इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहना अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कभर्ड हलको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनबिच जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरू दृढताका साथ जनभावना र चाहनालाई सम्बोधन गर्ने गरी विकासनिर्माणका काममा लागिपरेको बताउनुभयो । थोरै बजेटले धेरै काम गर्ने बाध्यताले कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबका दि
✍️विश्व प्रकाश शर्मानेपाली कांग्रेस युवा नेता(झापा) नेपाली कांग्रेस आगामी महाधिवेशनको तयारीतर्फ अघि बढिरहेका बेला पार्टीभित्र असन्तुष्टिको स्वर अभूतपूर्व रूपमा उठ्न थालेको छ। लगातार तीनपटकभन्दा धेरै महाधिवेशन वा क्षेत्रीय प्रतिनिधित्व सम्हालेका नेताहरूलाई यसपटक अघि सर्नुभन्दा, अब अभिभावकको भूमिकामा बसेर नयाँ पुस्तालाई मार्ग खोलिदिनुपर्ने माग तीव्र रूपमा सतहमा आउन थालेको छ।जिल्लादेखि वडासम्मका कार्यकर्ताहरूले यही कुरा जोडका साथ भनिरहेका छन्—अब कांग्रेसको भित्री राजनीति परिवर्तन नहुने हो भने पुरानै अनुहारहरूको पुनरावृत्ति सह्य हुने छैन। यही कारण पछिल्ला केही दिनयता कार्यकर्ताहरूको एक स्वरमा
भोजपुर | भोजपुरको अरूण गाँउपालिकामा रहृको श्री शारदा माध्यमिक विद्यालयको ७४औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मङ्सिर १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमसहित भव्यरूपमा सम्पन्न भएको छ । वार्षिकोउत्सवको अवसरमा विद्यालयले सांस्कृतिक नृत्य, खेलकुद (हाइ जम्प, लङ्ग जम्प, रनिङ, छेलो) लगायतका प्रतियोगिताहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रम सँगै वडा नं. ३ भित्रका प्रावि तह (कक्षा १ देखि ५) का विद्यालयबीच हाजिरी-जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।मूल समारोहको प्रमुख अतिथि अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्री रहेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्की, गाउँपालिका
इटहरी । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभियान सुरु गरिएको हो । कला, साहित्य र संस्कृति क्षेत्रमा काम गरिरहेको बेलबारी क्षेत्रका दर्जन बढी सङ्घ, संस्थाहरू आवश्यक कोषको अभावमा स्थापना हुँदै दुई–चार वर्षपछि बन्द हुन थालेपछि अक्षयकोषको अभियान सुरु गरेको कोसी साहित्य–कल
इटहरी । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ । मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीस
इटहरी । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो । दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ। केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भए
इटहरी । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्धा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो । सदरमुकाम इनरुवादेखी सीमावर्ती कप्तानगञ्जसम्मको करिव २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलिपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सर्घष समिति गठन भेला सहित आन्दोलन सुरु गरेको हो । पूर्व संघीय प्रतिनिधि सभा सदस्य असोक चौधरी सहित स्थानीय तहका
इटहरी । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ । अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र ९हाल नेकपा०का सांसद अमनलाल मोदीका स्
इटहरी । सुनसरीको रामधुनीबाट विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा गएको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा तेह्रथुम पुगेर सुनसरीतर्फ फर्किदैँ गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आफैं अनियन्त्रित भएर आइतवार दिउँसो ४ः२५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बस सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले भ्रमणमा लगेको हो । बसमा चालकसमेत गरेर अन्दाजी ४१ जना रहेको जनाइएको छ । सडकबाट तल खसेको बसमा सवार व्यक्तिहरू घाइते भएपनि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा परेर घाइते भएकालाई
इटहरी । मोरङको जिल्ला कारागारमा अर्का थुनुवाको मृत्यु भएको छ। लागूऔषध मुद्दामा थुनामा रहेका उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न कठिन भएको उनीलाई मंसिर ७ गते आईसीयूमा भर्ना गरिएको थियो। साउन ३० देखि पुर्पक्षका लागि कारागारमा राखिएका दर्जीको मुद्दा अझै विचाराधीन थियो। यससँगै वैशाखयता मोरङ कारागारमा मृत्यु हुने कैदी–थुनुवाको संख्या १४ पुगेको छ। दुई दिनअघिमात्रै तेजबहादुर राई र हर्कजंग लिम्बूको पनि उपचारका क्रममा मृत्यु भएको थियो। कारागारमा कैदी–थुनुवामध्ये शरीर सुन्निने, सास फेर्न गाह्रो हुने र छाती दुख्न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.