All Posts By कोशी प्रेस

    Showing ५,००१-५,०१० of १२,९१९ items.
  • झापामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    इटहरी । झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।  मेचीनगर–१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट पहिचान नखुलेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझ ७ः३० बजे मेचीनगर–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे। १ च ६१३१ नम्बरको स्कोरपियोले उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते अन्दाजी ४५ वर्षका ती पुरुषको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । अस्पताल ल्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पता

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३३३ पटक पढिएको
  • नेपालमा लसुनको आयात उच्चतम बिन्दुमा

    इटहरी । कृषि उपजको रुपमा रहेको लसुन पुर्वी नाँका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रेको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी इश्वरकुमार हुमागाईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ४० कर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३३५ पटक पढिएको
  • जापानिज इन्सेफलाइटिस दुई महिलामा सङ्क्रमण पुष्टि

    इटहरी । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ ।  मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताउनुभयो । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २५१ पटक पढिएको
  • कोशी प्रदेशको ८१ प्रतिशत वित्तीय प्रगति, सरकारको दाबी

    इटहरी । कोशी प्रदेश सरकारले पूर्वाधार निर्माण, वित्तीय अनुशासन र नागरिक सेवा जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले आइतबार कोशी प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो । प्रदेश सरकारका तर्फबाट गरिएको यस्ता पहलकदमीले प्रदेश संरचना बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पार्न सहयोग पुगेको दाबी मुख्यमन्त्री कार्कीको सचिवालयले गरेको छ  । प्रदेशले वित्तीय व्यवस्थापनमा पनि आफूलाई अब्बल साबित गरेको  छ ।  सार्वजनिक भएको प्रगति विवरणमा प्रदेशले गत आर्थिक वर्ष २०८१÷८२ मा  करिब ८

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३५६ पटक पढिएको
  • वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध

    इटहरी । आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । हेंवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात र ढुवानी प्रभावित भएको हो । यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रपुख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् । मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २४० पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको प्रचार गर्नेले पुरस्कार पाउने

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो। सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा ढङढङ्गे झरना रहेको छ। पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास तथा स्थापित भइरहेको उक्त ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सञ्जाल प्रयोगकर्तालाई वडा कार्यालय लिम्बूले नगदसहित सम्मान गर्ने भएको हो। वडा कार्यालयले आइतबार एक सूचना

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३४४ पटक पढिएको
  • ताप्लेजुङमा डेढ करोड बढीको चामल बिक्री

    इटहरी। ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ करोड रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार गएको आवमा कुल करोड ५५ लाख ८७ हजार ४५० रुपियाँको चामल बिक्री भएको छ । शाखाले अघिल्लो आव २०८०र८१ को तुलनामा गएको आवमा बढी परिमाणमा चामल बिक्री गरेको शाखाका सहायक एवम् सूचना अधिकारी जलान्धरप्रसाद यादवले जानकारी दिनुभयो। सूचना अधिकारी यादवका अनुसार गएको आवमा कुल एक हजार ३१।७५ क्विन्टल स्टिम जिरा मसिनो र ९०६ क्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३०२ पटक पढिएको
  • झापामा खोलामा डुबेरएक जना वृद्धको मृत्यु

    इटहरी। झापा गाउँपालिका(१, सानो माईखोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ। चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका(१, सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आइतबार  बिहान सानो माईखोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्। उनी साउन ७ गते घरमा पालेको सुँगुरका लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आइतबार  बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए। डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३०२ पटक पढिएको
  • दशैं–तिहारको स्वागतमा इटहरीमा सयपत्री फूल रोपिँदै, वुल्स एलेभेन क्लवको पहल

    इटहरी | नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरू गरिएको छ।इटहरी–तरहरा सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्य हो।दशैं–तिहारजस्ता सांस्कृतिक पर्वमा सयपत्री फूलको माग अत्यधिक हुने हुँदा समयमै फूल उत्पादन हुने वातावरण बनाउने हाम्रो प्रयास गरेको क्लबका उपाध्यक्ष रामु राईले बताउनुभयो।अभियान अन्तर्गत इटहरीको मुख्य सडकखण्डमा सयपत्री फूलका बिरुवा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • १,२३४ पटक पढिएको
  • चौथो सिल्भर म्युजिक अवार्डद्वारा गायक रत्नदीप चौधरी सम्मानित

    सुबास घिमिरे ।  सुनसरी ।  ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ । प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ । सो अवार्डबाट गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको हो ।आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।  सशस्त्र प्रहरी जवानको प्र

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ५०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]