इटहरी । झापा जिल्ला मेचीनगर नगरपालिका–९ दुर्गा मन्दिर नजिक भित्री सडक खण्डमा सोमबार साँझ अलकत्र (बिटुमेन) बोकेको ट्याङ्करमा भीषण आगलागी भएको छ । साँझ करिब ७स्५० बजे कन्चन निर्माण सेवाले बाटो पिच गर्ने क्रममा प्रयोग भएको मे १ ख ३१३७ नं।को ट्याङ्करमा तातोका कारण अचानक आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी, सर्वसाधारण र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा करिब ९स्२० बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनामा ट्याङ्कर चालक सिन्धुलीका ४२ वर्षीय गणेश दाहाल सकुशल रहेका छन् भने, सोही निर्माण सेवामा कार्यरत सिरहाका ३१ वर्षीय उमेश कुमार राय आगो निभाउने क्रममा घाइते भएका छन् । उनको अनुहार, हात र खु
इटहरी । झापा जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ । नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताउनुभयो । गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहद
इटहरी । इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो । अन्य खेतीबालीबाट सधैँ दुःख मात्र भएपछि आचार्यले २०७० सालमा राष्ट्रिय वाणिज्य बैङ्कबाट १० लाख रुपियाँ ऋण लिएर दर्ता गरी गाई फार्म सुरु गर्नुभएको थियो । अहिलेसम्म आच
इटहरी । धनकुटामा भइरहेको एभोकाडो खेती, रोग किरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे विदेशी कृषि वैज्ञानिकसहितको टोलीले अध्ययन गर्दै छ । एसियाली विकास बैङ्क, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकसहितको प्राविधिक टोली धनकुटा आएको हो । व्यापक रूपमा बगैँचा विस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फल झर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या देखिएका छन् । टोलीले सुन्तला खेतीको विकल्पका रूपमा हेरिएको एभोकाडो खेतीमा देखिएका यिनै समस्याको अध्ययन र समाधानका उपायबारे किसानसँग छलफल गरेको छ । एभोकाडोको जातीय
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो पर्वलाई केवल धार्मिकमात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
इटहरी । नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । आइएलओ महासन्धि १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ लाई तत्काल कानुन बनाई आदिवासीका पक्षमा लागु गर्नुपर्ने अदालतको फैसला कार्यान्वयनका लागि महासङ्घले ध्यानाकर्षण गराएको हो । अदालतले गत जेठ २२ गते आइएलओ १६९ र युएनडिपीलाई तत्काल कानुन बनाई आदिवासीका पक्षमा फैसला गरी तिनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त आदेशको अवगत गराउँदै महासङ्घ र महासङ्घमातहतका विभिन्न १२ जातीय संस्थाले सामूहिक रूपमा फुङल
इटहरी । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग
धरान । शिल्पी स्मार्ट नेपाल धरानको आयोजनामा भएको मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा शिल्पी स्मार्ट नेपालकी अध्यक्ष मिना गजमेरको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।प्रतियोगितामा करिब २५० जना महिलाहरू सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति गर्ने प्रतिस्पर्धीमध्ये शान्ति राई सेकेन्ड रनरअप, लुना कपाली फस्ट रनरअप, मनिषा विश्वकर्मा विजेता तथा सुस्मिता विश्वकर्मा पब्लिक च्वाइस अवार्ड विजेता घोषित भए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । निर्णायक मण्डलले प
इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथ अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा र ओमप्रकाश मास्के, सचिवमा उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै १६ भन्दा बढी सदस्यसहितको कार्यसमिति गठन गरी संघलाई सुदृढ बनाउने संकल्प गरिएको छ ।कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाले
इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिर सम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ । सबडिभिजन वन कार्यालय देखि मन्दिर सम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ । निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ । यस सडक निर्माणका लागि ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो । श्रेष्ठ कन्सट्रक्सन, रामधुनी–६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सनले सम्पन्न गरेको छ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.