All Posts By कोशी प्रेस

    Showing ५,३६१-५,३७० of १२,९४२ items.
  • चुवाडाँडामा लिखुको प्रशासनिक भवन बन्ने निश्चित

    इटहरी । सर्वोच्च अदालतको निर्णयसँगै ओखलढुङ्गाको लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माणसम्बन्धी लामो समयदेखिको विवाद अन्ततः टुङ्गिएको छ । सर्वोच्चले दायर मुद्दा खारेज गरेसँगै भवन गाउँपालिकाको वर्तमान कार्यालय रहेको चुवाडाँडामै निर्माण हुने निश्चित भएको हो । प्रशासनिक भवन कहाँ बनाउने भन्ने विषयमा विगत करिब पाँच वर्ष देखी निरन्तर विवाद हुँदै आएको थियो । तत्कालीन गाउँपालिका अध्यक्ष गोविन्द पौडेलको कार्यकालमा वडा नं। ५ मा करिब १० रोपनी जग्गा खरिद गरिएको थियो । तर सो स्थानमा भवन बनाउने विषयमा कार्यपालिका बैठकबाट निर्णय नभएपछि विवाद चर्किएको हो । त्यसपछिको कार्यकालमा गाउँपालिकाले हालको कार्यालय चुवा

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३३७ पटक पढिएको
  • सुन्दरहरैँचामा टिपरले सफारीलाई ठक्कर दिँदा एकै परिवारका ६ जना घाइते

    इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार ‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सफारीमा सवार रहेका सुन्दरहरैँचा–५ की ५३ वर्षीया अमेरिकादेवी यादव, ३१ वर्षीया ज्वाति यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव,

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३२५ पटक पढिएको
  • सुनसरीबाट लागू औषधसहित पाँच जना पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार नजिकबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ लागू औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बु र इनरुवा–११ का १९ वर्षीय मनिष राई स्कुटरमार्फत नेपाल प्रवेश गर्दै थिए । को। ३८ प। ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्दा चालक मनिष लिम्बुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ५।९४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जिल्ला

    • प्रकाशित मितिः असार २०, २०८२
    • २०७ पटक पढिएको
  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट बरगाछीको टोलीले हिजो (बिहीबार) साँझ ५ः५५ बजे उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा हाल धरान–१५ विशाल चोकमा बसोबास गर्दै आएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २६ वर्षीय दिवस राई र धरान–१५ महादेव चोकका २९ वर्षीय बिसन श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट ४६० मिलिग्राम (चार सय साठी मिलिग्राम) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित दुवै जनालाई नियन्त्रणमा लिएर

    • प्रकाशित मितिः असार २०, २०८२
    • १४१ पटक पढिएको
  • नेपाली सेनाद्वारा एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन

    इटहरी । नेपाली सेनाको आयोजनामा उदयपुरको बेलकामा सञ्चालन गरिएको एक दिवसीय स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी चारसयभन्दा  बढी स्थानीय लाभान्वित भएका छन् । बेलका नगरपालिका–२ बानडाडाँमा बिहीबार सञ्चालित स्वास्थ्य शिविरमा चार सय २२ जना स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् । गाइघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरुलाई विशेषज्ञ सेवा प्रदान गर्नुको साथै विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य चिकित्सासम्बन्धी सेवा प्रदान गरिएको सो व्यारेकका गणपति प्रम

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३११ पटक पढिएको
  • वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका हकवालालाई क्षतिपूर्ति

    इटहरी । रोजगारीका क्रममा साउदी अरब पुगेका हिलिहाङ–७ निवासी चन्द्रबहादुर तामाङको २०७० सालमा दुर्घटनामा परी साउदी अरबमै ज्यान गयो । लामो समय बित्दासम्म उहाँका अभिभावक र आफन्तले साउदी अरब सरकारबाट प्राप्त गर्ने सामाजिक सुरक्षा बिमाबापतको रकम प्राप्त गरेका थिएनन् । यो वर्ष सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत प्रक्रिया अघि बढाएसँगै उहाँका अभिभावक र हकवालाले ३३ लाख रुपियाँ बराबरकै रकम प्राप्त गरेका छन् । चन्द्रबहादुरकी आमा ठगीमाया तामाङले विदेशमा ज्यान गुमाएका छोराका नाममा सामाजिक सुरक्षा बिमा योजनामार्फत राहत र क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी नहुँदा आफूहरूले प्रव्रिmया अघि नबढाएको बताउनुभयो 

    • प्रकाशित मितिः असार २०, २०८२
    • १३५ पटक पढिएको
  • धनकुटामा बाँझो जमिन अनुदानले हराभरा, बेसार खेतिलाई प्राथमिकता

    इटहरी । धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् ।  पछिल्लो समय पूर्वी पहाडी जिल्लाको बालीनालीमा बाँदरको रजाइँले हैरानी खेप्नु परेका कृषकले बेसार बालीलाई विकल्पमा रोजेका छन् । बेसार एक वर्ष नभई अर्को वर्षपछि खन्दासमेत नबिग्रिने हुँदा यो खेती गर्न सजिलो हुने कृषक सन्तोष बानिया बताउनु हुन्छ । बाँझो रहेको जमिन अनुदानले गर्दा व्यावसायिक खेतीले हराभरा हुँदै छ । यो अनुदान ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत प्रदान गरिएको हो । सुदूरपूर्वदेखि सुदूरपश्चिम जिल्लाका पहाडी भू–भागमा विकासको मेरुदण्डका रूपमा रहेको म

    • प्रकाशित मितिः असार २०, २०८२
    • १३७ पटक पढिएको
  • फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्ला भित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ अध्ययनरत ११३ जना र प्राविधिक धारतर्फ अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले

    • प्रकाशित मितिः असार २०, २०८२
    • २६२ पटक पढिएको
  • लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रमको रूपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी–१, धरहरा चोकमा वृक्षारोपण कार्यक्रम गरेको छ।कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि इटहरी वडा नम्बर १ का  वडाध्यक्ष  रतन कार्कीको उपस्थितिमा गरिएको थियो ।वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रतन कार्कीले बिरुवाहरूको सौजन्य प्रदान गर्नुका साथै आवश्यक समन्वय र प्रोत्साहन प्रदान गर्नुभयो। वृक्षारोपणलाई वातावरणीय सन्तुलन कायम राख्ने एउटा महत्व

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३२४ पटक पढिएको
  • प्राइम भिजन कलेज ‘नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज’ मा समावेश

    धरान / धरानस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज’ को सूचीमा स्थान सुरक्षित गर्न सफल भएको छ।भारतको बेंगलोरस्थित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा प्राइम भिजन कलेजले उत्कृष्ट स्थान हासिल गरेको हो।शैक्षिक गुणस्तर, पूर्वाधार, उद्योगसँगको समन्वय, व्यावहारिक तालिम तथा विद्यार्थी सीप विकास कार्यक्रमहरूलाई मूल्यांकन गर्दै उक्त सूची तयार गरिएको हो। यसमा प्राइम भिजन कलेजसहित सुदूरपश्चिमाञ्चल एकाडेमी पनि छनोट भएका छन्।कलेजका निर्देशक अनिल श्रेष्ठले भने, “हाम्रो आठ वर्षको छोटो यात्रामा यस्तो उपलब्धि पाउनु हाम्रो लागि अत्यन्त गर्वको कुरा हो। स

    • प्रकाशित मितिः असार २०, २०८२
    • ४६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]