All Posts By कोशी प्रेस

    Showing ५,७२१-५,७३० of १२,९७८ items.
  • कोशी प्रदेशमा वैशाखसम्म ३९.२८ प्रतिशत मात्रै खर्च

    इटहरी ।  कोशी प्रदेश सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ ।  प्रदेशले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विनियोजित बजेटमा पुँजीगत शिर्षकमा जम्मा ३९.२८ प्रतिशत खर्च गरेको हो । सो प्रदेशले वैशाख मसान्तसम्म पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख अर्थात् ३९.२८ प्रतिशत र चालुतर्फ नौ अर्ब ३१ लाख अर्थात् विनियोजनको ५५.३ प्रतिशत खर्च भएको जनाएको छ । सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ ।

    • प्रकाशित मितिः असार १, २०८२
    • ४३७ पटक पढिएको
  • सडक दुर्घटनालाई न्यूनीकरण गर्न धनकुटामा सार्वजनिक सवारी साधनमा टाइम कार्ड प्रणाली सुरु

    इटहरी । तीव्र गतिका कारण बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न धनकुटामा सार्वजनिक सवारी साधन टाइम कार्ड प्रणाली सुरु गरिएको छ । कोशी पहाडमै पहिलो पटक सार्वजनिक यातायतमा टाईम कार्ड सुरू गरिएको हो । पछिल्लो समय सवारी  साधन बढेसगै दुर्घटना बढेको भन्दै प्रहरीले टाईम कार्ड लागु गरेको हो। धनकुटा नगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी  कार्यालय धनकुटाको समन्वयमा टाईम कार्ड सुरू गरिएको प्रहरी उपरिक्षक सरद कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले एक कार्यक्रमका बिच टाईम कार्डको सुरूवात गर्नुभएको छ । ट

    • प्रकाशित मितिः असार १, २०८२
    • २७१ पटक पढिएको
  • भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

    इटहरी । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथ मन्दिर दर्शन गरेर गुप्तकाशी बेस फर्किँदै गरेका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा एक शिशुसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । उपत्यकामा अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर स्थानीय समय अनुसार बिहान साढे ५ बजेतिर सम्पर्कविहीन भएको थियो । यसअघि गएको बिहीबार चालक दलका सदस्यसहित २ सय ४२ जना बोकेर लन्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विम

    • प्रकाशित मितिः असार १, २०८२
    • २६३ पटक पढिएको
  • भोजपुरको पूर्वी अरुण गाउँपालिकामा व्यवसायिक बाख्रा पालनसम्बन्धी ६ दिने तालिम सम्पन्न

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकामा मागमा आधारित व्यवसायिक बाख्रा पालनसम्बन्धी ६ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिमको आयोजना तथा व्यवस्थापन पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीले गरेको हो । जेष्ठ २६ गते देखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिममा स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालनका विविध पक्षमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । सहभागी कृषकहरूलाई फिल्ड भिजिटका साथै तालिमको अन्त्यमा प्रमाणपत्र पनि प्रदान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख अर्जुन बहादुर विष्टले जानकारी दिनुभयो ।तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका अरुण गाउँपालिकाका प्रमु

    • प्रकाशित मितिः असार १, २०८२
    • २६० पटक पढिएको
  • मलाहा बिरालो संरक्षण गरिँदै

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र सङ्कटापन्न प्रजातिको मलाहा बिरालो ९फिसिङ क्याट० को संरक्षणका लागि पहल गरिने भएको छ । कोशीटप्पुमा आयोजित मलाहा बिरालोको संरक्षण तथा वर्तमान अवस्थाबारे छलफल कार्यक्रममा सरोकारवालाले यसको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय समाजसेवी, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागिता आयोजित कार्यक्रममा मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जनाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्सको स

    • प्रकाशित मितिः असार १, २०८२
    • २४१ पटक पढिएको
  • सुनसरीको रामधुनीमा मोटरसाइकलको ठक्कर, मोरङमा पिकअप दुर्घटना, दुईको मृत्यु

    इटहरी । सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा स ६ प १२९५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका एक साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भारतको कलकत्ता घर भई हाल सोही स्थानमा बस्दै आएका ६५ वर्षीय निर्मल साहको मृत्यु भएको हो। घाइते साहलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ निवासी ३५ वर्षीय जितेन्द्र मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रह

    • प्रकाशित मितिः असार १, २०८२
    • २३० पटक पढिएको
  • अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा भोजपुरका दुई जना पक्राउ

    इटहरी । व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले पक्राउ गरेको हो । उनीहरुले एक व्यक्तिको अश्लिल भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।आफूहरुले भनेअनुसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको पाइएको संखुवासभा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा प्रहरीले अनुसन्

    • प्रकाशित मितिः असार १, २०८२
    • २६८ पटक पढिएको
  • आगामी आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    इटहरी । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन्। चालु आर्थिक वर्ष २०८१–८२ मा उनले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएका थिए। मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार आगामी वर्षका लागि बजेट ३७ अर्ब रुपैयाँ हाराहारीमा रहनेछ। बजेटमा सांसद विकास कार्यक्रमका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख रुपैयाँ र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई १ करोड ५० लाख र

    • प्रकाशित मितिः असार १, २०८२
    • ३५३ पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं ०७ द्वारा एक दिने लोक नृत्य प्रतियोगिता आयोजना

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ७ को सहयोग तथा एभरेष्ट आर्ट फ्युजन पथरी शनिश्चरे –१ को आयोजनामा  खुल्ला नगर स्तरीय लोक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शनिबार दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा कला सांस्कृतिक प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि एक दिवसीय प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा चिनारी अंग्रेजी बोर्डिङ स्कुल , रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना डान्स सेन्टरले क्रमशः पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।  प्रतियोगिताका विजेतालाई क्रमशः १० हजार ८ हजार  र ६ हजार रूपैयाँ नगद सहित ट्रफी,कप र प्रमाणपत्र प्रदान गरिएको थियो । पथरी

    • प्रकाशित मितिः असार १, २०८२
    • ४५९ पटक पढिएको
  • मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

    इटहरी । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला(४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उहा

    • प्रकाशित मितिः असार १, २०८२
    • ३१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]