All Posts By कोशी प्रेस

    Showing ४,४८१-४,४९० of १२,९०९ items.
  • इटहरी युथ ओपन क्र्यु द्वारा बिनाभाँडो खाना पकाउने प्रतियोगिता सम्पन्न

    इटहरी । इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउटका विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक ज्ञान विकास गर्ने उद्देश्यले बिनाभाँडो खाना पकाउने प्रतियोगिता गरिएको थियोे । कार्यक्रममा डिल्ली कुमार शर्मा संयोजक रहनुभएको थियो। प्रतियोगिताबाट श्री सरस्वती स्काउट ट्रुप, इटहरी प्रथम , श्री ज.डे.ज. स्काउट ट्रुप, बराहक्षेत्र द्वितीय  आरम्भ स्काउट ट्रुप, रामधुनी तृतीय र श्री महेन्द्र स्काउट ट्रुप, इटहरी सान्त्वना भएका इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो ।            प्रतियोगिताको सभापतित्व श्री सरस्वती माध्यमिक विद्यालयका

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • २८४ पटक पढिएको
  • कारणी मुद्धाकी पिडितलाई धाकधम्की र प्रलोभन

    इटहरी । सुनसरीमा एक दलित युवतीको जवरजस्ती कारणी मुद्धामा पिडकले धाकधम्की र प्रलोभन दिएर मानसिक तनावमा दिएको भन्दै युवतीले जिवन रक्षाको अपिल गरेकी छिन् । इटहरी–९ स्थित डायमन्ड ज्वेलर्सका सञ्चालक सोना विकले भदौ १० गते आफ्नै २५ वर्षिय कर्मचारीको कोठामा जवरजस्ती छिरेर करणी प्रयास गरेका थिए । घटना पश्चात इलाका प्रहरी कार्यालय इटहरीमा विक बिरुद्ध जवरजस्ती करणी उघोगमा पिडित युवतीले जाहेरी दिएकी थिईन् । जाहेरी पश्चात पक्राउ पुर्जी जारी भएपनि हालसम्म आरोपी भने पक्राउ परेका छैनन् । तर बिकका परिवार र उनि निकट व्यक्तिहरुले घरमा आएर पैसामा मुद्धा मिलाउन दबाब दिइरहेको पिडित युवतीको भनाई छ । आफुमाथि भएको अन्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • २७३ पटक पढिएको
  • मेची खोलामा डुबेर एक पुरुषको मृत्यु

    इटहरी । मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। भद्रपुर नगरपालिका ३, भैसाबाडीस्थित खोलामा स्थानीयवासीले बग्दै गरेको देखेपछि उद्धार गरेका थिए। तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक झापाको कचनकवल गाउँपालिका ६ पैनीटोलाका ६२ वर्षीय सोनुलाल मुर्मु रहेको खुलेको छ । प्रहरीका अनुसार, मुर्मु भारतमा रहेकी छोरीको घर जाने क्रममा खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • २६४ पटक पढिएको
  • मोटरसाइकलसहित दम्पती बग्दा श्रीमान् बेपत्ता, श्रीमतीको उद्दार

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दूधपानी खोलामा शनिबार दिउँसो मोटरसाइकलसहित दम्पती बग्दा श्रीमान् बेपत्ता भएका छन् भने श्रीमतीको उद्दार गरिएको छ। मदन भण्डारी लोकमार्गमा काठमाण्डौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७प ७३८ नम्बरको मोटरसाइकल दूधपानी खोलाबाट तर्ने क्रममा खोलाले बगाएको हो। सर्लाही हरिवनका २७ वर्षीय मनिष पन्चकोटी चालक र पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी दुर्घटनामा परेका थिए ।  घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चतरा र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट गरी २७ जनाको संयुक्त टोली खटिएको थियो। टोलीले खड्गीलाई उद्दार गरी उपच

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १८४ पटक पढिएको
  • क्यानडाली पर्यटक रिचर्ड नाइजेल शर्लीको खुम्बुमा लेक लागी मृत्यु

