी । तमु (गुरुङ) समुदायहरूको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशन तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, साथै पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको विशेष उपस्थिति रहेको थियो।अधिवेशनले दिलीप गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ३२४ पटक पढिएको
  • खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी

    इटहरी ।  खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् । माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताउनुभयो । भोज खाएपछि उनीहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उहाँको भनाइ छ । सुरुमा केही व्यक्तिहरू बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २६७ पटक पढिएको
  • सुनसरी क्षेत्र–३ मा चौधरी र गच्छदारको सक्रियता, मतदाता फकाउन घरदैलो अभियान

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सुनसरीका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी बढेको छ। मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदाताका घरघरमा पुगेर आफ्ना चुनावी रणनीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्न थालेका कारण चुनावी माहोल तातेको हो। चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्न र मतदाता फकाउन घरदैलो अभियानमा जुटेकाले चुनावी गतिविधि बढेको स्थानीयहरूले बताएका छन्। यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २८९ पटक पढिएको
  • झापामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

    इटहरी । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको बास्कोटाको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा शनिबार राति ९ः१० बजे मृत्यु भएको हो । माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र।१–०१–०१८ प। १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । स्कुटर चालक इलाम, माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २२३ पटक पढिएको
  • ताप्लेजुङमा एक हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

    इटहरी । ताप्लेजुङमा करिव एक हजार तीन सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ । यही माघ २८ देखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको हो । खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार १० देखि १४ वर्ष उमेर समूहका विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने छ । ताप्लेजुङमा अघिल्लो वर्षको अभियानमा दुई जना मात्र किशोरी खोप लगाउनबाट छुटेका थिए । एचपीभी खोप अभियानका लागि ताप्लेज

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २४२ पटक पढिएको
  • झापामा डग स्निफिङ’ सहित सुरक्षाव्यवस्थामा कडाइ

    इटहरी ।  निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं। ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलगायतका उम्मेदवारको चुनावी अभियान तीव्र भएसँगै यहाँको सुरक्षाव्यवस्थालाई थप कडाइ गरिएको हो । यसै व्रmममा दमक नगरपालिकामा सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन प्रहरीले ‘डग स्निफिङ’ सहित सघन चेकजाँच अभियान

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]