All Posts By कोशी प्रेस

    Showing ५,८५१-५,८६० of १२,९७८ items.
  • पौडी खेल्न गएका एक युवक बेपत्ता

    इटहरी । तमोर नदीमा पौडी खेल्न गएका एक जना युवक बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका ७ भालुखोप निवासी भिमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार फिदिम बजारबाट साथीहरूसँग पौडी खेल्न गएका शिशिर खेल्दा खेल्दै नदीले बगाएको थियो । उनलाई तमोरले बगाएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरीको उद्वार टोली सँगै स्थानीयले दिनभर खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको प्रहरीको भनाई छ । आइतबार बिहानदेखि पुनः खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३३ पटक पढिएको
  • ब्राउन सुगरसहित इटहरीका एक युवक पक्राउ

    इटहरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ इस्राइलस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। हिजो (शनिवार) दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका–१७ निवासी २९ वर्षीय अभिनाश चौधरीलाई प्रहरीले शङ्का लागि रोकेर खानतलासी गर्दा उनले सर्टको खल्तीमा लुकाइ राखेको ३५।११ ग्राम ब्राउन सुगर फेला परेको हो। चौधरीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३० पटक पढिएको
  • झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

    इटहरी । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए।सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गर

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १२३ पटक पढिएको
  • बाँदरबाट जोगिन अदुवा खेती

    अक्षता याखा लिङ्खाइटहरी । बाँदर तथा अन्य जङ्गली जनावरले अन्य बालीको तुलनामा अदुवामा क्षति नगर्ने भएपछि हिलेका स्थानीय अदुवा खेतीतर्फ लागेका छन् । अन्य बालीभन्दा कम क्षति गर्ने र मूल्यसमेत राम्रो हुने भएकाले अदुवा खेती लाई व्यावसायिक बनाउँदै लगेको स्थानीय किसान विमला घिमिरे बताउनुहुन्छ । सोही ठाउँका अर्का किसान मेघराज खतिवडाले समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर क्षेत्रमा अदुवा खेती विस्तार गर्नुभएको छ। यो क्षेत्र बसाइँसराइको चपेटामा परेको क्षेत्र पनि हो । बसाइँसराइ पछि बस्ती घट्दा पछिल्लो समय बाँदरको बिगबिगी बढ्दो छ । यसबाट जोगिन केही वर्षअघिदेखि अदुवा खेती गर्दै आउनुभएका कर्णबहादुर लिम

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३७ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    इटहरी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी  बल नेपाल (बिओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो ।  प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते राजवंशीको  बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १७४ पटक पढिएको
  • वैदेशिक रोजगार : चुनौतीको चाङ, ठोस कदम आवश्यक

    सुदिप पोखरेलनेपालको वैदेशिक रोजगारको अवस्था अत्यन्त जटिल छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, दैनिक झण्डै २०४४ भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा जाने गर्दछन । यही क्रम चलिरहने हो भने अबको २० वर्षमा करिब १ करोड ५० लाख युवा वैदेशिक रोजगारीमा हुनेछन । जुन अहिलेको नेपालको कुल जनसंख्याको लगभग आधा हो । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार पछिल्लो १५ वर्षको अवधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूको संख्या ५० लाख नाघिसकेको छ । तर, यो तथ्यांकले तिनै व्यक्तिहरूले दोहोर्याएर लिएको पुनः श्रम स्वीकृति पनि समेटेको छ । यसले देशबाट पलायन हुने श्रमशक्ति र जनसंख्याको संकट देखाउँछ । प

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३३१ पटक पढिएको
  • विराटनगरमा सुरु भयो १५ औँ राष्ट्रपति रनिङ शिल्डको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता

    विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरस्थित शहीद रंगशालामा भव्य रुपमा सुरु भएको छ। प्रदेशका ११ जिल्लाबाट करिब १,००० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको यो प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रव्यापी प्रतियोगिताका लागि कोशी प्रदेशको प्रतिनिधि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको हो।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सभामुख अम्बर बहादुर विष्टले गर्नु भयो। समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको समुन्नत विकासका लागि भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य, र खेलकुदजस्ता क्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ५८९ पटक पढिएको
  • विद्यालयमा विद्यार्थीलाई न्यायिक सचेतना

    इटहरी। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गतका माध्यमिक तहका विद्यालयमा ‘न्यायिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ । गाउँपालिकाको १३ वटा माध्यमिक तहका विद्यालय मध्ये आठ वटामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा कानुनी साक्षरता, बालअधिकार, लैङ्गिक हिंसा नियन्त्रण, बालबालिकाको उत्तरदायित्व तथा न्याय प्रणाली सम्बन्धी जानकारी दिइएको थियो । बालकालिका र समुदायमा कानुनी सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।विद्यालय र समुदायमा कानुनी साथै न्यायिक सचेतना विस्तार गर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २५९ पटक पढिएको
  • बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु, पूर्व राष्ट्रपतिद्वारा उद्घाटन

    इटहरी। पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । शनिवारदेखि झापाको बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले सुरु गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रमको सुरु गर्दै उक्त कुरा बताउनुभएको हो । देवी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप ‘टच’ प्रयोग गरी दीप प्रज्वलन गर्दै सुरुवात गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीबाट

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ३५२ पटक पढिएको
  • डेंगु सङ्क्रमणको जोखिमबाट सतर्क रहन आग्रह

    इटहरी । हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्मीयाममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो । स्वास्थ्य कार्यालयले सदरमुकाम फुङ्लिङमा शनिबार डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट तथा डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै डेंगु सङ्क्रमणको जोखिमबाट सबैले सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागितामा आयोजित अभिमुखीकरण तथा पैरवी कार्यक्रममा हिमाली जिल्लामा पनि डेंगुको जोखिम बढेका

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]