All Posts By कोशी प्रेस

    Showing ४,३५१-४,३६० of १२,९०९ items.
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने एक दर्जन घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिनयतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा नं। २ ढुङ्गेसाँघु, वडा नं। ४ साँघु तथा वडा नं। ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिरोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै वडा नं। ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं। ५ मा एक घर

    • प्रकाशित मितिः असोज २, २०८२
    • २२९ पटक पढिएको
  • जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दुहबी र खनारमा श्रद्धाञ्जली - दीप प्रज्वलन

    सुनसरी / जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दुहबी र खनार लगायत देशभर श्रद्धाञ्जली सभा सहितको दीप प्रज्वलन गरिएको छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। बुधबार साँझ मृतक शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न जेन-जि समूह दुहबी र खनारको आयोजनामा स्थानीय युवा तथा सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी बत्ती बालेर मौन धारण गरेका थिए।उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।देशव्यापी रूपमा भएको ज

    • प्रकाशित मितिः असोज १, २०८२
    • ८८९ पटक पढिएको
  • जेनजी आन्दोलनः कोशी प्रदेशमा १० जनाको मृत्यु, ५ जनाको पहिचान खुल्न बाँकी

    इटहरी । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीका घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको मात्र सनाखत भएको र बाँकी ५ जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृतक परिवार वा आफन्तले दाबी नगरेकाले शव पहिचानमा ढिलाइ भइरहेको हो । झापाको बिर्तामोड अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर इटह

    • प्रकाशित मितिः असोज १, २०८२
    • ४४८ पटक पढिएको
  • जेनजी आन्दोलनबाट प्रदेश सरकारलाई करोडौंको क्षति

    इटहरी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई क्षतिको विवरण पेश गर्नुभएको हो । प्राप्त तथ्याङ्क अनुसार, आन्दोलनका कारण प्रदेशभरका ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ । तीमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटा भवन आंशिक क्षतिग्रस्त भएका छन्। सवारीसाधन तर्फ आन्दोलनकारीले २ सय ३७ वटा सवारीसाधनमा क्षति पु¥याएका छन्। तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको प्रदेश सरकारको विव

    • प्रकाशित मितिः असोज १, २०८२
    • २६६ पटक पढिएको
  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    इटहरी । भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन् । चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ । तर, आवश्यक पू

    • प्रकाशित मितिः असोज १, २०८२
    • २८५ पटक पढिएको
  • सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

    इटहरी । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताउनु

    • प्रकाशित मितिः असोज १, २०८२
    • १७९ पटक पढिएको
  • जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव ल्याइयो सङ्खुवासभा

    इटहरी । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरिरलाई सङ्खुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो

    • प्रकाशित मितिः असोज १, २०८२
    • २३७ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमान स्थलमा दुई महिनादेखि हवाई उडान ठप्प

    इटहरी । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ । हालसम्ममा करिब सात वटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरे पनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बिचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाइ छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बिचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • २१८ पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा फरार चार कैदी पाँचथरमा पक्राउ

    इटहरी । जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका चार जना कैदी पाँचथरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका ५ का ३० वर्षीय मंगलसिंह तुम्वापो र फिदिम नगरपालिका १ का ३६ वर्षीय चन्द्र भनिने विनय नेम्वाङ र पाँचथर कुम्मायक १ निवासी ४५ वर्षीय घनेन्द्र ताामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कौशल बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार पक्राउ परेकामध्ये फिदिम १ का चन्द्र भनिने विनय नेम्वाङ  काठमाडौँस्थित नख्खु कारागारबाट भागेका हुन् भने तीन जना सुनसरीको झुम्का कारागारबाट भागेका हुन् ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३१३ पटक पढिएको
  • पाँचथरका सडकहरू डाइभर्सनमै निर्भर, पुल अभावले यातायात थप संकटमा

    इटहरी । पाँचथरको सडकमार्गका विभिन्न खोलानालामा पुलपुलेसाको अभाव छ । विसं २०८०र८१ मा आएको बाढीले भएका पुल बगाएपछि अधिकांश खोलानालामा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ । यस्ता डाइभर्सन बाढी आउनासाथ पुरिने वा बग्ने गरेकाले यात्रुले गन्तव्यमा पुग्दासम्म धेरै तनाव झेल्नु परेको छ । तमोर कोरिडोर अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवाखोलाको डाइभर्सन बगेपछि जेठ पहिलो साताबाटै यातायात बन्द छ । पाँचथरको फिदिमदेखि नागिन, याङ्नाम, सिदिन प्राङबुङ हँुदै नेपाल–भारत सीमावर्ती फालौट खण्डमा पर्ने फेमेखोला र सोही सडकमा पर्ने फालेलुङ–६ र ५ लाई सिमाना छुट्याएर बग्ने

    • प्रकाशित मितिः असोज १, २०८२
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]