इटहरी | लायन्स क्लबले इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति निर्माण गरिएको चिल्ड्रेन पार्कको विहीबार उद्घाटन गरिएको छ । विद्यालयका साना विद्यार्थीका निम्ति १५ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको उद्घाटन लायन्स क्लब डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गर्भनर बबरजंग थापाले गर्नु भएको हो । लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनद्दारा निर्मित चिल्ड्रेन पार्क निर्माणमा ११५ जना दाताले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । सोही चिल्ड्रेन पार्क उद्घाटनका क्रममा लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अ
दमक। रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटीको एघारौँ पूर्ण बैठक कमिटीका अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा आज दमकस्थित नेकपा (एमाले) नगर पार्टी कार्यालयमा सम्पन्न भयो।बैठकको सुरुमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सहसचिव केशव मगर र मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्नो जिल्लाको प्रतिवेदन पेश गरेका थिए।उक्त बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभएको थियो। साथै विशिष्ट अतिथिका रुपमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा संगठन इञ्चार्ज सुमन नेमाङ, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचि
इटहरी । कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको संशोधनका केही प्रावधान व्यावहारिक नभएको भन्दै यसको खारेजीको मागसहित आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले संशोधनले उनीहरूको पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न गर्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरूले सो प्रावधान खारेजीको मागसहित औषधि व्यवस्थापन विभाग विराटनगर कार्यालयमा आज धर्ना दिएका छन् । सङ्घले सरकारलाई दिएको म्याद पूरा हुँदासमेत आफ्ना माग सुनुवाइ नभएकाले चरणबद्ध सडक सङ्घर्ष र व्यवसाय बन्दसम्मका कार्यक्रम बुधबार सार्वजनिक गरेको थियो । राज्यले नीति नियमन गर्ने भन्दा पनि
इटहरी । झापाको कन्काई पुलको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले सूचना निकालेर ठेक्का सम्झौता अन्त्य भएको जानकारी गराएको हो । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने झन्डै ७ सय २५ मिटर लामो कन्काई पुल बनाउन १४ वर्ष अघि खरिद सम्झौता भएको थियो । यो पुल बनाउन पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०६८ साल जेठ २९ गते भएको सम्झौता अनुसार २०७२ सालको जेठ २९ गते काम सकिसक्नुपर्ने थियो । तर पूर्व सांसद समेत रहेका हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले अन्य विभिन्न आयो
इटहरी। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ । बिहीबार विराटनगरमा आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैङ्कको ८ औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो । देशभरका कृषि विकास बैङ्कका शाखाका प्रतिनिधि सहभागी भएको कार्यक्रममा नेता गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताउनुभयो । उहाँले कर्मचारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकार तयार हुनुपर्नेमा जोड दिँदै कृषि विकास बैंकले किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्षता ने
इटहरी । सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा गाउँबाट बिक्रीका लागि ल्याइएको तरकारी र दालको मूल्य पनि किन्न नसकिने रहेको उपभोक्ता बताउँछन् । अहिले बजारमा गाउँबाट ल्याइने मासको पहेंलो दाल प्रतिकिलो ३८० रुपियाँ रहेको छ । कालो दाल प्रतिकिलो ३५० रुपियाँका दरले खरिद बिक्री भइरहेको छ । यस्तै तरुलजन्य तरकारीको मूल्य उत्तिकै बढी रहेको छ । पिंडालुको मूल्य प्रतिकिलो एक सय ५० रुपियाँ, इस्कुसको जरा प्रतिकिलो एकसय ८० देखि दु
इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकस्थित म्याट्रिक्स पार्कमा फलामे गेटले किच्दा एक वृद्धको मृत्यु भएको छ। बुधबार राति करिब ११ बजे पार्कको गेट खोल्ने क्रममा अन्दाजी ७४–७५ वर्षका कालुराम कार्की गेटको बीचमा परेर ज्यान गुमाएका प्रहरीले जनाएको छ। इटहरी प्रहरीले राति ११ः१० बजे घटनाबारे जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो। बिगत १० वर्षदेखि काम गर्दै आएका कार्कीले उक्त फलामको गेट स्लाइड गर्ने क्रममा गेट लिकबाट बाहिर निस्किएर पल्टिएको थियो । गेट पल्टिएपछि कार्कीलाई किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक तोरण परियारले बताए। मृतक कार्कीको शव पोष्
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो । शोभाकलीलाई सिँगारेर पूजारीले दियो, कलशसहित पूजाकर्म गरी मिष्ठान्न भोजन गराइएको थियो । नवजात छावाको नाम भूपेन्द्रगज राखिएको छ । ६१ वर्षीय शोभाकलीले जन्माएको सन्तानको भूपेन्द्रगज नामकरण गरिएपछि वरिष्ठ संरक्षण अधिकृ
इटहरी । आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो । सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो औद्योगिक प्रतिष्ठान मानिएको उदयपुर सिमेन्ट उद्योगलाई २०८२ वैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । त्यसयता पूर्णतः बन्द रहेको उद्योग मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याएको उद्योगका महाप्रबन्धक कोविद काफ्लेले बताउनुभयो । उद्योग बन्द हुँदा आठ महिनादेखि उद्योगले कर्मचारीको तलब सुविधासमेत उपलब्ध गराउन सकेको छैन । तलब सुविधा नपाए पनि त्य
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताउनुभयो । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.