इटहरी। उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यो समस्या समाधानमा जोड दिनुभएको हो । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यावहारिक सीपको महत्व बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले खोजेअनुसारको जनशक्ति नपाउनु ठलो चुनौती रहेको बताउनुभयो । उहाँले धेरै जनशक्तिसँग व्यावहारिक सीप भए पनि औपचारिक प्रमाणपत्र नहुँदा समस्या भइरहेको
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । आज गाइघाट युनाईटेड फुटबल क्लब र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले १ गोल गरे । यो गोलले नै गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गरा
इटहरी। झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ । बिहीवार राति ८ः ३५ बजेको समयमा साहुको २ तले घरको तल्लो तलामा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगालागी भएको थियो । २ वटा सर्टर जलेर पूर्णतः ध्वस्त भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागी इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपलिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल स्थानीयवासी लगायातको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट पसलभित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट लगायातको सामग्रीहरु जलेर करिब ९० लाख बराबरको
इटहरी। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रि
इटहरी। विद्यालयका प्रधानाध्यापक र अभिभावकहरु अहिले विद्यालय सञ्चालनको लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् । गाउँमा सामुदायिक विद्यालय जोगाउन आवास सुरु गरेका खोटाङको रावाबेँसी गाउँपालिका–१, कुभिण्डे दम्कुका स्थानीयले विद्यार्थीको खाना र खाजाका लागि मानो पाथी अन्न सङ्कलन अभियान चलाएका हुन् । दम्कुमा २०३६ सालमा स्थापना भएको कालिका आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यालय हट्न सक्ने भन्दै स्थानीय चिन्तित भए । शिक्षक, अभिभावक सबैको सल्लाह अनुसार उनीहरूले विद्यालयलाई आवसीय बनाए । कक्षा ७ सम्म पठनपाठन भइरहेको कालिका आविमा यहि वर्षबाट कक्षा ८ पनि थप गरिएको
इटहरी । सुनसरीको हरिनगर गाउँपालिका ३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको शिविरमा दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्लोबल कार्डियो हस्पिटल भोक्राहा नरसिंहको आयोजना तथा स्वास्थ्य चौकी गौतमपुरको समन्वयनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, इसिजी,एक्सरे सेवा, हाडजोर्नी तथा नासा, आँखा परीक्षण, न्युरो, मानसिक समस्या भएकालाई मनोपरामर्श र विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधी वितरण सेवा समेत प्रदान गरिएको जनाएको छ । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य से
इटहरी। धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा मंसिर २४ गतेदेखि प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ। किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसरमा सहिदभूमि(२ को खाल्साथुुम छिन्ताङ्ग युवा क्लबद्वारा उक्त भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो । सहिदभूमि(२ को ढोलमुखा टोलमा संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल,प्रमाणपत्र र उप(विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्सा
इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी एज्ड केयर तालिम तथा अनुसन्धान केन्द्रले इटहरी–२ स्थित माया घरमा आश्रित १४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। माया घरमा आश्रित १४० जनाको निःशुल्क मधुमेह र रक्तचाप जाँच गरिएको सिटी एज्ड केयर इटहरीका संचालक गोपाल उप्रेतीले जानकारी दिए। संचालक उप्रेतीका अनुसार माया घरमा आश्रित बच्चा देखि वृद्धा रहेकाले फिल्ड परीक्षणका गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको बताए। सिटी एज्ड केयरकी प्रशिक्षक भावना निरौलाले माया घरमा स्वास्थ्य परीक्षण गर्दै बाड्न र माया लिन आएको बताईन्। संचालक उप्रेतीले माया घर स्थापना संगै चुनौतीको सामना गर्दै यहाँसम्म ल्याउनु सजिलो कु
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख संकलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो । ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए
इटहरी : आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.