इटहरी । मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला प्रहरीका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीले बुधबार हेली एभरेष्टको सहयोगमा बेस क्याम्प नजिकैबाट कार्कीको शव उद्धार गरेको थियो । प्रारम्भिक अनुमान अनुसार कार्कीलाई लेक लागेर स्वास्थ्य जटिलता उत्पन्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्धारपछि कार्कीको शव पोष्ट
इटहरी । कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगर महानगरपालिकाका तारानाथ निरौला नियुक्त हुनुभएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका उपाध्यक्ष डा। राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै बुधबार बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र खाद्य प्रविधिमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका निरौलाले स्थानीय तहको योजना तर्जुमा, क्षमता विकास र मापदण्ड निर्धारणमा प्रदेश तथा सङ
इटहरी । आगामी नयाँ वर्ष २०८३ साल वैैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास गरिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम सम्पन्न पुस मसान्तसम्ममा नै सम्पन्न गर्नुपर्ने भए पनि वैशाखअगावै सम्पन्न हुन सक्ने स्थिति देखिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उहाँले उपकरण जडान गरिसक्दा आर्किटेक्टतर्फका कामसमेत सकिने बताउनुभयो । टर्मिनल भवन निर्माण सम्झौता २०७९ मङ्सिरमा केसी÷डाँफे जेभीसँग भएको थियो । यसको शिलान्यास २०७९ फागुन १ गते भएको
इटहरी । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो । चासोक तङ्नाम मूल सञ्चालक समितिको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिमसहित जम्मा १५ वटा टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलन मार्फत समितका अध्यक्ष विशाल लङ्वा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क पाँच हजार पाँच सय ५५ रुपियाँ रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपराह्न ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संय
इटहरी। सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। बुधबार बिहानको समयमा रामधुनी नगरपालिका–४ स्थित नुहाउने क्रममा खोलामा डुबेर मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको हो। रामधुनी मन्दिरमा बाला चतुर्दशीको अवसरमा लागेकोमा मेलामा स्थानीय सुनसरी खोलामा नुहाउने क्रममा भट्टराईको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो।
काठमाण्डौ । बारामा रहेको सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रजिअ मिश्रले जारी गर्नुभएको सूचना अनुसार गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी भएको छ । दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको छ । एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएक
दुहबी / दुहबी नगरपालीका वडा नम्बर ६ मा सन्चालित एसियन र युनाइटेड छाला उध्योग मा आज अनुगमन गरिएको छ्। जिल्ला प्रशासन कार्यलय इनरुवा का साहायक सिडियो लोकनाथ श्रेष्ठ, दुहबी नगर प्रमुख वेद नारायण गच्छादार, उपमेयर मेनुका खतीवडा, वडा अध्यक्ष घन्श्याम हलुवाइ, मुस्तकिम रैन, प्रदेश सरकार बन तथा बातावरण मन्त्रालयका कृष बस्नेत, घरेलु तथा साना उद्योगका राजन पाण्डे, इलाका प्रहरी दुहबी, शसस्त्र प्रहरी दुहबीका प्रमुख, एसियन र युनाइटेड छाला उद्योगका संचालक र आन्दोलित समुह
इटहरी । विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधि पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर संजीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत छ । ‘सिभिल वर्क सकिएको छ’ इन्जिनियर खड्काले भन्नुभयो, अब मेकानिकलतर्फका कामहरु बाँकी छन् । विमानस्थलसँग सम्बन्धित उपकरणहरु कतिपय आइसकेका र कतिपय आउने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिनुभयो । उहाँले उपकरणहरुको स्टल गरिसक्दा आर्किटेक्टतर्फका कामहरु समेत सकिने बताउनुभयो । इन्जिनियर खड्काले सम्झौता अनु
इटहरी । इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ। घटनाको परिस्थितिले शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्किएकी उनी घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए। खोजीका क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान फेला परेका थिए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा पर
इटहरी। ताप्लेजुङमा एक युवा समाजसेवीले विद्यार्थीलाई न्यानो कपडा ९स्विटर० र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । जिल्लास्थित नियान्स कन्स्ट्रक्सन प्रालिका सञ्चालक निसान लिम्बू ९कुमार० ले आइतबार विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । युवा समाजसेवी तथा व्यवसायी लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३, तिरिङ्गेस्थित अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीलाई न्यानो स्विटर र शैक्षिक सामग्री वितरण गरेको लिम्बूले बताउनुभयो । उहाँकाअनुसार विद्यार्थीलाई एक–एक वटा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.