All Posts By कोशी प्रेस

    Showing ४,१२१-४,१३० of १२,८९४ items.
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नुभएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नुभएको हो । बिहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बूले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो । मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २२८ पटक पढिएको
  • एक सयभन्दा बढी प्रहरीको निःशुल्क आँखा परीक्षण

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ डा। रामप्रसाद आँखा अस्पताल धनकुटाको आयोजनामा आँखा जाँच कार्यक्रममा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी पोष्टमा कार्यरत करिब एक सयभन्दा बढीको निशुल्क जाँच गरी चस्मा समेत वितरण गरिएको थियो । दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको डा।रामप्रसाद पोख्रेल अस्पतालका केन्द्रीय

    • प्रकाशित मितिः असोज २३, २०८२
    • १७० पटक पढिएको
  • सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने

    सुनसरी | केही समयदेखि बन्द रहेका अदालतका नियमित काम–कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते (आईतबार) देखि पुनः सुरु हुने भएका छन्। मिति २०८२/५/२४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर (server) समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल (manual) प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो। अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २७३ पटक पढिएको
  • आर्थिक अभावमा बच्चाको मृत्यु, समाजसेवी दिनेश श्रेष्ठ ले गरे दह स्स्कारको लागि घरसम्म पुर्याई सहयोग

    रामधुनी– सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ६ मैनि मा  एक अत्यन्तै दुखद र मार्मिक घटना घटेको छ। आर्थिक अभावको कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेको एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले ठूलो सहयोग गर्नुभएको छ।निरज रिसिदेब र उनकी श्रीमती मन्जल रिसिदेबको कोखबाट जन्मिएको नवजात बच्चाको बिराटनगर स्थित बिराट नरसिंह होस्पिटलमा उपचारक्रममै मृत्यु भएको थियो। बच्चाको जन्म र उपचारको क्रममा नै परिवारको आर्थिक स्थिति नाजुक भएपछि मृतक शिशुलाई घर ल्याउन असमर्थ थिए।यस्तो विषम परिस्थितिमा समाजसेवी दिनेश श्रेष्ठले रिसिदेब परिवारलाई सहयोग गर्ने ठूलो पहल गर्नुभयो। उनको पहलमा न

    • प्रकाशित मितिः असोज २३, २०८२
    • १,०७२ पटक पढिएको
  • खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

    इटहरी । संघीय सरकारको निर्देशनअनुसार खाँदबारी नगरपालिकाले करार र दैनिक ज्यालादारी सेवामा कार्यरत २९ जना कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ।नगरपालिकाले २०८२ कात्तिक १ गतेदेखि लागू हुने गरी सो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ। नगरपालिकाको कार्यालयबाट बुधबार जारी सूचनामा भनिएको छ,‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भन्ने मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा निर्णय गरिएको हो। कार्यालयअन्तर्गत स्वीकृत दरबन्दी बाहेकका १

    • प्रकाशित मितिः असोज २२, २०८२
    • ३९१ पटक पढिएको
  • इलामको माईखोलामा हेल्थ डेक्स स्थापना

    इटहरी। मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूका लागि हेल्थ डेक्स स्थापना गरिएको छ । झापाबाट इलाम हुँदै पाँचथर ताप्लेजुङसम्म आउ–जाउ गर्ने यात्रुहरूका लागि हेल्थ डेक्स राखिएको हो । माईखोलादेखि माथि करिब एक किलोमिटर पैदल यात्रा गर्दा मात्र यात्रुुहरूले सवारी साधन भेट्ने अवस्था छ । यस्तै झापातर्फ हिँडेका यात्रुुले पनि सोही बाटो र दूरी पार गरेर माईखोला राजदुवालीबाट झापातर्फको यात्रा तय गरिरहेका छन् । बिचमा पैदल हिँडिरहेका यात्रुहरूलाई स्वास्थ्य समस्या हुनसक्छ भनेर इलाम नगरपालिकाले हेल्थ डेक्स राखेको नगर प्रमुख केदार थापाले बताउनुभयो । डेक्समा रक्तचाप जाँच,

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २५७ पटक पढिएको
  • मेची राजमार्गको माइखोलामा सडक खोल्न सुरु

    इटहरी। गएको असोज १८ गते रातीको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुरु गरेको छ । डिभिजन कार्यालयका प्रमुखसहित इन्जिनियरहरुको टोली अहिले माइखोलामै छन् । माथिबाट पुनः पहिरो खस्छ कि भन्ने त्रासका बीच पनि कार्यालयले स्काभेटर सञ्चालन गरेको छ । राजमार्गको राजदुवालीस्थित माइखोलामाथि पहिरो खरेपछि यो क्षेत्रमा भने यात्रुुहरु पैदल नै हिंडिरहेका छन् । इलाम सदरमुकामतर्फ आउने यात्रुुहरु माइखोलादेखि पहिरो खसेको क्षेत्रलाई पैदल पार गरेर पहिरोभन्दा माथिको भागबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् । यस्तै इलाम सदर

    • प्रकाशित मितिः असोज २२, २०८२
    • ३२२ पटक पढिएको
  • बाढी पहिरोमा परेकाहरूको घर प्रदेश सरकारले बनाइदिने

    इटहरी। कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्काल बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद बैठकले निर्णय गरेको छ। त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सात वटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नका लागि सङ्घीय सरकारलाई स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २६२ पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोग्दै गरेका फरार कैदी मृत भेटिए

    इटहरी । २४ भदौमा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उदयपुरको त्रियुगा नगरपालिका ८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ । सुनसरी जिल्ला अदालतले १३ चैत २०७७ मा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका दनुवार जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर घर पुगेका थिए । मंगलबार दिउँसो घर नजिकै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २९१ पटक पढिएको
  • बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

    इटहरी  । कोशी प्रदेश सरकारले  बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ ।  प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनीन राईले बताउनुभयो । आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]