All Posts By कोशी प्रेस

    Showing ३,२९१-३,३०० of १२,८१५ items.
  • जेनजी आन्दोलनमा सहिद बनेका स्व. श्रेयम चौलागाईको सम्झनामा बालबालिकालाई राहत तथा शैक्षिक सामग्री वितरण

    सुन्दरहरैंचा / बेलबारी नगरपालिका –९ स्थित दीप ज्योति आधारभूत विद्यालयमा राहत तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय जेनजी आन्दोलनमा सहिद बनेका स्व. श्रेयम चौलागाईको सम्झनामा आयोजित उक्त कार्यक्रमलाई उनका पिता गणेश प्रसाद चौलागाईले सम्भव बनाए।विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख  अतिथि पूर्व महासेनानी माधव सुन्दर खड्काले विद्यार्थीहरूको शिक्षामा अभिभावक तथा समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता अभियानले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।त्यसैगरी कार्यक्रम

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ३०३ पटक पढिएको
  • रेडक्रस इटहरी उपशाखाद्वारा सिर्जनशील बाल विकास केन्द्रका २६ नानीहरूलाई न्यानो कपडा वितरण

    इटहरी, पुस — नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले इटहरी–१६ स्थित सिर्जनशील बाल विकास केन्द्रका २६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ।इटहरी–१६का वडाध्यक्ष तेज चौधरीको प्रमुख आतिथ्य र इटहरी रेडक्रस उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल विकास केन्द्र सुधारका लागि थुप्रै आवश्यकताहरू रहेको कुरा प्राध्यापक/केन्द्रका प्रतिनिधिले जानकारी गराएका थिए।कार्यक्रमका क्रममा केन्द्रमा बस्नका लागि कुर्सीको अभाव रहेको जानकारी आएपछि इटहरी रेडक्रस उपशाखाले १० थान कुर्सी प्रदान गर्ने घोषणा गरेको हो।समुदायमै आधारित सामाजिक सेवामा अग्रणी इटहरी रेडक्रसले यस्ता सहयोगात्मक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २६९ पटक पढिएको
  • स्कुल बसको ठक्करबाट अटो चालकको मृत्यु, एक घाइते

    इटहरी । धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले  ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान करिब ९ः४० बजे मिलन चोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान ९ः५५ बजे उनको मृत्यु भएको

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २८० पटक पढिएको
  • सुनसरी–१ कांग्रेसको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा उम्मेदवार सिफारिस तथा संयोजन समिति गठन

    इटहरी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर  १ को बैठकले आकाँक्षी नेताहरुको नामलाई सिफारिस गर्ने निर्णय अनुसार केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा लगायतको नाम सिफारिस गरेको हो । काँग्रेस सुनसरी क्षेत्र नम्बर १ समितिको बैठकले आकांक्षी नेताहरुको नामलाई नेपाली वर्णानु क्रमका आधारमा क्रमवद्ध गरी सिफारिस गर्ने निर्णय अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा , महाधिवेशन

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २९० पटक पढिएको
  • पशुचौपायामा खोरेत नियन्त्रण , एक महिनामा ओखलढुङ्गामा ३१ हजारभन्दा बढीलाई खोप

    इटहरी। ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।  कात्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी धिरेन राईका अनुसार सिद्धिचरण नगरपालिकामा पाँच हजार ४११, चम्पादेवी गाउँपालिकामा दुई हजार ७०२, सुनकोशी गाउँपालिकामा तीन हजार ५३४, लिखु गाउँपालिकामा पाँच हजार ५९३, चिशंखुगढी गाउँपालिकामा पाँच हजार ८२९, मोलुङ गाउँपालिकामा चार हजार ७१६, मानेभञ्जाङ गाउँपालिकामा तीन हजार ४७४ र ख

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २४४ पटक पढिएको
  • ताप्लेजुङमा ६ सय केजी बढी अवैध माछा नष्ट

    इटहरी । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेकोभन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरी नष्ट गरिएको हो ।  गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रमोद प्रकाश पाठकका अनुसार करिब छ सय ३० किलोग्राम माछालाई गुल्मकै परिसरमा खाडलमा गाडेर नष्ट गरिएको छ । बिलमा पंगास प्रजातिको माछाको विवरण उल्लेख गरिएको तर रौँ, पोथ्री प्रजातिका भारतीय माछाहरू फेला पारिएकाले चेक पोष्ट बाटै बरामद गरि गुल्मको परिसरमा नष्ट गरिएको बताइएको छ । गत भदौमा समेत कागजात अर्थात बिल नै उल्लेख नभएको माछा जिल्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १६७ पटक पढिएको
  • विकट बस्तीका विपन्न परिवारका लागि सेनाको घुम्ती स्वास्थ्य सेवा अभियान प्रभावकारी रूपमा विस्तार

    इटहरी। कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ । विगतमा सैनिक अस्पतालले मुख्यतः नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा उहाँहरूको परिवारका सदस्यमामात्र सीमित रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि पछिल्लो समय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित साधारण जनताका लागि प्रभावकारी स्वास्थ्य सेवा अभियान नै सुरु गरेको हो । इटहरीस्थित सैनिक अस्पतालको कार्यक्षेत्र कोशी प्रदेशका १४ जिल्ला रहेकाले प्रदेशभर एउटै संरचनाबाट स

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २३१ पटक पढिएको
  • भवन अभावकै कारण कोशी प्रदेश सभा बैठक अनिश्चित

    इटहरी। गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोड भएपछि संरचना अभाव झेल्दै आएको विराटनगरस्थित कोशी प्रदेश सभालाई नियमित सञ्चालनयोग्य बनाउन पाँच करोड रुपियाँभन्दा बढी खर्च लाग्ने भएको छ । साबिकको स्थानबाट अन्यत्र स्थानान्तरण गरिएको प्रदेश सभा सचिवालयलाई सभा सञ्चालनका लागि सभा हल र संसदीय दलको कार्यालय अति आवश्यक भएको हो । ती संरचना बनाउन पाँच करोड ५० लाख रुपियाँभन्दा बढी खर्च हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट माग गरेको छ । संसदीय समितिहरूको बैठक कक्ष निर्माणमा दुई करोड ८५ लाख ६४ हजार रुपियाँ र मुख्य सभा हल निर्माण तथा मर्मतका लागि दुई करोड १३ लाख रुपियाँक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २६९ पटक पढिएको
  • उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    इटहरी। चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १९१ पटक पढिएको
  • मोरङका ६ क्षेत्रमा कांग्रेसबाट प्रतिनिधि सभाका लागि धमाधम उम्मेदवार सिफारिस

    इटहरी। नेपाली कांग्रेसले मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ । नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शङ्कर राईका अनुसार मोरङ–१ बाट प्रत्यक्षतर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति  डिगबहादुर लिम्बू, कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्गबहादुर फागो र पूर्व महासमिति सदस्य दिव्या बस्नेतको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका ल

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ३३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]