    इटहरी। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मिलुङगास्थित गुडलक होटलमा बास बसेका ६८ वर्षीय क्यानडाली नागरिक रिचर्ड नाइजेल शर्लीलाई शनिबार साँझ अचानक लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। उनी बेसक्याम्प जाने क्रममा हेभेन हिमालयन नामक कम्पनीमार्फत यात्रा गरिरहेका थिए। घटनाबारे बुधबार बिहान करिब ९स्१५ बजे इलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी आएपछि प्रहरी नायव निरीक्षक पदम बहादुर खड्काको कमाण्डमा चार जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। तर, नाम्चेबाट करिब १५ किलोमिटर उत्तर पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजेतिर

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १९३ पटक पढिएको
  • भोजपुरको अरूण गाउँपालिकाको फालीटारमा Genese Multinational IT Company को नयाँ कार्यालय उद्घाटन

    भोजपुर | भोजपुरको अरुण गाउँपालिका–४, फालीटारमा Genese Multinational IT Company को नयाँ कार्यालय उद्घाटन गरिएको छ।उक्त कार्यालयको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गर्नुभयो। यस अभियान अन्तर्गत गाउँमै बसेर रोजगारी सिर्जना गर्ने, ल्यापटपमार्फत अनलाइन काम गरेर आय आर्जन गर्न सक्ने, साइबर सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा साइबर सुरक्षासम्बन्धी सेवा उपलब्ध गराउने योजना अघि सारिएको हो।यसका साथै, डिजिटल इ–कमर्स प्लेटफर्ममार्फत कृषकका उत्पादनलाई अनलाइनमार्फतै विश्व बजारसम्म पु¥याउने योजना पनि रहेको एआइजी भीम ढकालले जानकारी दिनुभयो। सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउने, राजस्व संकलनलाई

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • २७२ पटक पढिएको
  • फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग

    इटहरी । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो । पीडित मिनालाई युके र प्रतिष्ठानको दोखु शाखाबाट सङ्कलन गरेर उपलब्ध गराइएको प्रतिष्ठानका दोखु शाखा सचिव रविन्द्र पालुङवाले जानकारी दिनुभयो । प्रतिष्ठानले बिरामीकी श्रीमान लोकमान पालुङवा नगद हस्तान्तरण गरेको छ । यस अघि पनि प्रतिष्ठानले आफ्नो वंशबाट करिब चार लाख रुपियाँ नगद सङ्कलन गरी उपलब्ध गराएको बताइएको छ । केन्द्रीय अध्यक्ष काजीमान पालुङवा, सङकलन कर्ता अमर पालुङवा र दोखु शाखाका अध्यक

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • २०५ पटक पढिएको
  • लम्पी स्किनको सङ्क्रमण बढ्दै

    इटहरी ।  भोजपुर जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपाया मरेका छन् ।  तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताउनुभयो । भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । यो रोग महामारीका रूपमा फैलिने खतरा छ । रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १९६ पटक पढिएको
  • हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु

    इटहरी । संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो हाइड्रोपावरमा विद्युत् लाइन नजिक रहेको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भएका २९ वर्षीय क्रान्ति तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि तत्कालै चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • १७० पटक पढिएको
  • इटहरीमा विश्वप्रसिद्ध Triumph Motorcycles को भव्य शो–रुम उद्घाटन

    इटहरी | पूर्वाञ्चलमा विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड ट्रायम्फ (Triumph Motorcycles) को आधिकारिक डिलरशिप इटहरीमा सुरु भएको छ। यातायात कार्यालय नजिकै रहेको अटो सिटी, इटहरी मा नयाँ शो–रुमको भव्य उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले इटहरीस्थित नयाँ ट्रायम्फ शो–रुमलाई नेपालमै अहिलेसम्मकै उत्कृष्ट शो–रुम भएको उल्लेख गर्नुभयो। उहाँले शो–रुमको विशाल संरचना, आकर्षक डिजाइन तथा विश्वस्तरीय सुविधा प्रशंसा गर्नुभयो।गोल्छाका अनुसार, प्रदीप संथालिया र जयन्त संथालिया साथै अटो सिटी इटहरीको निरन्तर मेहनतकै कारण यस किसिमको भव्य शो–रुम पूर्वाञ्चलमा सम्भव भएक

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • ४०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]