इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ । पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक समारोहकाबिच प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा पृतनापति उपरथी केसीले खेलकुद शारीरिक तन्दुरुस्ती, समर्पण र अनुशासनको प्रतीक भएको बताउँदै यसले सैनिक क्षमताको विकास मात्र नभई राष्ट्रिय गौरव कायम राख्न पनि भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्ज्वल बनाउँदै आएकोसमेत उल्लेख गर्नुभएको थियो । उपरथी केसीले सैनिक अनुशासन र खेलकुदको संयोजनमार्फत सेना भित्रको एकता, अनुश
इटहरी । उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई पाख्रिवास नगरपालिकाले सम्मान गरेको छ । शुक्रबार सम्पन्न शिक्षक मेन्टरिङ कार्यक्रममा पालिकाले पालिकाको क्षेत्रभित्रका विद्यालयबाट उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा श्रीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकमणी पौडेल, जालपादेवी माध्यमिक विद्यालयका रञ्जित गुरागाईँ, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईलगायत शिक्षिका मातृका काफ्ले, दिपकला तामाङ, निरु श्रेष्ठ र गीता पौडेल रहनुभएको छ । पालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, उपप्रमुख नम्रता देउजा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, शिक्षक शाखा प्
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लास्थित एक किसानले पालेको चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । मेरिङ्देन गाउँपालिका पशु सेवा शाखाका अनुसार स्थानीय किसानले पालेको पशुचौपाया गाईमा लम्पी स्किन रोग सङ्क्रमण देखिएको छ । दिङ्लाका एक किसानले पालेको गाईमा लम्पी स्किनको शङ्कास्पद अर्थात मिल्दोजुल्दो लक्षण देखा परेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको गाईलाई १०५ डिग्रीसम्म ज्वरो आएको र गाईले घाँस दानापानी खान छोडेको पाइएको
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब
इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शैया क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पाँमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेललगायतले अस्पताल उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउनदेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उह
इटहरी | इटहरीको आपगाछीदेखि बरगाछीसम्म सडकको बीच भागमा सरसफाइ तथा फुलको बिरुवा रोप्ने कार्य गरिएको छ।इटहरीदेखि तरहरासम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र ठूलो मात्रामा उम्रिएको घाँसका कारण सडक यात्रु तथा सवारीसाधनलाई बाटो पार गर्न असहज र असुरक्षित भएको जनगुनासो आए पछि आपगाछीदेखि बरगाछीसम्म स्थानीय टोल विकास संस्थाहरूसंगीत प्रतिष्ठान टोल विकास संस्था, आदर्श टोल विकास संस्था, मनकामना भोजन कीर्तन समूह, ससङ, भजन कीर्तन समूह तथा दुर्गा देवी भजन कीर्तन समूहको संयुक्त आयोजना र समन्वयमा सडक खण्डमा सरसफाइ तथा फूलका बिरुवाको वृक्षारोपण गरिएको छ।सरसफाइ अभियान अन्तर्गत सडकको बीच भागमा रहेको डिभाइडरमा उम
इटहरी । मोरङको उर्लाबारीमा टर्मिनल भवनसहितको बसपार्क निर्माण हुने भएको छ । यसअघि २०७१ सालमा निर्माण सुरु भएको बसपार्क ११ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि नयाँ आयोजना सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । उहाँका अनुसार बिहीबार नगरपालिकामा निर्माण कम्पनी अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि हेटौंडासँग ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपियाँमा निर्माण सम्झौता भएको छ । सम्झौता भएअनुसार यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । नगरको वडा नम्बर ६ स्थित एक बिघा १३ कठ्ठा जग्गामा बसपार्क निर्माण हुनेछ । नगर विकास कोषको ६० प्रतिशत ऋण, नगरपालिकाको ३० प्रतिशत लगानी
इटहरी । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगर
इटहरी । चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।
इटहरी । तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण लिएर खानेपानी आयोजनाको काम अगाडि नबढाउने भएको छ । बिहीबार उपमहानगरपालिकाका मेयर हर्कराज राईले एसियाली विकास बैंक एडीबी बाट ऋण लिएर धरानमा खानेपानी योजनाको काम आगाडि नबढाउन जानकारी दिँदै खानेपानी मन्त्रालय र मन्त्रीलाई पत्र लेखेका छन् । मेयर राई धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत हुन् । उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको जनाउँदै आर्थिक वर्ष २०८२(८३ मा सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.