इटहरी। झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागुऔषधको कारोबार गर्दै आएका एकजना कारोबारी पक्राउ परेका छन् ।मंगलवार राति १० बजेतिर कन्काई वडा नं। ३ सुरुङ्गामा डेरा कोठाभाडामा बस्दै आउनुभएका ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन लागुऔषध बिक्री गर्दै गर्दा पक्राउ पर्नुभएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले उहाँको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ९१३९ पोका० ब्राउनसुगर फेला पारेको हो ।त्यस्तै, नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार, एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि ब
इटहरी। नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ ।सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज १० गते हिलेमा आयोजना गर्न लागिएको हो । ‘मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका १३ जिल्लामा सांगीतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई सहयोग गर्न हिलेमा हुनेसहित टुरअन्तर्गतका कन्सर्टबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम राहत तथ
इटहरी। कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइ १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–१, नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला अदालत सोलुखुम्बुले २०६७ वैशाख ५ गते कर्तव्य ज्यान मुद्दामा खत्रीलाई पाँच वर्ष कैदको फैसला गरेको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापा नेतृत्वको टोलीले काठमाण्डौको बौद्धबाट पक्राउ गरी सोलुखुम्बु ल्याएको जिल्ला प्रहरी
इटहरी स् बराहक्षेत्र–६, श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्।दुई वर्ष कुवेत बसेर नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन्। ‘पहिले बारी बाँझो हुन्थ्यो, घरमा काम गर्ने मान्छे हुँदैनथे, थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो, खानका लागि पुग्थ्यो, तर नगद पैसा हात पर्दैनथ्यो,’ चन्द्रवंशीले भने। ‘नेपालमा जागिर खाँदा कमाइ थोरै थियो, अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ।’अहिले दैनिक तरकारी बिक्री हुने
इटहरी । १४ वर्षमुनिका बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले रोटरी क्लब अफ इटहरीले सञ्चालन गरेको आँखा परीक्षण अभियानलाई निरन्तरता दिएको छ ।अभियानअन्तर्गत बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २९२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा करिब ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो । समस्या देखिएका बालबालिकालाई आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा उपचार गरिने उहाँले बताउनुभयो ।रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नि
इटहरी । मदन भन्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका –७ स्थित अधेरीमा सडक दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते हुनुभएको छ। उदपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३७ नम्बरको हाइस् र विपरीत दिसाबाट आउँदै गरेको ना ७ ख ३९१ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो।सो दुर्घटनामा परेर घाइते हुनेहरुमा गोरखा काठमाडौ जिल्ला चन्द्रागिरी नपा १४ का ५६ वर्षकि इन्दिरा श्रेष्ठ, मोरङ्ग जिल्ला सुन्दरहरैचा बस्ने २७ वर्ष कि पवित्रा भट्टराई, काठमाडौं जिल्ला चन्द्रागिरी नपा १४ बस्ने ४८ वर्षीया रुकमाया श्रेष्ठ, सोही ठाउँक
इटहरी । भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको सशस्त्र
इटहरी। मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही स्थानका २० वर्षीय रबिन पुलामी मगर रहनुभएको छ । बुधबार बिहान करिब १० बजेतिर राघापुरबाट अक्करे भिर नजिक ढुङ्गा लिन जाने क्रममा ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । ट्याक्टरमा पाँच जना सवार हुनहुन्थ्यो । मानेभञ्ज्याङ ट्राफिक पोस्टका ट्राफिक प्रहरी जवान सीबी चाम्लिङका अनुसार दुर्घटनामा परी तिमल्सिना र पुलामी मगरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर
इटहरी । एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।उक्त रकम मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिएको हो। एबी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक भीम घिमिरे र उनको परिवारका तर्फबाट उक्त सहयोग प्रदान गरिएको हो। घिमिरे परिवारले रकम सानो भए पनि बाढीबाट प्रभावित पीडितलाई केही सहयोग पुग्ने र उनीहरूलाई राहत तथा सहयोगका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ।‘यो हाम्रो सानो प्रयास हो, तर हामी विश्वास गर
इटहरी स् मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति करिब ९ः२० बजेतिर हर्चनगढी पुलबाट करिब ८ मिटर तल खसेको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।दुर्घटनामा भारतको अररिया थाना पलासी गोठगाउँका अन्दाजी ४० वर्षीय मुना मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा राति १०ः०५ बजेतिर चिकित्सकले मृत घो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.