All Posts By कोशी प्रेस

    Showing ५,६०१-५,६१० of १२,९७८ items.
  • एमाले कोशीको आर्थिक सुधार अभियान , सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत

    इटहरी । कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो ।  भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३९० पटक पढिएको
  • भोजपुरमा भूमि आयोगले थाल्यो सुकुम्बासी प्रमाणीकरण

    इटहरी । भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि संकलित तथ्यांकका आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए । सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३६२ पटक पढिएको
  • खोटाङमा तीन लाखभन्दा बढी मृतकको नाममा भत्ता भुक्तानी, अनियमित खर्चको खुलासा

    इटहरी । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०८०र८१ मा मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको पाइएको छ । मृत्यु भइसकेका विभिन्न १६ जनाको नाममा तीन लाख बढी रकम निकासा भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको हो । प्रतिवेदन अनुसार वडा न १ मा तीन जना, २ मा चार जना, ३ मा एक जना, ४ मा दुई जना, ५ मा दुई जना, ६ मा एक जना र ७ मा तीन जना गरी १६ जनाको तीन लाख सात हजार ६ सय २५ रुपैयाँ निकासा भएको औंल्याएको छ । उक्त रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्नु पर्ने उल्लेख प्रतिवेदनमा गरिएको छ । त्यस्तै, पेट्रोल खरिदमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ बिक्री व

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३१६ पटक पढिएको
  • सुनसरीमा सर्पले डसेर बालिकाको मृत्यु

    इटहरी । सुनसरीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका ८ मा शनिबार आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पले डसेर १२ वर्षीया नबिजन खातुनको मृत्यु भएको हो। दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा ल्याएर उपचार सम्भव नभएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • २९३ पटक पढिएको
  • भोजपुरको षडानन्दमा ८ सय घरमा ‘एक घर एक धारा’, पानीको पुरानो समस्या समाधानतर्फ

    इटहरी ।  लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो । बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताउनुभयो । एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताउनुभयो । षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर

    • प्रकाशित मितिः असार ८, २०८२
    • २५२ पटक पढिएको
  • विराटनगरमा ५७ वर्षपछि नयाँ रथ निर्माण, दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको तयारी तीव्र

    इटहरी। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विशेष उत्सवका रूपमा निकालिने राधाकृष्णको रथ नयाँ बनाइँदै छ । विराटनगरको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट भगवान् राधाकृष्णको प्रतिमा राखेर धुमधामका साथ निकालिने रथ ५७ वर्ष पुरानो भइसकेकाले यस वर्षका लागि भने नयाँ बनाउन थालिएको हो ।  राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार २०२५ सालमा निर्माण भएको रथ निकै जीर्ण भएकाले नयाँ निर्माण थालिएको हो । यसका लागि विराटनगर महानगरपालिकाले ४४ लाख ७८ रुपियाँ बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो । अध्यक्ष रेग्मीका अनुसार नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फि

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३३१ पटक पढिएको
  • उर्लाबारी सडक निर्माण निर्धारित समयमै सम्पन्न हुने

    इटहरी । विश्व बैङ्कको सहयोगमा निर्माणाधीन उर्लाबारीको ५.२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम निर्धारित समयभित्रै सकिने भएको छ ।  करिब तीन महिना काम रोकिएपछि निर्धारित समयमा काम नसकिएला भन्ने चिन्ता थियो तर निर्माण कम्पनीले असार मसान्तभित्र काम सक्ने गरी जनशक्ति थपेर धमाधम काम गरिरहेको नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । नगरप्रमुख खरेलका अनुसार हालसम्म सडक निर्माणको ८७ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिफल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो, सिफलले काम गरेन । सिफलले उर्लाबारीका

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३७३ पटक पढिएको
  • सोलुखुम्बुमा करेन्ट लागेर एक जना प्राविधिकको मृत्यु

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक जना प्राविधिकको मृत्यु भएको छ । विद्युत् पोलको ट्रान्सफरमारमा काम गरेको अवस्थामा घाइते भएका सोलुदूधकुण्ड नगरपालिका–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेतको उपचारको क्रममा फाप्लु अस्पतालमा मृत्यु भएको हो । केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल फाप्लु पुर्‍याइएको थियो । गरुड सेक्युरिटी सर्भिसमार्फत विद्युतको प्राविधिकको रुपमा काम गर्दै आएका बस्नेतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुक

    • प्रकाशित मितिः असार ८, २०८२
    • २२८ पटक पढिएको
  • उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरे

    इटहरी। उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । आइतबार बिहान पानीसहित लामो समयसम्म चट्याङ परेको थियो । बिहान २ बजेतिर कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ की महिला वडा सदस्य पूर्णमाया राईले बताउनु भयो । वडा सदस्य राईका अनुसार घ नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशुमध्ये हलगोरू मात्र मरेका हुन् । दलबहादुर लिम्बूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हलगोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको छ । कुम्ले लेटाङको पहाडी गाउँ हो । 

    • प्रकाशित मितिः असार ८, २०८२
    • २७४ पटक पढिएको
  • अन्तर्राष्ट्रिय लियो अफ दि इयर अवार्डबाट लियो पारस खतिवडा सम्मानित भए

    इटहरी | युवा नेतृत्व, स्पष्ट दृष्टिकोण र सामाजिक सेवामा निरन्तर सक्रियता। यिनै विशेषताका आधारमा नेपालका लियो पारस खतिवडाले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्रदान गरिने वर्षकै उत्कृष्ट लियो पुरस्कार "अन्तर्राष्ट्रिय लियो अफ दि इयर "को सम्मान प्राप्त गरेका छन्।सामाजिक सेवाको विश्वव्यापी सञ्जाल लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत युवाहरूको सक्रिय संगठन ‘लियो’ मा यो सम्मान अत्यन्त प्रतिष्ठित मानिन्छ। सयौँ लियोहरूमध्येबाट छनोट हुँदै नेपालका लियो जिल्ला परिषद् ३२५ सि का जिल्ला कार्यक्रम सह–प्रमुख खतिवडा यस वर्षका उत्कृष्ट लियो घोषित भएका हुन्।उनी  लियो क्लब अफ इटहरी इनोभेशनका पुर्व अध्यक्ष हुन

    • प्रकाशित मितिः असार ८, २०८२
    • ४०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]