All Posts By कोशी प्रेस

    Showing २,७०१-२,७१० of १२,८१४ items.
  • प्रकृति बचाउने संकल्पसहित हसिना सिमसारमा विश्व सिमसार दिवस मनाइयो

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित हसिना सिमसारमा विश्व सिमसार दिवस प्रकृति प्रतिको प्रेम, जिम्मेवारी र भावनात्मक प्रतिबद्धताका साथ मनाइएको छ । जैविक विविधताको धरोहरका रूपमा रहेको सिमसार संरक्षणको सन्देश बोकेर आयोजित कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो । नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमसार केवल पानी जम्ने स्थान नभई जीवन, संस्कृति र भविष्यको आधार भएको सन्देश प्रवाह गरिएको थियो। “स्वस्थ शरीरका लागि स्वच्छ वातावरण” भन्ने मूल नारासहित हस

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २४१ पटक पढिएको
  • सुनसरी १ मा कांग्रेसका सुजेन्द्र आशिर्वाद लिदै मत माग्दै , बिकास, सुशासन पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्बता

    इटहरी । प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं १ मा  नेपाली कांग्रेसले सुजेन्द्र तामाङ्गलाई उमेद्बारको रुपमा प्रस्तुत गरेको छ । नेपाली कांग्रेसका क्षेत्र नं १ का सभापति समेत रहनुभएका तामाङ भोट माग्न घरदैलो गरि रहनुभएको छ । सुनसरी क्षेत्र नं १ मा भएका समस्याको हल गर्ने , युवालाई स्वरोजगार, खानेपानी , सिचाई , खोला कट्टान, सडकसंगै भावि प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापती गंगन थापा बनाउने, भष्ट्रचारको अन्त्य गर्ने,  बिकास, सुशासन पारदर्शिता र जबाफदेहिता प्रति प्रतिबद्बता सहित उहाँ भोट माग्न घरदैलौ गरि रहनुभएको छ । सानालाई माया, युवालाई प्रोत्साहन र अग्रजलाई अभिभावकको रुपमा लिने उ

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २३२ पटक पढिएको
  • मुन्दुम पदमार्ग पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै

    इटहरी । नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने मुन्दुम पदमार्ग पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको छ । पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढेको छ । भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लालाई जोड्ने यो पदमार्गले नेपालको पूर्वी पहाडी क्षेत्रको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई संसारभर चिनाउदै छ । पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । करिब १५६ किलोमिटर लामो यो ट्रेल किराँत समुदायको संस्कृति, इतिहास र परम

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २१० पटक पढिएको
  • सुनसरी–३ मा सांसद भगवती चौधरीप्रति महिलाको भरोसा झन् बलियो

    इटहरी । सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत बर्जु गाउँपालिकामा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीप्रति स्थानीय महिलाको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ। बाढी, विपद् र अन्य कठिन परिस्थितिमा सधैँ जनताको साथमा उभिँदै आएकी चौधरीलाई पुनः संसद् पठाउने प्रतिबद्धता महिलाहरूले व्यक्त गरेका छन्।बर्जु–३ की लक्ष्मी बुढाथोकीले भनिन्, “बाढी पीडित हुँदा होस् वा अन्य समस्या पर्दा, दिदी सधैँ आइपुग्नुहुन्छ। एक फोन गर्दा पनि तुरुन्तै आउनुहुन्छ। अरू नेताहरू कहाँ देखिन्छन् ?” उनले थपिन्, “आफ्नो मान्छे आफ्नै हुन्छ। हामी छातीमा हात राखेर भन्छौँ—दिदीलाई जसरी पनि जिताएर पठाउँछौँ।”चुनावका बेला ठूला आश्वास

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २१३ पटक पढिएको
  • झापा–५ मा गठबन्धनको हल्लाबीच एक्लाएक्लै चुनावी मैदानमा दलहरू, तालमेल नहुने दाबीले मतदाता अझै अन्योलमा

    इटहरी । झापा क्षेत्र नं। ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ र ३ मा लागू हुने गरी नेकपा ९एमाले० र राप्रपाबिच तालमेल रहेको थियो । यो क्षेत्रमा तत्कालीन अवस्थामा सत्ता गठबन्धनका रूपमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच तालमेल रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा शीर्ष नेताहरूबिच तालमेल हुने हल्लाका कारण मतदाता अन्योलमा रहेका छन् । तर स्थानीय राजनीतिक दल तथा केन

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २३५ पटक पढिएको
  • खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

    इटहरी।  भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् । भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुस

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १५९ पटक पढिएको
  • विवाहको जन्ती बोकेको ट्याक्टर पुलबाट खस्दा एक जनाको मृत्यु, ११ घाइते

    इटहरी। सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको छ । गौरादह–४ भित्री सडकखण्डमा पर्ने रामचन्द्रे खोलाको पुलबाट ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीय

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १८४ पटक पढिएको
  • ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई

    इटहरी । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिसक्नु भएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको हो । बराल यस अघि उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो । तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १५३ पटक पढिएको
  • सिँचाइ सुविधा विस्तारपछि भोजपुरको पौवादुङमा–१ श्यामशिलाका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    इटहरी।  सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।   गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसा

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २२० पटक पढिएको
  • कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनका लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह ६ महिनाका लागि भाडामा, मासिक ८ लाख रुपियाँ तिर्ने सम्झौता

    इटहरी । प्रदेशसभा सचिवालयले आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्न विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह भाडामा लिएको छ । आगामी ६ महिनाका लागि प्रदेशसभा सचिवालयले सभागृह भाडामा लिएको हो । कोशी प्रदेशसभा सचिवालय र सभाहल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरी सम्पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । त्यसपछि विराटनगर नजिकै रहेको कटहरी गाउँपालिका १ स्थित तरकारी तथा फलफूल थोक बजारको भवनमा सचिवालय स्थानान्तरण गरिएको छ । यस अवधिमा प्रदेशसभा सञ्चालन गर्न आवश्यक सभाहल निर्माण भएको छैन । त्यसैले सचिवालयले महानगरपालिकासँग मासिक ८ लाख रुपियाँ भाडा तिर्ने गरी ६ महिनाका लागि सभाहल भाडाम

    • प्रकाशित मितिः माघ २०, २०८२
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]