इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिन यतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा २ ढुङ्गेसाँघु, वडा ४ साँघु तथा वडा ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिलोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै, वडा ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा ५ मा एक घर विस्थापित र सात घर जोखिम
इटहरी । रंजिता श्रेष्ठ नेतृत्वको नारगरिक उनमुत्ति पार्टीले जनता तथा कार्यकर्ताहरुको मनोभावना अनुसार काम नगरेको र सत्तामोहमा केन्द्रित भएको भन्दै सुनसरीका अधिकासं अगुवा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । आज सुनसरीको इटहरी १२ स्थित खनारको रेडकक्रस भवनमा संयुत्त पार्टी परित्याग कार्यक्रमको आयोजना गदै सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । हालैको जेनजी आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै केही नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हु्न । २०८२ साल भदौ २३ र २४ गते भएको राज्य द्वारा ७२ जनाको हत्या र सहादत प्राप्त गरेका विद्यार्थी, द
इटहरी । नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको पहलमा सोमबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।हालै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या बढ्दै गएको र संघ–संस्थाहरूबाट पछिल्लो समय रक्तदान कार्यक्रम सञ्चालन नभएकाले रक्त अभाव देखिएको जानकारी पाएपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले सदैव समाज र जनताको आवश्यकता अनुसार क्रियाकलापमा संलग्न रहने बताउँदै रक्तदान जीवनदानको महान कार्य भएकाले निरन्तरता दिने प्र
इटहरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहद्धारा उपमहानगर कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमै बसेको छ । मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरी सहित कार्यपालिका सदस्यहरूले उपमहानगर परिसरको खाली भुइँमै बसेर बैठक गरेका छन् । बैठकमा असोज ४ गतेपछि उपमहानगरले सामान्य सेवा सुरु गर्ने निर्णय भएको छ, त्यसका लागि कार्यालयका प्रमुखहरूलाई अत्यावश्यक सामग्रीहरूको सूची तयार गर्न निर्देशन दिइएको छ । मेयर पौडेलले जस्तोसुकै परिस्थितिमा भए पनि असोज ४ गतेपछि जनतालाई पालिकाबाट सेवा दिने बताउनुभयो । बैठकमा सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएको क्षति र आन्दोलनमा घुसपै
इटहरी । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालय मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतको सहभागितामा सरसफाइ गरिएको छ । आन्दोलनका नाममा अराजक गतिविधि गर्दै भवनमा आगो लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधी, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा ÷ उप–शाखा÷इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताइएको छ । कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहर
इटहरी । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो । त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुईरदुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एकरएकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो । दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आग
इटहरी। धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानिय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्। धरान उपमहानगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन साँझदेखि धरानका विभिन्न राजनीतिक दलका कार्यालयहरूदेखि व्यापारीहरुका पसल र स्थानीय नेताका घरहरुमा समेत प्रदर्शनकारीहरुले तोडफोड तथा आगलागि गरेका थिए । उक्त घट्नामा संलग्न प्रदर्शनकारीहरुलाई कारबाहीको माग गर्दै मंगलबार ईलाका प्रहरी कार्यालय धरानमा माग गरेका छन् । धरानका पूर्व नगर प्रमुख मनोज मेन्याङबोको होटल कञ्चनजङ्गामा तोडफोड, आगजनी गरी करिब ६ लाख रुपैयाँ नगद लुटिएको दाबी गर्दै १२ जना विरुद्ध इल
इटहरी । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले
इटहरी। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो ९लिम्बू० स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व। लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परि
इटहरी । इटहरी उपमहानगरपालिका–१९ मा सोमबार दिउँसो घर निर्माणस्थलमा काम गर्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ बस्ने ४५ वर्षीय लल्कु चौधरी रहेका छन्। कल्पना चौधरीको निर्माणाधीन दुईतले घरमा ढलान गर्ने क्रममा अचानक दुई तल्लामाथिबाट भुइँमा खस्दा उनी घाइते भएका थिए। चिउडो र खुट्टामा चोट लागेका उनलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिएको थियो। मृतकको शव हाल सोही अस्पतालमा राखिएको र थप आवश्यक अनुसन्धान भइर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.