इटहरी । सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेकाहुन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वाद्मा सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा खिचातानी हुनेगरेको बताइन् । सकिए देशभरी नसकिए जिल्ला वा नगरमै भएपनि शुल्कमा समानता कायम गर्न जिफन्टको सहयोग हुनुपर्ने बत
इटहरी । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आफ्नै घरमै बसेर पनि आवास सुविधा लिएको भनेर सर्वत्र आलोचना भएको छ । विभिन्न समाचार माध्यमहरूमा पनि आफ्नै घर बसेर आवाज सुविधा लिएको समाचार प्रकाशित भएपछि मन्त्री भण्डारीले भाडावापत पैसा नलिएको जिकिर गरेका छन् । उनले कानुनले आवासवापत दिएको सुविधा प्रयोग गरेको बताउँदै गैर कानूनी आर्थिक लाभ नलिएको विज्ञप्तीमार्फत् स्पष्ट पारेका छन् ।उनले आफनै घरमा बसेर घरभाडा लिएको भन्ने कुरा भ्रामक रहेको बताउँदै उनले मुख्यमन्त्री र मन्त्रीहरुको पारीश्रमिक तथा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ४ को उपदफा ३ अनुसार नै सुविधा लिएको
सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न क्षेत्रमा भव्य सहभागीता सहित जनजागरण र्याली र कोणसभाको तयारी पूरा गरेको जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार यस पटकको र्यालीमा ३ हजारभन्दा बढी मोटरसाइकल सहभागी हुने अनुमान गरिएको छ। स्थानीय तहदेखि जनस्तरसम्म व्यापक रूपमा सहभागिता सुनिश्चित गर्न सबै पक्षले सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।एमाले सुनसरीले युवादेखि व्यापारी, स्थानीय प्रतिनिधि तथा तल्लो तहका संरचनालाई समेत समन्वय गर्दै र्यालीलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ। जिल्लाका विभिन्न भागमा मोटरसाइकल र्यालीका लागि टोलीहरू गठन गरिएका छन्
इटहरी। सहिदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा र कात्तिक ३० तथा मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वडाङ्मीको अवसरमा बिदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैंक तथा सङ्घ–संस्थालाई जानकारी गराइएको छ । २०३६ सालमा कात्तिक २२ देखि २९ गते भएको हत्याकाण्डमा १६ स्थानीयले सहादत प्राप्त गरेका थिए । सरकारले २०७४ साल
इटहरी। जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवालले जानकारी दिनुभएको छ । एसपी कटुवालका अनुसार पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।&
इटहरी । सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखि सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौ सयदेखि १२ सयको सङ्ख्यामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यका लागि आउने गरेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिनुभयो । उहाँका अनुसार गत असोज १० देखि कात्तिक ३० गतेसम्मका लागि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएकाले पछिल्लो समय फोटो खिचाउन आउनेहरुको भीड अत्यधिक बढेको छ । सुरुमा कमै सेवाग्राही आउने गरेकोमा एउटा काउण्टरबाट फोटो खिच्दै आएकोमा अहिले पाँच वटा काउण्टरबाट फो
इटहरी । धनकुटामा ऐतिहासिक तथा पुरातात्विक संरचनाका रूपमा रहेको टक्सारको संरक्षण थालिएको छ । पुरात्व विभागले आर्थिक वर्ष २०८२÷८३ को धनकुटामा रहेको टक्सारका लागि विनियोजन गरेको बजेटबाट संरक्षण कार्य थालेको हो । यस व्रmममा पुरातत्व विभागले चालु आवको कार्यव्रmममा पुराताìिवक संरक्षण आयोजनामा समावेश भएका कार्यव्रmमको पुरातात्विक लगत फर्म र लगत इस्टिमेट तयारीका लागि धनकुटास्थित भीमदल गणपरिसरमा रहेको ९पानढिकी० टक्सार घर बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ । विभागका पुरातìव अधिकृत एवं विभागका विश्व सम्पदा शाखा प्रमुख सन्दीप खनालको नेतृत्वमा रहेको विज्ञ तथा प्राविधिकसहितको टोलीले टक्सारको अ
इटहरी । जेनजी आन्दोलनका व्रmममा भदौ २४ गते विराटनगर महानगरपालिका र मातहतका वडा कार्यालयसमेतमा गरी झन्डै एक अर्ब रुपियाँ बराबरको क्षति भएको छ । विराटनगर महानगरपालिकाले क्षतिको विवरण सार्वजनिक गर्दै भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा गरी एक अर्ब रुपियाँ बराबरको क्षति भएको जनाएको हो । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपियाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो । त्यस्तै जिन्सी सामग्रीतर्फ एक्साभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री आदिमा ७
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो । प्रतियोगिता तथा मेला आगामी मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेलासहित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । यो सँगै खेलकुदको माध्यमबाट ताप्ले
इटहरी। थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र बहौरिया ९बेहुली० को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ। चलचित्रको निर्देशन निर्देशक परशुराम चौधरीले गरिरहनुभएको छ । फिल्मको कथा पनि उहाँ र रेणु चौधरीको रहेको छ । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरीले संयुक्त रूपमा निर्माण गरिरहनुभएको छ । अवको चलचित्र ऐतिहासिक चलचित्र बनाउन नसके दर्शकको मन जित्न नसकिने निर्माताको भनाइ छ । थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया’ थारु समाजको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.