All Posts By कोशी प्रेस

    Showing ५,४९१-५,५०० of १२,९५९ items.
  • इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले ४५ जना खेलाडीलाई प्रशिक्षण दिए

    इटहरी । इनरुवामा खेल र खेलाडीलाई प्रोत्साहन गर्न गठन भएको इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले ४५ जना खेलाडीलाई प्रशिक्षण दिएको छ । एक कार्यक्रमकाबीच प्रशिक्षण कार्यक्रमबारे जानकारी दिदै संचालक तथा प्रशिक्षक सोनु मंडलले खेलाडी उत्पादन गर्नु र ईनरुवा क्रिकेटको विकासमा सहयोग पुर्याउने उदेश्यले प्रशिक्षण दिइएको जानकारी दिनुभयो । सो अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला सचिब सरोज बस्नेतले क्लवलाई बधाई तथा शुभकामना दिनुभएको छ । कार्यक्रममा महासंघका नगर सचिव कमल प्रसाद उपाध्याय, एकेडमीकातर्फबाट बिबेक मेहता, रणबिर साह लगायतको उपस्थिती रहेको थियो । 

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३८१ पटक पढिएको
  • ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ शुक्रबार समापन हुने , ५ दिनमै १०० बढी बाइक बिक्री

    इटहरी । इटहरीको मिलनचोक स्थित बुढीखोला छेउमा भएको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ शुक्रबार समापन हुने भएको छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा असार ८ देखि भएको मेलामा ५ दिन सम्ममा एक सय भन्दा बढी सवारीसाधन बिक्री भएको छ ।  मेलामा ग्राहकहरूले नागरिकताको आधारमै बजाजको मोटरसाइकल फाइनान्स गर्न सकिने व्यवस्था गरिएकाले ग्राहकहरू सन्तुष्टि रहेका छन् । शून्य सर्भिस चार्ज, अन–द–स्पट फाइनान्स सुविधा, थप १० हजार रुपैयाँ बोनस भ्यालुएसन, निःशुल्क एसेसोरिज र आकर्षक छुटहरू प्रदान गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य आकर्षणको रूपमा अनुभवी र  प्रमाणित भ्यालुएटरहरु मार्फत ग्राहकको पु

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३८८ पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं २ को शान्तिचोकदेखि नगर अस्पतालसम्म ५० वटा कपुर वृक्षारोपण

    इटहरी । पथरी शनिश्चरे वडा नम्बर २ को आयोजनामा शान्तिचोक देखि नगर अस्पतालसम्म वातावरण मैत्री कपूर वृक्षारोपण गरिएको छ । बुधबार नगर अस्पताल रोडलाई वातावरण मैत्री बनाउने उद्देश्यले ५० बढी बिरुवाहरू रोपिएको हो । वडा अध्यक्ष नैना साम्पाङ राईको अगुवाईमा सम्पन्न भएको उक्त वृक्षरोपण कार्यक्रममा वडा सदस्य चन्द्रकुमार राई, शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, पथरी नगर अस्पताल रोड टोल विकास समितिका अध्यक्ष रणबहादुर फागो, जेष्ठ नागरिकहरु यज्ञप्रसाद ढुंगेल, शिव शंकर ढकाल, दिल गम्भीर राई, धनमाया ढकाल, तथा स्थानीय युवाहरूको सहभागितामा सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • ४८३ पटक पढिएको
  • साजिलालका विद्यार्थीलाई पोसाक र जुत्ता सहयोग

    संखुवासभा | संखुवासभा तुम्लिङटारस्थित जेसिबीको आधिकारिक बिक्रेता लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि, लाइन इन्जिनियरिङ वर्कसप र गोर्खा अर्थ मुर्वस प्रालिले मोरङका ३४ विद्यार्थीलाई विद्यालय पोसाक तथा जुत्ता सहयोग गरेको छ । सुन्दरहैचा नगरपालिका वडा नं. ४ मा रहेको साजिलाल माध्यमिक विद्यालयको सृजनशील ब्लकको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक विद्यालय पोसाक र जुत्ता एक कार्यक्रम गरी बुधवार हस्तान्तरण गरिएको हो ।विपन्न विद्यार्थी अध्ययनरत यस विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ पोसाक र जुत्ता सहयोग गरेको लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि सञ्चालक विकास लिम्बुले जानकारी दिए

