सुबास घिमिरे / काठमाडौँ, ९ असार । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगबती चौधरीले स्वदेशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् । समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । सो अवसरमा बोल्दै पूर्वमन्त्री चौधरीले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताइन् ।अवैधानिक रूपमा व्यापार व्यवसाय गर्नेहरूमाथि
इटहरी । शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै दमक नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको छ । जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको पनि थापाले जनाउनुभएको छ । क्यारेमबोर्ड र लुँडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजी खेल्ने गरेको पाइएको पनि छलफलमा कुरा उठेको बताइएको छ । बाह्रमासे हिसाबले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर
इटहरी । धरान उपमहानगरपालिका वडा नं १६ मा निर्माणाधीन प्रहरी चौकीबारे हाल सामाजिक सञ्जालमा विभिन्न भ्रामक र आधारहीन समाचारहरू सार्वजनिक भइरहेको भन्दै वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले स्पष्टीकरण दिएका छन्। आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान १६ का वडाध्यक्ष भट्टराईले सो चौकी निर्माण प्रक्रिया विधिवत् रूपमा अगाडि बढेको र हालसम्मका सबै प्रक्रिया नियमसंगत रहेको बताए । अध्यक्ष भट्टराईले १६ नं वडामा प्रहरी चौकी स्थापना गर्न वडाबाट २०८० साल जेठ १७ गते चलानी नं २७८५ मार्फत धरान उपमहानगरपालिकालाई सिफारिस गरिएको र त्यसको भोलिपल्ट २०८० जेठ १८ गते उपमहानगरको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहर
इटहरी । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पु¥याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार बराबरको क्षति भएको छ भने स
इटहरी । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो । अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्र्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो । पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेव
इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले आज सोमबार १६औ नगरसभामा आगामी वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदायका महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको बताए । उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकमसमेत समेटिएको उक्त बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेट विवरणअनुसार नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।
इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो । गाउँपालिकाको २१औं गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । पालिकाका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार बजेट प्रस्तुत गर्नुहुँदै सुकुम्वासीका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। त्यस्तै पालिकाले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । अध्यक्षसँग किसान कार्यक्रमका लागि ४० लाख बजेट ल्याएको छ । सोही कार्यक्रम मार्फत कफीलाई ब्रान्डिङ गरिने गाउँपालिका अध्
इटहरी । फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति पारित गरेको छ। यो नीति पालना नगरी निजी विद्यालयमा पढाउने व्यक्तिहरूको तलब, भत्ता तथा सुविधाबाट १० प्रतिशत कटौती गरी आन्तरिक राजस्व खातामा जम्मा गरिने व्यवस्था गरिएको छ। गएको सोमबार सम्पन्न ११औं गाउँसभाले सर्वसम्मत रूपमा उक्त नीति पारित गरेको हो। प्रवक्ता भरत खपाङ्गीका अनुसार गाउँपालिकाले शिक्षा ऐनमार्फत सो व्यवस्था लागू गरेको छ। साथै, गाउँसभाले कृषि, वन वातावरण र जिन्सी लिलामीसम्बन्धी ऐन पनि पारित गरेको छ। नयाँ आर्थिक वर्षका लागि फालेलुङले ५४ करोड ४१ लाख रुपैयाँभन्दा बढी
इटहरी । इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। प्रदेश १(०१(००१ ख ४५४७ नम्बरको ट्रकले बा। ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनामा संलग्न ट्रक
इटहरी । झापामा २८ वर्षीय एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका(६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादव रहेका छन् । उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । हरदेवले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.