All Posts By कोशी प्रेस

    Showing ५,४७१-५,४८० of १२,९७८ items.
  • मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नर्सरी सञ्चालक सम्मानित

    इटहरी । मदन भण्डारी फाउन्डेसन, उदयपुरले शनिबार जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा सात जना हरित प्रवर्तक नर्सरी सञ्चालकलाई सम्मान गरेको छ । नेकपा एमाले जिल्ला कमिटी उदयपुरको समन्वय र मदन भण्डारी फाउन्डेसन उदयपुरको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा अकुवा एन्ड गार्डेन नर्सरी त्रियुगा नगरपालिका–११ का सञ्चालक जीवन भुजेल, सरस्वती नर्सरी त्रियुगा नगरपालिका–३ मोतीगडाका भिखनाथ मोची, ओखलढुङ्गे नर्सरी त्रियुगा नगरपालिका–१२ का सञ्चालक धुर्वकुमारी राई, लक्ष्मी नर्सरी त्रियुगा नगरपालिका–१० का सञ्चालक किरन पुलामी मगर, अजम्मरी कृषि नर्सरी त्रियुगा नगरपालिका–५, श्रीपुरका सञ

    • प्रकाशित मितिः असार १५, २०८२
    • १६५ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढीमा भत्किएको पुल बन्ने सुनिश्चित

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा नयाँ पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटबारे सङ्घीय संसद्मा केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संक्षिप्त जवाफ दिँदै त्रियुगाको पुल बनाउन बजेट सुनिश्चित भएको बताउनुभएपछि सिवाहीस्थित त्रियुगा नदीमा पुल बन्नेमा स्थानीय ढुक्क भएका हुन् । यसअघि पुल सञ्चालनमा आउन लाग्दा बिचको पिल्लर भासिएर तीन वटा स्ल्याब भत्किएपछि अलपत्र परेको उक्त पुल निर्माणमा बजेटको सुनिश्चत गरिएको छ भनेर प्रधानमन्त्रीले सदनबाटै पुलको समस्याको चाँडै समाधान गर्ने गरी प्रतिबद्धता जाहेर गर

    • प्रकाशित मितिः असार १५, २०८२
    • १९२ पटक पढिएको
  • इलाममा फरक अनुभूति खोज्दै पर्यटक

    इटहरी । बिहीबार इलाम सदरमुकाम आइपुगेका भारत डुअर्सका दुई पर्यटक चिसो मौसममा रमाउन इलामकै जसबिरेतिर हुइँकिनुभयो । उनीहरूको यात्रा जसबिरे मात्र होइन माइपोखरी, सन्दकपुर, जौबारी हुँदै पशुपतिनगर निस्किएर डुअर्स फर्किनु थियो । उनीहरूका लागि पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष ग्रीष्म सुब्बाले कहाँ कहाँ र कुन बाटो जाने गन्तव्य टुङ्गो गर्दै त्यसतर्फ पठाउनुभयो । इलाम घुम्न आउने भारतीय पर्यटक उनीहरू मात्र होइनन् । अचेल दिनहुँ जसो भारत पश्चिम बङ्गालबाट इलाम भित्रिनेको सङ्ख्या ठुलै छ । पछिल्लो समय इलाम भित्रिने पर्यटक बजारक्षेत्रमा भन्दा एकान्त र गाउँ नै जाने गरेको इलाम उद्योग वाणिज्य सङ्घ इ

    • प्रकाशित मितिः असार १५, २०८२
    • ११५ पटक पढिएको
  • भोजपुर पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

    इटहरी । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्

    • प्रकाशित मितिः असार १५, २०८२
    • २३२ पटक पढिएको
  • सवारी दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छीचोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छीचोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा लगि

    • प्रकाशित मितिः असार १५, २०८२
    • ९० पटक पढिएको
  • २२औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न