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३५५ पटक पढिएको
  • चरित्र हत्या गर्ने प्रयास भएको फुङ्लिङ नगर प्रवक्ताको भनाइ

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको छ। आफूमाथि निराधार र गलत आरोप लगाउँदै कर्मचारीले बुधबार ‘पेन डाउन’ गर्नुका साथै विज्ञप्ति प्रकाशित गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको प्रवक्ता न्यौपानेले दुःखेसो गर्नुभयो। बिहीबार बिहान पत्रकार सम्मेलन गर्नुहुँदै न्यौपानेले स्थानीय सरकारको सदन अर्थात् नगर सभामा राखेको आफ्नो धारणाप्रति प्रश्न उठाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गर्नु र पेन डाउन गरेर सेवा प्रवाह नगर्नु गलत भएको बताउनुभयो। वडा नम्बर २ का वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले कर्मचारीले आफूमाथि

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३७३ पटक पढिएको
  • भोजपुरको खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण हुने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो । यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई सङकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए। दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उनको भनाइ छ । वडाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उनले बताए । यो स्थानमा महिनामा २ पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनल

    • प्रकाशित मितिः असार १२, २०८२
    • ४८३ पटक पढिएको
  • इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागेर जनाको मृत्यु

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका (६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ बर्षीय देवान राई रहेका छन् । असार ११ गते राती ९ बजे कोठाबाट करिव ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो ।  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३५३ पटक पढिएको
  • कोशीटप्पु विस्थापित परिवारको माग, प्रधानमन्त्रीसमक्ष ४८ वर्षदेखि सट्टा जग्गा नपाएको गुनासो

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको क्रममा घरजग्गा गुमाएका विस्थापित परिवारका प्रतिनिधिहरूले सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिमण्डलले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा उनीहरूको घरजग्गा अधिग्रहण गरिएको र त्यसबापत राज्यले सट्टा जग्गा दिने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरेका थिए ।सरकारले वि।सं। २०३२ सालमा आरक्ष स्थापना र विस्तार गर्ने क्रममा सो क्षेत्रबाट विस्थापित भएका परिवारले अहिलेसम्म सट्टाभर्ना वापत जग्गा नपाएका हुन् । विस्थापित समस्या समाधानका लागि

    • प्रकाशित मितिः असार १२, २०८२
    • २९० पटक पढिएको
  • ओखलढुङ्गाका स्थानीय तहको बजेटमा कृषि र शिक्षा प्राथमिकता

    इटहरी । ओखलढुङ्गाका आठ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र स्वरोजगारलाई प्राथमिकता दिएर चार अर्ब २९ करोडभन्दा बढी बजेट ल्याएका छन् । आर्थिक वर्ष २०८२र०८३ का लागि जिल्लाको एक नगरपालिका र सात वटै गाउँपालिकाले चार अर्ब २९ करोड ८२ लाख ९७ हजार ६१६ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाले ७२ करोड ६५ लाख १३ हजार बजेट ल्याएको छ । सबैभन्दा कम लिखु गाउँपालिकाले ४० करोड ३० लाख बजेट प्रस्तुत गरेको छ । सुनकोशी गाउँपालिकाले ६२ करोड ५४ लाख ७८ हजार ११७, मानेभञ्ज्याङले ५३ करोड नौ लाख चार हजार रुपैंया, चम्पादेवीले ६२ करोड ५० ल

    • प्रकाशित मितिः असार १२, २०८२
    • ४११ पटक पढिएको
  • माथिल्लो तमोरको काम तत्काल रोक्न माग

    इटहरी । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत्को काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाका तर्फबाट अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन् । मन्त्रालय र मन्त्रीसमक्ष पुग्ने गरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका छन् । आयोजना स्

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]