इटहरी । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार
सुनसरी / २०८२ असार ९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाको प्रमुख आतिथ्यतामा समीक्षा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा सन् २०२५ जनवरीदेखि जुन २० सम्म इन्सेकले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ४४ ओटा घटना इन्सेकले अभिलेख गरेको जिल्ला प्रतिनिधि जयकृष्ण यादवबाट प्रस्तुत गरिएको छ ।प्रस्तुत घटनाहरुमध्ये घरे
संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि
मोरङ | केराबारी गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सुरु भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गाउँपालिकाले कृषि, पर्यटनसहितको पूर्ण पूर्वाधार – समृद्ध केरावारी हाम्रो आधार” भन्ने मूल नारासहित आगामी वर्षको कार्यदिशा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले प्रस्तुत नीति तथा कार्यक्रम जनताको आवश्यकता र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित रहेको बताउनुभयो।प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथ
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । असार ४ गतेदेखि उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा भएको कार्यक्रम प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आथित्यतामा गरिएको थियोे । प्रमुख प्रशिक्षक सिमा बस्नेत र सह–प्रशिक्षक सन्तोष धमलाले सहजीकरण गर्नुभएको तालिममा ३५ जना भन्दा बढीले सहभागीता जनाएका थिए । उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेको सहभागी
रामधुनी | सुनसरीको गढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।गाउँपालिकाकाले कृषि विकास ,श्रम तथा रोजगार ,शिक्षा, खानेपानी तथा सरसफाइ न्यायिक निरूप ,स्वास्थ सेवा ,भौतिक पुर्वाधार विकास ,पशु पंक्षी विकास ,पर्यटन विकास ,उद्योग विकास,सहकारी विकास,महिला विकास लैंगिक समानता र समावेशीकरण,खेलकुद तथा मनोरञ्जन ,सडक पूल भवन तथा ग्रामीण विकास,सञ्चार ,वन वातावरण तथा विपद् व्यवस्थापन ,उर्जा तथा विद्युत ,सुशासन तथा संस्थागत विकास,राजस्व नीति लगाएत क्षेत्रहरूलाई न
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ७० लाख बराबरको बजेट ल्याएको छ । आइतबार बसेको १७ औँ गाउँसभाले आर्थिक वर्ष २०८२÷ ८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सभामार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक ,विनियोजन विद्येयक, र आर्थिक वर्ष २०८२÷८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य सार्वजनिक गर्नुभयो । सभामार्फत शिक्षा, कृषि तथा पशुपंछीलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । शिक्षामा एक करोड ४५ लाख, सडकमा वडा र पालिक
इटहरी । एसियन हाईवे निर्माण क्रममा बन्द भएको पथरी खोला – लामाटोली पैंनी यहि असार ११ गते सम्ममा पुलको पुर्व पट्टि ह्युम पाइप जडान गरी सुचारु गरिने भएको छ । आईतबार नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको कार्यकक्षमा पथरी लामाटोली पैंनी उपभोक्ता समितिका पदाधिकारी, एसियन हाइवे निर्माण कम्पनीका प्रतिनिधि तथा प्राविधिक र जनप्रतिनिधिहरूबिच सहमति भएको हो । एसियन हाइवे निर्माण कम्पनीले हाल निर्माण भइरहेको पथरी खोला पूलको उत्तरमा मुहान बनाई पुलकै पूर्वबाट निरन्तर रुपमा बग्ने गरी संचालनमा ल्याउने गरी कार्य थालनी भएको वडा नम्बर २ का वडाध्यक्ष नैना राइले जानकारी द
लक्षण पौडेल इटहरी । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) इटहरीले आगामी असार १४ गते इटहरीमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव–२०८२ आयोजना गर्ने भएको छ । इस्कोन इटहरीले सोमबार पत्रकार सम्मेलन गर्दै महामहोत्सवबारे जानकारी दिएको हो । आयोजकका अनुसार रथयात्रामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट करिब १० हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । रथयात्रा इस्कोन प्रचार केन्द्र हटियालाईन, इटहरीबाट दिउँसो २ः३० बजे सुरु भई शहरका प्रमुख भाग परिक्रमा गर्दै बेलुकी ६ बजे सोही स्थानमा समापन गरिने कार्यक्रम रहेको छ । रथयात्रा समापनपछि महाप्रसाद वितरण गरिनेछ । यात्रा अघि असार ११, १२ र १३ गते बेलुकी ४ दे
इटहरी । धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो । उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए । प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.