इटहरी। सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । वडाको छ लाख र प्रदेश सरकारको १० लाख गरी कुल १६ लाखमा यहाँ दुईतिरबाट बारा ९रेलिङ० सहितको पदमार्ग, धारा, शौचालय र वनभोज स्थल निर्माण गरिएको छ । यसवर्ष थप संरचना निर्माणका लागि वडाले एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमा
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा आइतबार प्रदेशस्तरीय हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । शनिबार मोरङको सुन्दरहरैंचाको विराटचोकमा पत्रकार सम्मेलनमा बोल्दै नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष खनालले कोशी प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको जीवनमा आत्मविश्वास, विचार व्यक्त गर्ने क्षमता, र नेतृत्व कौशलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि कार्यक्रम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
इटहरी । नेपाल तरुण दल पाँचथरले नेपाल–भारत सीमामा अवस्थित चिवा भञ्जाङमा नेपालको झण्डा प्रतिस्थापन गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि मध्यपहाडी लोकमार्गको भ्रमणका क्रममा झण्डा राख्नुभएको नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो । समयसँगै पुरानो र थोत्रो भएको झण्डालाई नयाँ झण्डासँग प्रतिस्थापन गरेका हो । राष्ट्रिय पहिचान र सीमाको सम्मानको दृष्टिले यो कदम आवश्यक रहेको थियो । चिवा भञ्जाङ मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु हो । यो लोकमार्ग चिवा भञ्जाङबाट सुरु भएर बैतडीको झुलाघाट सम्म पुग्छ। मध्यपहाडी लोकमार्ग नेपालको महत्वपूर्ण मार्गका रूपमा चिनिन्छ । भ्रम
इटहरी । इटहरी–२० स्थित पुर्वान्चल सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित पुर्वान्चल स्काउट ट्रुपको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ । पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कुल तथा पूर्वाञ्चल पाठशाला कलेजका प्रिन्सिपल एवं पुर्वान्चल स्काउट ट्रुपका अध्यक्ष श्री सेधन राईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहका विशिष्ट अतिथिहरूमा नेपाल स्काउट कोशी प्रदेशका तालिम आयुक्त सुशील राई, विद्यालय÷कलेज व्यवस्थापन समिति अध्यक्ष भोलाकाजी बस्नेत, विद्यालय÷कलेज सञ्चालक समिति अध्यक्ष दिनेश खड्का, इटहरी युथ ओपन क्र
इटहरी । नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) भोजपुरको १९ औं जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार हतुवागढी गाउँपालिका १ घोडेटार स्थित संस्थाको आफ्नै भवनमा संस्थाका सल्लाहकार समितिका संयोजक ईश्वरमान राईको प्रमुख आतित्यथामा सभाको उद्घाटन गरिएको हो । संस्थाले स्थापना कालदेखि नै क्यान्सर रोग रोकथाम र निदान दुबै प्रकारका जनचेतना अभिवृद्धी र निवारणका उपाय अवलम्वन सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जिल्ला सभापति ईश्वरबहादुर खड्काले जानकारी दिनुभयो । सभामा संस्थाका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्य सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न
इटहरी । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोड र आगजनी गरि क्षतिग्रस्त बनाइएका इलाका प्रहरी कार्यालय इटहरीको दर्जन बढी सवारी साधनहरूको उचित ब्यवस्थापन गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिका वडा नं ६ को पहल र इलाका प्रहरी कार्यालय इटहरी तथा यातायात व्यवसायीहरूको सक्रियतामा जलेर अलपत्र परेका दर्जन बढी सवारी साधनहरूको उचित व्यवस्थापन गरिएको हो । जलेर अलपत्र अवस्थामा सडक किनारामा रहेका सवारी साधनका कारण शहरको शौन्दर्यमा प्रभाव पर्नुका साथै ४ लेन सडक निमाणमा पनि बाधा पुगेकोले सबैको सल्लाह सहकार्यमा यसलाइ व्यवस्थापन गरिएको इटहरी उपमहानगरपालिका ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बता
इटहरी । मोरङको पथरी शनिश्चरे ०२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न उक्त महोत्सवमा कक्षा ४ देखि कक्षा ८ सम्मका सय भन्दा बढी विद्यार्थीहरूले विविध विषयवस्तुमा आधारित नाटकहरुको प्रस्तुति दिएका हुन् । विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनय कौशल विकास गर्ने उद्देश्यले आयोजित महोत्सव अत्यन्तै उत्साहजनक र रंगीन बनेको महोत्सव रङकर्मी तथा विद्यालय अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो । यस वर्षको नाट्य महोत्सवमा १५ वटा व्यक्तिगत विधा तथा २ वटा समुहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाह
इटहरी । धनकुटको महालक्ष्मी नगरपालिकामा पन्ध्र्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुइ दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिका वडा नं.–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्दा बढी स्थानियको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै स्वास्थ्य परिक्षण सँगै विरामीलाई आवश्यक औषिधि समेत निःशुल्क वितरण गरीएको थियो। शिविरमा हाडजोर्नि, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चि
इटहरी । धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ बजे प्रतिबन्धित औषधसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५, बस्ने बस्ने २० वर्षीय अनिष राई र २० वर्षीय युनिशा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी शरत कुरमार थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै, धनकुटा नगरपालिका–६, बस्ने १९ वर्षीय मौसम खड्गी, १८ वर्षीय सोनाम, १६ वर्षीय डम्बर राई, र मोरङको रतुवामाई नगरपालिका–६, बस्ने १९ वर्षीयसंजय मगरलाई अनुसन्धानका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसपार्क छेउमा
इटहरी । जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् । लिम्बू कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय भुक्तान गरिरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ वर्षीय लिम्बूलाई शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो । पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी कारबाही तथा बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.