All Posts By कोशी प्रेस

    Showing ३,१९१-३,२०० of १२,८१४ items.
  • भोलि धरानमा गायक भीषण मुकारुङको एकल साँझ हुने

    धरान ।  सुनसरीको धरानमा शनिबार साँझमा गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।यो कार्यक्रम गत भदौ २८ गते गर्ने भनिएको उक्त कार्यक्रम  जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन गराई संकलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।एकल साँझबाट उठ्ने रकम सुनसरी–भोजपुर सरोकार समाजले धरानमा निर्माण गर्न लागेको भवन निर्माण सहयोगमा प्रदान गरिने छ ।दुई दशकभन्दा लामो संगीत यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ४१२ पटक पढिएको
  • एल एण्ड सी मोडल एजेन्सीद्वारा ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ घोषणा ।

    इटहरी । फेसन, मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा कोशी प्रदेशमा लामो समयदेखि सक्रिय एल एण्ड सी मोडल एजेन्सी प्रा. लि. ले ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ आयोजना गर्ने घोषणा गरेको छ । एजेन्सीले ७ वर्ष देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिताको पहिलो सिजन सञ्चालन गर्न लागेको हो। विगतमा थुप्रै सफल कार्यक्रमहरू आयोजना गरी छुट्टै पहिचान बनाइसकेको एल एण्ड सी मोडल एजेन्सीले कोशी प्रदेशभरिका बाल प्रतिभालाई एउटै मञ्चमा ल्याई उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्य राखेको संस्थाका सिईओ दिपक गिरिले बताउनुभयो । यसअघि एजेन्सीले सुनस

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ६२७ पटक पढिएको
  • बेबी बम्प सार्वजनिक गर्दै जाङमुले दिइन् पति शेरधनलाई बधाई

    काठमाडौं । नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर छ । उनी चाँडै बाबु बन्दैछन् ।शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले आफू गर्भवती भएको घोषणा गरेकी हुन् ।उनले लेखेकी छन्, ‘आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ३०६ पटक पढिएको
  • जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर

    इटहरी। जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागेका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ । कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका छन् भने केही फरार रहेका छन् । फरार कैदीमध्ये केही आफैँ फर्किए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ४९४ कैदीबन्दीको खोजतलास भइरहेको झुम्का कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिनुभयो । अहिले फर्किएका र थपिएका गरी एक हजार ३७० कैदीबन्दी छन् । सुनसरीको झुम्का कारागारको बन्दी क्षमता १६०० जनाको छ । कारागामा १३७० जना रहेका छन् । यो पुरुष मात्रै राख्ने क्षेत्रीय कारागार हो । जे

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २३७ पटक पढिएको
  • धनकुटाको मूलघाटस्थित तमोर नदीमा ६० मिटर लामो अन्डरपास निर्माणाधीन

    इटहरी  । धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो । आयोजनाले करिब ६० मिटर लामो अन्डरपास बनाउने काम धमाधम गरिरहेको छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडकखण्ड अन्तर्गत मूलघाट दुई सय मिटर लामो पक्की पुल २०४० सालमा निर्माण गरिएको छ । तमोरमा भएको उक्त पुलको अधिकतम भारवहन क्षमता भने सत्तरी टन मात्रै रहेको छ । निर्माणाधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २५७ पटक पढिएको
  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    इटहरी।  जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर९५ का नवराज फुयाँलले बताउनुभयो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँ

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २२० पटक पढिएको
  • आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा अन्यौल

    इटहरी। धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ । कृषिज्ञान केन्द्र र स्थानीय तहबिच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो । गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ । सिंभूवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हाक्तिखर्कको तल्लो भ–भागमा आँप उत्पादनका लागि संभाव्य रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनुभयो । केन्द्रले मङ्सिर १० गते&nbs

    • प्रकाशित मितिः पुस ४, २०८२
    • १७३ पटक पढिएको
  • मोरङको सुनवर्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी। मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । गएराती भित्री सडक खण्डमा गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको ज्यान गएको हो । मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरिक्षक सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । घाइते दासलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको भएपनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ कै २७ वर्षीय अकलेशकुमार मण्डल पनि घाइते अवस्थामा रहेको बताइएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • १६२ पटक पढिएको
  • इटहरीमा हुने सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिदै

    इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीको जनता बहुमुखी क्याम्पसमा  पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। शैक्षिक सम्मेलनमा चार देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञद्दारा ११२ वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन संयोजक तथा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो । सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच

    • प्रकाशित मितिः पुस ३, २०८२
    • २८५ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरो झरेर पुरियो स्काभेटर

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो। विहीबार बिहान करिब ११ बजेको समयमा तेल्लोकदेखि फुन्द्रवासम्म जोड्ने सडक निर्माणका क्रममा फुन्द्रवा भीरमा माथिबाट पहिरो झरी स्काभेटर पुरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर चालक भने सकुशल रहनुभएको छ । सडक तीन दिन अघिदेखि निर्माण गर्न सुरु गरिएको उपाध्यक्ष माबोको भनाइ छ । करिब ढेड करोडको आयोजनामा बाटो निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ। 

    • प्रकाशित मितिः पुस ३, २०८२
    • २५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]