इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो । शोभाकलीलाई सिँगारेर पूजारीले दियो, कलशसहित पूजाकर्म गरी मिष्ठान्न भोजन गराइएको थियो । नवजात छावाको नाम भूपेन्द्रगज राखिएको छ । ६१ वर्षीय शोभाकलीले जन्माएको सन्तानको भूपेन्द्रगज नामकरण गरिएपछि वरिष्ठ संरक्षण अधिकृ
इटहरी । आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो । सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो औद्योगिक प्रतिष्ठान मानिएको उदयपुर सिमेन्ट उद्योगलाई २०८२ वैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । त्यसयता पूर्णतः बन्द रहेको उद्योग मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याएको उद्योगका महाप्रबन्धक कोविद काफ्लेले बताउनुभयो । उद्योग बन्द हुँदा आठ महिनादेखि उद्योगले कर्मचारीको तलब सुविधासमेत उपलब्ध गराउन सकेको छैन । तलब सुविधा नपाए पनि त्य
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताउनुभयो । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बता
इटहरी । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो । गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् । गाउँपालिकाले
दमक । रिटर्नी फेडरेसन नेपाल कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक आज नेकपा एमाले दमक नगर पार्टी कार्यालयमा अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा सम्पन्न भयो।बैठकको प्रारम्भमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सह–सचिव केशव मगर तथा मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्ना–आफ्ना जिल्ला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नेताहरू— नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेमाङ, रिटर्नी फेडरेसन नेपाल
इटहरी | जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्न व्यक्तिहरूको पहिचानलाई तीव्र बनाएको छ।तोडफोड तथा आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेसिङ तथा सोसल–मिडिया एक्टिभिटी म्यापिङ जस्ता आधुनिक प्रविधि प्रयोग गर्न थालेको छ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा ठूलो मात्रामा भएको क्षतिपछि ‘डाटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो। बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्
सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो। जुनियर समूहमा १३, र
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त ९अपाङ्ग०, एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्ब
काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे(नजी युवाहरूलाई कुटपिट गरेका छन्। धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन(जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् । बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन(जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढी उपमहानगरपालिका(४ की जेन(जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सा
इटहरी | नेपालमा बोलीचालीमा लेप्चा भनिए पनि सही उच्चारण लाप्चा हो। लोपोन्मुख जातिहरूको सूचीमा परेका लाप्चा समुदायका व्यक्तिहरूको संख्या २०७८ को जनगणनाअनुसार जम्मा ३ हजार ५७८ मात्र छ। यति थोरै जनसंख्या भए पनि समुदायभित्र ३७ वटा भिन्न जाति–उपसमुदाय रहेको तथ्य आफैँमा निकै रोचक छ।यस्तै दुर्लभ तथ्य र लाप्चा समुदायसम्बन्धी विस्तृत जानकारी समेटिएको पुस्तक ‘द लाप्चा (The Disappearing People of East Nepal)’ हालै सार्वजनिक भएको छ। पुस्तकका लेखक इटहरीका समाजशास्त्र तथा मानवशास्त्रका उपप्राध्यापक अर्जुन उप्रेती हुन्। उनले पुस्तक तयार पार्न चार वर्षभन्दा बढी समय खर्चेका हुन्। यसअघि उप्रेतीले जसकुमार राईसँग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.