इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत तीन दिनमा १२० जनालाई नियन्त्रणमा लिएको छ ।यही वैशाख ९ गते साँझ देखि आज बिहान ६ बजे सम्मको अवधिमा स्वीप अपरेसन अन्तर्गत लागू औषध विक्री वितरण गर्ने ,सेवन गर्ने र समाजमा गुण्डागर्दी गर्दै हिढ्ने ११५जना पुरुष र ५ जना महिलालाई नियन्त्रण लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको सुनसरी प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सो अवधिमा नियन्त्रणमा लिएरका १० जना पुरुष र ५ जना महिलालाई सुधार केन्द्र पठाइएको ७६ जना पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएका, २ जना पुरुषलाई लागू औषध मुद्दा दर्ता गरिएको र
इटहरी । झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध बाबाआमा र सन्तानलाई खुसी राख्ने । यही सपनाका साथ उहाँ २०८१ साल मंसिर ११ गते वैदेशिक रोजगारीका लागि दुबईको अबुधाबी उड्नु भएको थियो । उहाँ विदेशिँदा श्रीमती तीर्थकुमारी गर्भवती हुनुहुन्थो । थपिएको पारिवारिक जिम्मेवारी र आर्थिक अभावका बीच नयाँ सपना बोकेर उहाँ परदेश लाग्नु भयो । उहाँ अबुधाबीको आमफोस एन्ड क्लब होटलमा क्लिनरका रूपमा काम गर्न जानु भएको हो । विदेश पुगेको ११ दिनमा उमेशले छोरी जन्मिएको खुसीको खबर पाउनु भयो । दिनहरू सामान्य रूपमा चल्द
इटहरी । विराटनगर महानगरपालिकाले नगरको सौन्दर्य अभिवृद्धि गर्न र सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन फुटपाथ व्यवस्थापन अभियान सुरु गरेको छ । सडकपेटीमा अनधिकृत रूपमा राखिएका सामग्री हटाउँदै महानगरले नगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान अगाडि बढाएको हो ।महानगरपालिकाले शुक्रबार बिहानदेखि बजार क्षेत्रका मुख्य सडक र पैदलयात्री हिँड्ने पेटीलाई खुला गराउने कार्य सुरु गरेको छ । यसअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई आफ्ना सामग्री हटाउन अनुरोध गरेको महानगरले निर्धारित समयसीमा सकिएसँगै स्थलगत कारबाही अघि बढाएको हो । अभियानको नेतृत्व गर्दै महानगरका उपप्रमुख शिल्पा निराला कार्की सहितको
काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ । देशभर सयभन्दा माथि शो संख्या पाएको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रलाई लक्षण सुनारले निर्देशन गरेका छन् । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ कथामा यो सिनेमा बनेको हो । सामाजिक ग्रामीण कथा उठान गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ ।हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रकाश, सौगात र सुहानाका साथमा सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय देख्न सकिनेछ ।यस चलचित्
इटहरी । कोशी प्रदेश सरकारको बेवास्ताका कारण विराटनगरस्थित ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ विस्थापनको सँघारमा पुगेको छ । अस्पताल सञ्चालन भइरहेको जग्गाको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न ताकिता गरेपछि प्रदेश सरकारले त्यहाँ रहेको अस्पताल संरचना जोखिममा परेको हो ।कोभिड–१९ को महामारीका बेला होल्डिङ सेन्टर सञ्चालन गर्न भन्दै प्रदेश सरकारले खाद्य साबिक नेसनल ट्रेडिङको जग्गा र भवन अल्पकालका लागि मागेको थियो तर सरकारले सो जग्गाको भोगाधिकारसम्बन्धी कुनै औपचारिक सम्झौता नगरी र कम्पनीलाई जानकारी नै नदिई स्थायी प्रकृतिका भौतिक संरचना निर्माण गरेको भन्द
