All Posts By कोशी प्रेस

    Showing २,८११-२,८२० of १२,८१४ items.
  • कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा धनकुटा कारागारमा टीबी–एचआईभी परीक्षण शिविर

    इटहरी । जिल्ला सदरमुकामस्थित धनकुटा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग ९टीबी० र एचआईभी परिक्षण गरिएको छ । आईतबार कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका कैदीबन्दीहरुको शिविरमा क्षयरोग ९टीबी० र एचआईभी परिक्षण गरिएका हो । कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआइ प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय(कुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंका अनुसार परीक्षणका क्रममा उक्त कैदीबन्दीहरुमध्ये दश जना कैदिबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको जानकारी दिनुभयो । लक्षण देखिएका कैदीबन्दीक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • १९१ पटक पढिएको
  • मोरङको मिक्लाजुङ–४ मा पहाड काटेर बनाइयो खेलमैदान, अन्तरपालिका फुटबल आयोजना

    इटहरी । मोरङको मिक्लाजुङ–४ सफेवामा स्थानीय खेलप्रेमीले पहारा फोरेर खेलमैदान निर्माण गरेका छन् । फुटबल खेलका पारखीहरूले स्थानीय सरकारसँग समन्वय गरी राष्ट्रिय वनसँगै जोडिएको पहरा फोरेर खेलमैदान निर्माण गरेका हुन् । यसअघि सफेवा खेलमैदान नाइन साइडको थियो । सानो खेलमैदानमा ठूला प्रतियोगिता गर्न समस्या भएपछि खेलमैदान विस्तार गरिएको मिक्लाजुङ युथ क्लबका अध्यक्ष भरत राईले बताउनु भयो । राईकाअनुसार माघ १८ गते कोशी प्रदेशका तीन जिल्लाका आठ पालिकाबिच अन्तरपालिका मिक्लाजुङ अध्यक्ष कप फुटबल प्रतियोगिता सोही मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा इलामको चुलाचुली गाउँपालिका झापाको दमक नगरपालिका र मोरङका ल

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २३९ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशका १४ मतदाता अनुपस्थित

    इटहरी । राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसद राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसका कारण उक्त पार्टीका सांसद सविना बजगाई, गोपाल विश्वकर्मा र निमसरी राजवंशी मतदानमा अनुस्थित हुनुभएको हो । तर, पार्टी निर्णय विपरीत प्रेमराज थाम्सुहाङले भने निर्वाचनमा मतदान गर्नुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राई र नेकपा एमालेकी सांसद यशोदा कायस्थ मतदानमा अनुपस्थित हुनुभयो ।कोशी प्रदेशमा ९२ जना प्रदे

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २६३ पटक पढिएको
  • बेलबारीस्थित वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा, साइबेरियन चरा र दुर्लभ कछुवाले थप आकर्षण

    इटहरी।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • १६९ पटक पढिएको
  • ओखलढुङ्गामा राजनीतिक दलबिच कडा चुनावी प्रतिस्पर्धा

    इटहरी । ओखलढुङ्गामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै जिल्लाको राजनीतिक माहोल तातिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा १६ जनाले उम्मेदवारी दर्ता गराएकोमा तोकिएको अवधिभित्र स्वतन्त्र उम्मेदवार सन्तबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि हाल १५ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवारी दर्तापछि दाबीविरोधको अवधिमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी न

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २१३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी ।  इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो । उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २९३ पटक पढिएको
  • डिभिजन वन कार्यालय भोजपुर द्धारा अवैध रूपमा काटिएका खयरको काठ बरामद

    इटहरी।  डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको रुख काटी काठ सङ्कलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो । बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको जनाउँदै उहाँले यसको अनुमानित मूल्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २२७ पटक पढिएको
  • मागअनुसार निर्वाचन प्रहरी नपुगेपछि जिल्ला प्रहरी कार्यालय इलामद्वारा पुनः दोस्रो चरणको भर्ना प्रक्रिया सुरु

    इटहरी। इलामका लागि माग भएको निर्वाचन प्रहरी सङ्ख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुनः दोस्रो पटक भर्ना खोलेको छ । जिल्लाका लागि आवश्यक एक हजार नौ सय १३ सङ्ख्या आवश्यक रहे पनि अहिलेसम्म एक हजार ६०९ जना लिखित र मौखिक परिक्षामा उत्र्तीण भएको कार्यालयले जनाएको छ । शारीरिक जाँचपश्चात् लिखित परीक्षामा १२ जना सहभागी नभएको र अझै आवश्यक सङ्ख्या नपुगेकाले भर्नाका लागि नयाँलाई पुन स् हिजो र आज दुई दिन समय थप गरिएको डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो ।  निर्वाचन प्रहरीमा आएकाहरुलाई आगामी माघ १५ देखि माघ २४ गते सम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • १७३ पटक पढिएको
  • ४७ औँ अन्तर्राष्ट्रिय आमन्त्रित हाङथुम कपको उपाधी डि वाई सी धनकुटालेलाई

    संखुवासभा | संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा भएको  ४७ औँ अन्तर्राष्ट्रिय आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता–२०८२ को उपाधी डि वाई सी  सांगुरिगढी, भेडेटार धनकुटाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेल  डि वाई सी  सांगुरिगढी, भेडेटार धनकुटा र भारतको दुधे फुटबल क्लब, दार्जिलिङ विच भएको थियो ।  डि वाई सी धनकुटाले, भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी संगै नगद रु. २,४२,२२२ ट्रफी मेडल प्रमाणपत्र  हात परेको हो । पहिलो हाफको १७ औँ मिनेटमा जर्सी नम्बर ९ का सन्दीप लिम्बुले गोल गर्दै खाता खोलेका थिए, पहिलो हाफ कै २७ औँ मिनेटमा जर्सी नम्

    • प्रकाशित मितिः माघ १०, २०८२
    • ५१९ पटक पढिएको
  • इटहरी विद्युतीय व्यवसायी सङ्घमा सिबु दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

    इटहरी । इटहरी विद्युतीय व्यवसायी सङ्घको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र रिजालको अध्यक्षता तथा महासङ्घका केन्द्रीय  अध्यक्ष दिलीप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा  भएको हो। अधिवेशनबाट सिबु दाहालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष दिपेन्द्र रिजाल,उपाध्यक्ष गङ्गा कार्की पौडेल,सचिव खगेन्द्र खतिवडा, कोषाध्यक्ष शितल धिताल, सदस्यहरू सुजन राजधानी, सुमन पराजुली, सबिता बस्नेत राई र हेमन्त पौडेल चयन हुनुभएको छ। विद्युतीय व्यवसायीहरूको हक–हितको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँ

    • प्रकाशित मितिः माघ १०, २०८२
    • ४११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]