इटहरी । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो । सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्
इटहरी । खाँदबारीस्थित करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार अझै १६ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न बाँकी छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित जरिवाना छुटसम्बन्धी सार्वजनिक कार्यक्रममा विभागका निर्देशक तथा सूचना अधिकारी वासुदेव पौडेलले, बाँकी कर तिर्ने करदातालाई २०८२ पुस मसान्तसम्म जरिवाना र ब्याज छुट दिने बताउनुभयो । ढुवानी साधनको भाडा, सामाजिक संस्था र अवकाश कोषमा लाग्ने कर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा आय विवरण नबुझाएका करदातालाई छुट दिन सकिने निर्देशक पौडेलले बताउनुभयो । खाँदबारी कर कार्यालयको तथ्याङ्कअ
इटहरी । ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु, बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको हो । सडकको ट्रयाक निर्माण भएको करिव अढाइ दशकपछि स्तरवृद्धि अर्थात कालोपत्रे गर्न सुरु गरिएको हो । बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको ९।८ किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम अहिले धमाधम गरिँदै आएको छ । निर्माणको जिम्मा पाएको एपेक्स कन्स्ट्रक्सन प्रालिले कालोपत्रेको काम गरिरहेको हो । निर्माण कम्पनीका सम्पर्क निर्देशक अनिलकुमार चौधरीका अनुसार चालु आर्थिक वर्षभित्र बहानन्देदेखि सिकारी डाँ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा विपत्तिको रूप लिने गरेको बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कोशी प्रदेशका सबै जिल्लामा प्रभावकारी विपत् व्यवस्थापनको तयारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा विशेष ध्य
इटहरी । झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको ज्यान गएको हो । मे। १ ख। ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे। ९ प। ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते बन्नु भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीय निम्स अस्पतालमा उद्धार गरी उपचारका लागि पुर्याइएको
इटहरी । ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जना कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी, महिला कैदीबन्दीका लागि कारागार नभएका कारण अन्य जिल्लामा हस्तान्तरण गरिँदै आएको छ ।जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला
इटहरी । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । चलचित्र तथा सांस्कृतिक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा शुक्रबार सुरु भएको महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले थारू समुदाय देशका महत्वपूर्ण समुदाय भएकाले राज्यले थारूको सम्मानमा कार्यक्रम गर्नु र उत्थान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले थारूहरू कला, संस्कृति र संस्कारको धनी भएकाले प्रदेश सरकारले थालेको पर्यटन वर्ष–२०८२ का लागि प्रत्येक हप्ता थारू परिकारको व्यवस्था र होमस्टे सञ्चालनका लागि आग्रह गर्नुभयो । महोत्सवमा विभिन्न सांस्कृतिक झ
इटहरी । सुनकोसी नदीमा बाढी आउन सक्ने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय, खोटाङले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।चीनको तिब्बत क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले त्यसको प्रभाव स्वरूप सुनकोसीमा पानीको बहाव तीव्र हुन सक्ने जोखिम औँल्याउँदै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। प्रशासनका अनुसार, बाढीका सम्भावित असरले खोटाङ जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका क्षेत्रहरू प्रभावित हुन सक्ने छन्। चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचनालाई आधार मानेर सिन्धुपाल्चोक प्रशासनले सतर्कता सूचना निकालेपछि खोटाङले पनि असार ६
इटहरी । संस्थागत बहालकर सङ्कलनको अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै सर्वोच्च अदालतले विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । विराटनगर महानगरपालिकाले रिट दायर गरेको झन्डै सात वर्षपछि सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सङ्कलन गर्न पाउनुपर्ने रिट जारी गरिदिएको हो । विराटनगर महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ मा स्थानीय तहको वित्तीय अधिकारसम्बन्धी व्यवस्था छ । यसैको दफा ५७ अनुसार कुनै पनि घर, भवन, संरचना बहालमा दिएमा यसको बहालकर स्थानीय तहले असुल गर्ने व्यवस्था छ । विराटनगर महानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता डिल्लीराम घिमिरेका अनुसार सं
इटहरी । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सिलगुढीका पाठकको साथमा दूईवटा खुकुरी पनि रहेको जनाइएको छ । डब्लुबी ७० जी ३२३२ नम्बरकोे कारमा नेपालतर्फ आँउदै गर्दा जाँच गर्दा उक्त कारमा हतियार लुकाएर ल्याएको पाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले बताउनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले उक्ता सवारी साधनमा जाँच गरेको जनाइएको छ । चालु अबस्थामा रहेकोे म्याग्जिन खोलेर हेर्दा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.