इटहरी । यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपाल
इटहरी । झापामा फेरी हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार शौचालय जान बाहिर निस्कनु भएका बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौचालय जान निस्कदा हात्तीले किचेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो समयमा बिर्तामोड क्षेत्रमा नियमित रुपमा हात्तीहरु देखिँदै आएका छन् । यसअघि असारको पहिलो साता जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको पनि ज्यान गएको थियो । डिभिजन वन कार्यालय झापाका अनुसार यो आर्थिक बर्षमा हात्तीको आक्रमणमा परी जिल्लामा ६ जनाको ज्यान गएको छ ।
इटहरी | विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु बुधबार देखि कोशी प्रदेशमा विक्री वितरण सुरु भएको छ । भारतमा उत्पादित साटो ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा ट्रिनक्स एडहेसिभ कम्पनीमार्फत भित्र्याइएको हो । कोशी प्रदेशका लागि आधिकारिक वितरकको रूपमा विनायक हार्डवेयर स्टोर प्रा. लि., इटहरीले व्यावसायिक कारोबार सुरु गरेको छ । एक कार्यक्रमका विच इटहरीमा साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेश डिलरहरु मार्फत विक्रीवितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको विनायक हार्डवेयरलाई सामान हस्तान्त्रण गरेर व्यसाय
इटहरी । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएका कार्यसम्पादन परीक्षण तथा विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका प्रतिवेदन तथा नतिजाहरूको प्रबोधीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय धनकुटाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थिहरुको सिकाई उपलब्धिबारे गरेको राष्ट्रिय परीक्षणको नतिजा के–कस्तो छ भनी प्रस्तुत गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषय माथि गरिएको विद्यार्थिहरुको सिकाई उपलब्धिबारे परीक्षण गरेको जानकारी
इटहरी | इटहरीमा पहिलो पटक सुरू भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल र फाइनलमा १० जना प्रवेश गरेका छन् । नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा मंगलबार देखि इटहरीको क्लब के मा सूरू भएको प्रतियोगिताको दोस्रो दिन नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राईको प्रमुख आतिथ्यतामा भएको हो ।प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए । छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने छ । प्रतियोगिताका
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार ५५ वर्षीया कल्सी मेहताको सर्पले टोकेर मृत्यु भएको हो। मंगलबार साँझ ६ः३० बजे घाँस काट्न गएका बेला उनलाई सर्पले डसेको थियो। घाइते अवस्थामा उनलाई तत्काल घरमा ल्याइए पनि समयमै उपचारका लागि अस्पताल लैजान नसकिँदा राति ८ः२० बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो समय गर्मी बढेसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन्।
इटहरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी ९बोर्डिङ स्कुल०को बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ४ः२० बजेतिर स्कुल बसबाट ओर्लिने क्रममा स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावलाई बसको पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ग १ ख २०१२ नम्बरको स्कुल बसबाट ओर्लने क्रममा बालक चक्कामुनि परेका थिए। घटनापछि स्कुल बस चालक गढी ३ का विनोद कुमार मेहता फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम राउतको कमाण्डमा १०
इटहरी । मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो । न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताए। उनले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताए । यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा
इटहरी । विराटनगरका एक जना व्यवसायीलाई मूल्य अभिवृद्धि कर भ्याट छलेको अभियोगमा कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘न्यु सौरभ ट्रेडिङरबियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ का प्रोप्राइटर सौरभकुमार बियानीलाई भ्याट छलेको आरोपमा माग गरिएको एक अर्ब ३१ करोड ६४ लाख रुपियाँ धरौटी बुझाउन नसकेपछि थुनामा पठाएको हो । विराटनगर–१० स्थायी ठेगाना भएका बियानीको विराटनगर–७, हाटखोलामा हार्डवेयर व्यवसाय सञ्चालनमा थियो । बियानीलाई भ्याट छलेको रकम र त्यसको बिगो बराबरको रकम जोडेर धरौटी माग गरिएको कार्यालयले जनाएको छ । विराटनगरमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका बियानीको नाममा अस
इटहरी। ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते हुनुभएको छ । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते हुनुभएको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ । कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गर्नुभएको थियो । पहिरोका कारण हस्तबहादुर, छोरा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.