All Posts By कोशी प्रेस

    Showing ३,८११-३,८२० of १२,८६८ items.
  • मोन्था चक्रवातको प्रभावका कारण मध्य पहाडी र तमोर करिडोर अवरुद्ध

    इटहरी । न्यूनचापीय प्रणाली मोन्था चक्रवातको  प्रभावका कारण भइरहेको वर्षाले पहाडी जिल्ला पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन्। मध्य पहाडी, मेची र तमोर करिडोरसँगै फिदिम फालौट सडकखण्ड बाढी र पहिरोका कारण ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य पहाडी राजमार्गको याङ्वरक–३, फिदिम फालौटखण्डको फिदिम–११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलाखण्ड  शुक्रबार बिहानैदेखि अवरुद्ध भएका हुन्। 

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४०९ पटक पढिएको
  • विद्युत् कटौतीले उद्योग र रोजगारी प्रभावित, मुख्यमन्त्री कार्कीद्वारा छिटो समाधानको आग्रह

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथा सक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो । यसै गरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानी

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३२३ पटक पढिएको
  • अवरुद्ध मेची राजमार्ग अस्थायी रूपमा सुचारु

    इटहरी ।  हिजो बिहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजेसम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो । पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुूचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज बिहानैदेखि सडक खुलाउने प्रयास

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३९९ पटक पढिएको
  • कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्र, कुपोषित बालबालिकाका लागि नयाँ आशा

    इटहरी ।  कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।  दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कु

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३४० पटक पढिएको
  • बर्सातले धान खेतमै कुहिन थालेपछि किसान संकटमा

    इटहरी । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्याएको पौवादुङ(२ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उहाँको भनाइ छ । ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ । किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताउनुभयो

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • २६७ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

    इटहरी ।  मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ ।  मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उहाँका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३१० पटक पढिएको
  • झापा महिला गोल्डकप–२०८२ सोमबारदेखि सुरु

    इटहरी ।   ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४९७ पटक पढिएको
  • अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध

    इटहरी । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् । वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले खोलामा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३०३ पटक पढिएको
  • फिदिममा आयोजित आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकालाई

    इटहरी ।  फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो । विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४१८ पटक पढिएको
  • धनकुटाको दुई सडक खण्ड अवरुद्ध

     इटहरी । बिहीबारबाट सुरु भएको वर्षाका कारण धनकुटाका  दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर,  भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् ।  तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]