इटहरी । मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१र८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताउनुभयो । बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु दुई लाख ५४ हजार र विविध आम
इटहरी । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् । दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ–५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा जाने गरेको टेम्केमैयुङ–५ का स्थानीय डम्बरबहादुर विष्टले बताउनुभयो । विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ । निगुरो लिनका लागि ठेकेदार गाडी
इटहरी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इटहरी कमिटीको दोस्रो नगर उपमहानगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।कार्यक्रम रोशनी राईको अध्यक्षता तथा महासङ्घका सचिवालय सदस्य एवम् कोशी प्रदेश इन्चार्ज श्याम तुम्रुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्पा, प्रदेश कमिटी सदस्य एवम् इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरी, एमकला राई, जिल्ला कमिटी सुनसरी अध्यक्ष परशुराम यादव, उपसचिव याम सुब्बा, इटहरी उपमहानगर कमिटी अध्यक्ष रुपेश बस्नेत, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।अधिवेशनले प्रेम कुमा
भोजपुर | भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड २०२५ बन्न सफल भएकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो प्रतिष्ठित उपाधि हात पारिन्।लुनाले मिस नेपालको ताजसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। उनलाई गत वर्षकी विजेता आश्मा कुमारी केसीले ताज पहिर्याइदिएकी थिइन्।यस संस्करणको टप–४ मा लुना लुइँटेल, दीपशिखा नेपाल, उरुषा भण्डारी र सोनी घले पुगेका थिए। यस संस्करणमा शीर्ष उपाधिहरूमा मिस नेपाल वर्ल्ड २०२५: लुना लुइँटेल , मिस नेपाल इन्टरनेसनल २०२५ (दोस्र
इटहरी । इटहरी वडा नं. २ स्थित बुढा सुब्बा खेलमैदानमा वुल्स एलेभेन क्लब इटहरीले सरसफाइ तथा वृक्षारोपण गरेको छ। क्लबले खेलमैदानलाई व्यवस्थित र खेलाडीमैत्री वातावरण बनाउन घाँस झारेर मैदान सफा गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेको हो।सरसफाइ तथा वृक्षारोपणमा स्थानीय राजेश राई, सहयोगि राज बिष्ट सहित अन्य सदस्यहरूको सक्रिय सहभागितामा गरिएको थियो। क्लबका उपाध्यक्ष रामु राईले खेलाडीहरूले खेल खेल्दा सहजता होस् भन्ने उद्देश्यले मैदानमा रहेका ठूला घाँस र झार हटाएर सफा गरेको बताउनुभयो । भविष्यमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने जानकारी दिनुभयो ।यस्तै क्लबका अध्यक्ष पुर्ण राईले वुल्स एलेभेन क्लब
इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झर्नाघुट्टु र वडा–३ कोल टोलमा निर्मित ४१ वटा सुरक्षित आवास अति विपन्न, भूमिहीन तथा सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको छ । शनिबार गाउँपालिकाले आयोजना गरेको समारोहमा ३० घर वडा–३ मा र ११ घर वडा–१ मा निर्माण सम्पन्न गरी परिवारलाई वितरण गरिएको हो । सहारा नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भेटवालका अनुसार बाँसलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी, सिमेन्ट र वालुवाको प्रयोग सहित किचन र शौचालय सहित भूकम्प प्रतिरोधी दुई कोठे पक्की घर निर्माण गरिएको हो। ति आवासहरु २ करोड २८ लाख १ हजार ३ सय ३० रुपैयाँको लागतमा निर्माण भएका छन् । प्रति घर ५ लाख ५६ हजार १३० रुपैंयाको
इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ मा प्रहरीले खेतभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धान खेतमा लुकाइएको अवस्थामा ७५ किलो गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। प्रहरीले उक्त गाँजा कसले राखेको हो भन्नेबारे अनुसन्धान थालिएको जनाएको छ। प्रहरीका अनुसार बरामद भएको गाँजाको सम्बन्धमा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइनेछ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नु
इटहरी । ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो । सडक मर्मतपछि जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिकाको विभिन्न वडा र पर्यटकीय गन्तव्य फुङ्फुङगे झरनासम्म आउजाउ गर्न सहज भएको छ । मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गामका अनुसार विभिन्न जलविद्युत् आयोजनाहरूको सहयोगमा सडक मर्मत गरिएको हो । वर्षा र झरीका कारण हिलाम्मे भई क्षतिग्रस्त बनेको मेरिङ्देन सडकअन्तर्गत सान्थाक्राको हेल्लुङ्वा–भैरल टर्निङ–याहाङ चोक खण्
इटहरी । झापाको बिर्तामोड(२ मा रहेको ड्रिमल्यान्ड को कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक हुन् । शुक्रबार राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.