All Posts By कोशी प्रेस

    Showing ५,२०१-५,२१० of १२,९३७ items.
  • किराँत संस्कृतिको ऐतिहासिक स्थल संरक्षण

    इटहरी । यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । यो स्थानमा किराँत राईहरुले वर्षमा उद्यौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताउनुभयो । यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उहाँको भनाइ छ । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २८५ पटक पढिएको
  • पानी नपर्दा धानको ब्याड सुक्न थाल्यो,किसानहरु चिन्तामा

    इटहरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ ।  असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । उहाँकाअनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेट मार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ । रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा र

    • प्रकाशित मितिः असार ३०, २०८२
    • १९१ पटक पढिएको
  • उदयपुर बरुवा खोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजनाद्वारा अघिल्लो वर्ष बनाउन सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै वर्षा याममा बरुवा खोला वारपार गर्न सदावहार उच्च जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयहरुमा अब त्यस्तो जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई सय ६६ मिटर लामो यो पुल निर्माणका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८१र०८२ को सङ्घीय बजेटबाट स्रोत सुनिश्च

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २४५ पटक पढिएको
  • कोशी प्रदेशमा कम पानी पर्दा धान रोपाइँ प्रभावित

    इटहरी । कोशी प्रदेशमा यस वर्ष कम पानी पर्दा धान रोपाइँ प्रभावित छ । न्यून वर्षाकै कारण गत वर्षको यसै अवधिको तुलनामा कोशीमा असार २८ गते शनिबारसम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कोशी प्रदेशमा गत वर्षभन्दा २० प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा यहाँका ६१ प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो । न्यून वर्षा हुँदा रोपाइँ गर्न नपाएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । असार २२ गतेसम्म २९।५४ प्रतिशत रोपाइँ भएको कोशीमा २८ गतेसम्म जम्मा ४१ प्रतिशत मात्र रोपाइँ भएको छ । अर्थात् एक साताको अवधिमा ११।५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ जबकि गत वर्ष असार अन्तिम साता २७ प्रतिशत रोपाइँ भएको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २०३ पटक पढिएको
  • फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाले मुख्य बजारभित्रका सडकहरु निर्माण कम्पनी र उपभोक्ता समितिमार्फत कालोपत्रे गरेको हो । नगरपालिकाभित्रको २।५४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । उक्त दूरी बराबर कुल तीन करोड ९८ लाख ५६ हजार ७२३ रुपियाँ बजेटको लागतमा बजार क्षेत्रको सडक कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाका प्राविधिक हेमराज बिष्टका अनुसार बजार क्षेत्रको तोक्मेडाँडादेखि कफीहाउस लाइन हुँदै नगरपालिका कार्यालय जोड्ने

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २२२ पटक पढिएको
  • गोली प्रहार गरि एक किशोरीको हत्या

    इटहरी । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो । खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेको छ । घटनाको खबर प्राप्त हुना साथ

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २६७ पटक पढिएको
  • उद्योग वाणिज्य सङ्घ भोजपुरको अध्यक्षमा श्रेष्ठ विजयी

    भोजपुर | उद्योग वाणिज्य सङ्घ भोजपुरको नयाँ अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा श्रेष्ठले प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पार्न सफल भएका हुन्। श्रेष्ठले कुल १५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी विश्वकर्माले ११२ मत पाएका थिए।त्यसैगरी, प्रथम उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ विजयी भएका छन्। उनले १६६ मत प्राप्त गरी प्रतिस्पर्धी प्रविण कुमार सुवाललाई ७३ मतको अन्तरले पराजित गरे। द्वितीय उपाध्यक्षमा बद्रि कुमार श्रेष्ठले १४८ मत प्राप्त गर्दै जित हासिल गरे। महासचिव पदमा विन्द्र कुमार राई १४० मतसहित निर्वाच

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ४८० पटक पढिएको
  • सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला

    इटहरी। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो । इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी शुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला पर्नुभएको छ भने श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शवको मुचुल्का तथा पोस्टमार्टम गर्न लाने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असार २९, २०८२
    • ३१२ पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा रतुवा पुल उद्घाटन, १५ वर्षभित्र गरिबी उन्मुलनको आह्वान

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालय द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाए

    • प्रकाशित मितिः असार २९, २०८२
    • २९४ पटक पढिएको
  • नगर प्रमुख तुम्बापोद्वारा सार्वजानिक व्यायमशालाको उद्घाटन

    इटहरी । पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले सार्वजानिक व्यायमशालाको उद्घाटन गर्नुभएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायमशालाको उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काटेर र कम्मर मर्काउने व्यायम गरेर सो व्यायमशालाको उद्घाटन गर्नुभएको थियो । युवा, बालबालिका तथा जेष्ठ नागरिकहरूको शारीरिक तन्दुरुस्तीका लागि वडा कार्यालयले व्यायामशालाको निर्माण गरेको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । यसैगरी व्यायमशाला उद्घाटन पश्चात् रातो शिरीष, कल्की, निलो शिरीष र धुपी जस्ता विभिन्न प्रजातिका रंगीन फूलहरूको बि

    • प्रकाशित मितिः असार २९, २०८२
    • ३१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]