    सुबास घिमिरे। सुनसरी / इटहरी ७, सुनसरीमा परिवर्तन एक अभियानको आयोजनामा असार  १५ तथा २२औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कृषि, संस्कृति र सामाजिक जागरणलाई एकै ठाउँमा जोडेर जनचेतनामूलक गतिविधिहरू प्रस्तुत गरिएका थिए।कार्यक्रमका सभाध्यक्ष परिवर्तन एक अभियानका उपाध्यक्ष श्री सञ्जय शर्मा रहनु भएको थियो। प्रमुख अतिथिको रूपमा इटहरी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष श्री देव नारायण चौधरी उपस्थित रहनु भएको थियो। उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूले कृषकहरूलाई थप उत्साह दिने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमका विशिष्ट

    • प्रकाशित मितिः असार १५, २०८२
    • ११३ पटक पढिएको
  • साहित्यकार रमेशप्रसाद धमलाद्वारा लेखिएको ‘वालिबध’ खण्डकाव्य लोकार्पण

    इटहरी | कवि रमेशप्रसाद धमलाद्वारा रचित पौराणिक विषयवस्तुमा आधारित खण्डकाव्य ‘वालिबध’ को भव्य लोकार्पण समारोह सम्पन्न भएको छ। काफल्स मल्टिपर्पोज कम्पनी प्रा.लि.को आयोजनामा आयोजित उक्त कार्यक्रम कविताको बौद्धिक मूल्याङ्कन र साहित्यिक यात्राको उत्सवको रूपमा सम्पन्न भयो। समारोहको अध्यक्षता काफल्स कम्पनीका प्रबन्ध निर्देशक सन्तोष धमलाले गरेका थिए भने प्रमुख अतिथि समीक्षक  कवि हरि कट्टेल थिए ।‘वालिबध' खण्डकाव्य रामायणको पृष्ठभूमिमा आधारित भई वालि र सुग्रीव पात्रहरूका माध्यमबाट समकालीन समाजका विविध विकृति, विसंगति र मानव मूल्यका पक्षमा सशक्त अभिव्यक्ति दिएको कृति हो। छन्दमा रचित यो खण्डकाव्यमा स

    • प्रकाशित मितिः असार १४, २०८२
    • ४३३ पटक पढिएको
  • भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

    इटहरी । भोजपुर नगरपालिका– ४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहज भएको हो । दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिए । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उनको भनाइ छ । दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखिको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भो

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३४३ पटक पढिएको
  • मौवाखोला गाउँपालिकामा मुढा बुन्ने तालिम सञ्चालन

    इटहरी । ताप्लेजुङको मौवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले १५ दिने तालिम सञ्चालन गरेको हो । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वरोजगार बन्नका लागि गाउँपालिका उद्यम विकास शाखाद्वारा तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । तालिममा प्रत्येक वडाबाट दुई दुई जना गरी जम्मा १२ जनाको सहभागिता रहेको छ । मैवाखोला गाउँपालिकामा छ वटा वडाहरु रहेको छन् । गाउँपालिकाले यसअघि अल्लो कपडासम्बन्धी सिलाइ–बुनाई तालिम सञ्चालन गरिसकेको छ ।

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३०४ पटक पढिएको
  • ओखलढुङ्गाको लिखु गाउँपालिकामा पोखरीमा डुबेर बालकको दुखद मृत्यु

    इटहरी। सिँचाइ पोखरीमा डुबेर बालकको ज्यान गएको छ । ओखलढुङ्गाको लिखु गाउँपालिका –३ सत्लुङ नर्मदेश्वर मावली घरमा बस्दैआएका रामेछाप नगरपालिका –२ रामेछापका चक्रबहादुर बसेलका ११ वर्षिय छोरा हिमाल बसेलको पोखरीमा डुबेर ज्यान गएको हो । शुक्रबार दिउँसो खेल्न घरबाट हिँडेका बसेल राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा मावली घरभन्दा करिब २०० मिटर टाढा रहेको सिँचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेको अवस्थामा फेला पारिएको मावली हजुरबुबा टेकबहादुर मिजारले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा डुबेर बसेलको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी नि

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]