All Posts By कोशी प्रेस

    Showing ५,१३१-५,१४० of १३,७२१ items.
  • चटपटे खाएपछि दोकानेलाई लाइसेन्स दिए, त्यसपछि सप्तकोशी नदीमा हामफाले

    इटहरी । सुनसरीस्थित कोशी व्यारेजबाट एक पुरुषले हामफालेका छन्। सप्तकोशी पुलको ६ नं। ढोकाबाट ६२ वर्षीय पुरुषले हामफालेका हुन्। उनले चटपटे खाएपछि नदीमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झापाको कमल गाउँपालिका लखनपुर टोल निवासी लैनबहादुर थापाले चटपटे खाएका थिए। त्यसपछि उनले आफ्नो लाइसेन्स चटपटे दोकानेलाई हस्तान्तरण गरेपछि कोशी नदीमा हामफालेका हुन्। स्थानीयले घटनाबारे थाहा पाएलगत्तै प्रहरीलाई सूचित गरे। कोशी व्यारेजबाट वरिष्ठ प्रहरी नायव निरीक्षक बलराम यादवको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेपनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • २७५ पटक पढिएको
  • धरानले ल्यायो दुई अर्ब बिस करोडको बजेट

    इटहरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट शनिबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १७ औँ नगर सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२र८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा सहरी योजन

    • प्रकाशित मितिः असोज ५, २०८२
    • २३४ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

    इटहरी ।  भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ । विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स

    • प्रकाशित मितिः असोज ५, २०८२
    • २२६ पटक पढिएको
  • ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु

    इटहरी। ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका – २, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएको स्थानीय सञ्चबीर लिम्बुले जानकारी दिनुभयो । शनिबार बिहान ७ बजेको समयमा उनीहरूले गुलेलीले कालो प्रजातिको अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको लिम्बुले जानकारी दिनुभयो । घटनापछि तत्कालै सान्थाक्रा प्राथमिक स्वास्थ्य चौकी लगिएकोमा आइतबार बिहान २ बजे पेम्बा साङ्बुको ज्यान गएको लिम्बुले बताउनुभयो । मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गाल

    • प्रकाशित मितिः असोज ५, २०८२
    • २१८ पटक पढिएको
  • इटहरीमा TVS "Festive Exchange" कार्यक्रम शुरु

    इटहरी | पारस अटोमोबाइल्स, इटहरीले यस वर्षको दशैं–तिहार लक्षित गर्दै TVS "Festive Exchange" कार्यक्रम गर्ने भएको छ । असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस विशेष अफरमा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी साधन घर लैजाने मौका पाउने छन् ।कार्यक्रम अन्तर्गत ग्राहकहरूले आकर्षक सुविधा पाउने छन् । जसमा १ लाख रुपैयाँसम्मको नगद छुट, १००० जनासम्मलाई ८ हजार रुपैयाँ बराबरको भाटभटेनी शपिङ भौचर, नागरिकता र लाइसेन्स भए पुग्ने तत्काल वित्तीय सुविधा, एक्सचेन्ज गर्दा अतिरिक्त १० हजार रुपैयाँको मूल्य थप सुविधा, साथै निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर उपलब्ध गराइनेछ ।यससँगै TVS कम्पनीले

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ५३२ पटक पढिएको
  • औधोगिकग्राम पूर्ण रुपमा सञ्चालनमा आएन

    इटहरी । धनकुटामा रहेको औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । ६० वटासम्म साना उद्योग सञ्चालन गर्न सकिने क्षमता भएको औद्योगिकग्राममा गत आर्थिक वर्षमा २ वटा उद्योग थप हुँदा १६ वटा उद्योग सञ्चालनमा आएका छन्। स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४५ वर्षपछि औद्योगिकग्राम सञ्चालनमा आएको थियो । यस अघि १४ वटा उद्योग स्थापना भए पनि गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग संचालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिनुभयो ।  ग्राम सम्म पुुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो तर, औधोग

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २६६ पटक पढिएको
  • नेपाल तेक्वान्दो संघ पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

    इटहरी । सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । फिदिममा शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आशिष तावा र दिपेश गुप्ता सचिवमा अनिश राई सचिव र कोषाध्यक्षमा शुष्मा राना मगर कोषाध्यक्ष रहनुभएको छ । यसैगरी चक्र शङ्कर, किरण वान्तावा, गणेश घिमिरे, प्रवेश राई, सूर्य आङदेम्बे, कविता राई, निशान सावाँ, सौगात खान र रोमन न्यौपाने निर्वाचित हुनुभएको सङ्घले जनाएको छ । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको आशनबाट उद्घा

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ३४३ पटक पढिएको
  • सचिव विष्णु श्रेष्ठको जन्मदिनमा अवसरमा इटहरी १६ स्थित सरस्वती जब्दि विद्यालयमा वृक्षारोपण

    इटहरी । आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीका सचिव विष्णु श्रेष्ठले  आफ्नो जन्मदिन असोज २ गते लाई यसपटक फरक र अर्थपूर्ण तरिकाले मनाएका छन् । इटहरी उपमहानगरपालिका–१६ स्थित श्री सरस्वती जब्दि विद्यालयका खेल प्रशिक्षक श्रेष्ठले विद्यालय परिसरमा २ सय भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिनलाई स्मरणीय बनाइएको हो ।सामान्यतया जन्मदिनमा पार्टी तथा भोज आयोजना गर्ने प्रचलन भए पनि श्रेष्ठले भने यसपटक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वृक्षारोपण गर्ने निर्णय गरेका हुन् । जन्मदिनलाई रमाइलो मात्र नभई समाजलाई योगदान दिने खालको बनाउनु पर्छ भन्ने सोचले वृक्षारोपण गरिएको बताए ।वृक्षारोपण कार्य

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ३२४ पटक पढिएको
  • झापामा एक हात्ती मृत फेला

    इटहरी । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २२ वर्षको माउ हात्ती स्थानीय खेतको छेउमा, मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने संकेत देखिएको छ। स्थानीय बासिन्दाहरूको अनुसार शनिबार बिहान खेततिर गएका एक किसानले हात्ती मृत देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। शव भेटिएको स्थान वरपर विद्युतीय तारहरूको अव्यवस्थित जाल रहेको र केही स्थानमा खुला करेन्ट प्रवाह भइरहेको हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताइएको छ । स्थानीयका अनुसार बाहुनडाँगीमा हात्तीहरू प्रायः आइरहन्छन्

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २२४ पटक पढिएको
  • इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न, ५४ जनामा मोतिया बिन्दु

    इटहरी । सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार तीन सयभन्दा बढीको आँखा जाँच, चश्मा जाँच र औषधी वितरण गरिएको छ । शिविरमा ५४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क सेवा दिएको र मोतिया बिन्दुको बिरामीका लागि  अप्रेसनमा समेत छुट गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले गर्नुभएको

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ३२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]