इटहरी । धनकुटामा सञ्चालनमा रहेका होटलहरुबाट अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको छ। होटल अनुगमनका क्रममा बिहिवार करिब एक दर्जन होटलमा भेटिएको अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको हो। कोशी राजमार्ग स्थित भेडेटार–धनकुटा सडकखण्डमा पर्ने होटलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा होटलबाट म्याद गुज्रिएका स्प्राईट, फेन्टा, ड्यू र कोकाकोला लगायतका पेयपदार्थ भेटिएको थियो। यस्तै बिस्कुट लगायतका गरि जम्मा ४ हजार ७ सय रुपैयाँ बराबरका म्याद गुज्रेका अखद्या बस्टु फेला पारी नष्ट गरीएको हो। उक्त अखाद्य बस्तु जफत गरि सोही स्थानमा नष्ट गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका
इटहरी । बिद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उदेश्वले सुनसरीमा सुरु गरिएको बराह एसइई कप अन्तर माध्यमिक फुटबलको दोस्रो संस्करणमा ३२ वटा बिद्यालयले प्रतिष्पर्धा गर्ने भएका छन । सुनसरीको बराहक्षेत्र ३ मा रहेको स्काई फुटबल एकेडेमीको आयोजनामा आइतबारदेखी हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३२ वटा बिद्यालयले सहभागिता जनाउने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तीन सातासम्म चल्ने प्रतियोगितामा एसईई दिएर बसेका बिद्यार्थीहरुले मात्र खेल्न पाउने एकेडेमीका संरक्षक एवंम फुटबल प्रशिक्षक नदी राईले जानकारी दिए । बराहक्षेत्र नगरपालिका ३ स्थित खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार र
इटहरी । धनकुटाको हिल स्थित श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेकमा सञ्चालित १२ औँ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । नं. २ बाहिनी अड्डा हिलेमा २०८१ भाद्रबाट सुरु भएको सि.सं. १२ सैन्य आधार तालिम बिहीबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नं. २ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दिलविक्रम सुब्बाले तालिमका शिक्षार्थी सैन्य द्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात् नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभूत तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै देशको जिम्मेवारी काँधमा आएको बताउनु भयो। उहाँले दीक्षित २ सय ९८ जना नवनियुक्त तालिमे सिपाहीहरूलाई
इटहरी । इटहरी वडा नं। १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । विद्यालयका कप्तान, भाइस कप्तान र हाउस कप्तानसहित १२ पदका लागि भएको निर्वाचनमा ३९ जना विद्यार्थी उम्मेदवार बनेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि आयोजना गरिएको निर्वाचनमा करिब ८० प्रतिशत, अर्थात् ६४२ मत खसेको थियो। चारवटा मतदान केन्द्रमा विद्यार्थीले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत युवराज काफ्लेका अनुसार कप्तान पदमा छात्रतर्फ चार र छात्रातर्फ दुई उम्मेदवार थिए भने सहायक कप्तानमा छात्राछात्रा दुबै तर्फ तीन–तीन जना उम्मेदवार थिए। हाउस कप्तान पदमा ग्रिन
इटहरी । घरभित्र अवैध भरुवा बन्दुक भेटिएपछि प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको हो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले राति १०ः३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो । घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहाद
इटहरी । ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए । उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताए
इटहरी । विराटनगरमा सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको स्टेशनमा सीटी सफारी (ई–रिक्सा) चार्ज गर्ने क्रममा यादवलाई बिहीबार दिउँसो ३ः१५ बजेतिर करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । उक्त चार्जिङ स्टेशन कमलदेव यादवले सञ्चालन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए। महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए। कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा र
इटहरी । लागू औषध कारोबारमा संलग्न रहेका चार जना झापा र सुनसरी जिल्लाबाट पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो। लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्। त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई इलाका प्रहरी कार्यालय गौरादहले १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल
इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो । विकसित राजनीतिक घटनाक्रमका बारेमा मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बताउनुभयो । उहाँले गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिशोध सोधेको बताउनुहुँदै उहाँले राजीनामा दिनुनपर्ने बताउनुभयो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.