इटहरी । ताप्लेजुङको फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात आवतजावतमा रोक लगाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं। ६ र वडा नं। ७ को संगमस्थल सुकेपानीस्थित तमोर खोलामाथि बेलिब्रिज निर्माणका लागि यातायात आवतजावतमा रोक लगाएको जानकारी गराएको हो । गाउँपालिकाका अध्यक्ष राजन लिम्बु ९मुक्ति० का अनुसार उक्त पुलको निर्माण कार्य वैशाख २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा उक्त स्थान हुँदै सञ्चालन हुने ट्याक्टर लगायत अन्य सवारी
इटहरी । इन्धनको अत्यधिक मूल्यवृद्धि र कच्चा पदार्थसमेतको अभाव देखाउँदै पिउने पानीको मूल्यवृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पानीको मूल्यमा अन्तर्राष्ट्रिय परिस्थिति हाबी हुँदा उपभोक्ताको दैनिक लागत बढाएको छ । प्रशोधित शुद्ध पिउने पानी सङ्घ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ । यही बेला पेट्रोल र डिजेलको मूल्य पनि अत्यधिक हुँदा ढुवानी लागतसमेत बढेको छ, जसको असर पानीमा परेको हो । अध्यक्ष थापाका अनुसार पहिले बोतलको पानी प्रतिकार्टोन १२० देखि १३० रुपियाँसम्म उत्पादन लागत थियो । अहिल
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एक १९ वर्षीया युवतीको शंकास्पद अवस्थामा मृत्यु भएपछि स्थानीय आक्रोशमा छन्, त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ कुशे निवासी १९ वर्षीया माया वनेम लिम्बूको आफ्नै घरमा शंकास्पद मृत्यु भएको हो। घटनाको प्रकृति र मृतकको शरीरमा देखिएको नीलडामका कारण माइती पक्षले हत्याको आशंका गर्दै न्यायका लागि प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको छ । २०८३ साल वैशाख ९ गते पथरी शनिश्चरे ४, पानीटङ्की नजिकै रहेको घरमा माया वनेम मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको शरीरभरि नीलडाम र चोटपटक देखिएकाले उनको मृत्यु स्वाभाविक नभएको माइती पक्षको दा
इटहरी । मानवीय संवेदनालाई नै चुनौती दिने गरी सुनसरीमा एउटा विभत्स घटना सार्वजनिक भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको जिम्मा लगाएको सनसनीपूर्ण रहस्य खुलेको छ। घटनाको बीभत्स रूपः प्राप्त जानकारी अनुसार, भुटाहाबाट तरकारी किनेर फर्किँदै गर्दा बाबु उमर मियाँले आफ्नै छोरालाई पुल नजिकैबाट अपहरणकारीको समूहलाई सुम्पिएका थिए । अझै डरलाग्दो कुरा त के छ भने, छोरालाई प्रतिकार गर्न नसक्ने गरी बोरामा हालेर प्याक गरिएको अवस्थामा भारततर्फ कटाउन लागिएको थियो। रगतको नातालाई पैसा वा कुनै स्वार्थका लागि ’सुपारी’ दिएर आफ
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित त्रीवेणी टोल विकास संस्थाले बिहीबार नवौ साधारणसभा तथा अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष वेणु प्रसाद पौडेलको सभाध्यक्षमा सम्पन्न सभाले टोललाइ थप कृयाशिल र शसक्त बनाउन सबै सँग सहकार्य गरि अघि बढने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरका प्रवक्ता तथा ६ नं वडाध्यक्ष दिवश पोख्रेलले ६ नं वडालाइ नगरकै नमुना वडा बनाउन आफ्नो नेतृत्वमा धेरै राम्रा राम्रा कामहरू भइसकेको र केहि प्रक्रियागत ढंगबाट भइरहेको पनि बताउनुभयो ।इटहरी मुख्य चौक व्यवस्थित बनाउने देखि भित्री सडक कालोपत्रे हुदै अहिले सबै वडामा सिसि ट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.